सदरमुकाम बेनीमा शनिबार महिला सहकारीहरुको संस्थागत विकासका लागि क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ ।
सामाजिक विकास कार्यालय म्याग्दीको आयोजना गरेको कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य हरि बहादुर भण्डारीले अहिले अबस्थामा सहकारी प्रति आम मानिसको विश्वास कम हुदै गएको छ ।
तर गाउँमा संचालनमा रहेका सहकारीले ग्रामिण भेगमा जनताको आर्थिक विकास गर्न ठूलो भुमिका खेलेको बताउनुभयो । उहाँले सहकारीहरुले बैदेशिक रोजगारी भन्दा स्वारोजगार हुन तर्फ लगानी गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा सामाजिक विकास कार्यालय प्रमुख रेमश थापाले सहकारीको क्षमता विकास, आन्तरिक व्यवस्थापन, सामाजिक क्षेत्र र अहिले वर्तमान अवस्थाका बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा प्रमुख प्रशिक्षक तेजेन्द्र थापा मगरले प्रशिक्षण गर्नुभएको कार्यक्रममा बेनी नगरपालिका र रघुगंगा गाउँपालिका भित्र रहेको महिलाहरुले संचालन गरेका १८ जना सहकारीका अध्यक्ष र व्यवस्थापक गरि ३२ जनाको सहभागिता रहेको थियो ।
घोडेपानी, गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ । प्रदेश सरकारको...
म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन भएको छ । रघुगंगा गाउँपालिकाको सहयोगमा मौवाफाँट सामुदायिक सिकाई केन्द्रको...
म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा एक जना गर्भवतिको हेलिकप्टरबाट उद्धार गरिएको छ । Advertisement प्रसुति ब्यथा लागेर छटपटिएकी दग्नामकी ३७ वर्षीय...