२०८३ श्रावण १०
July 26, 2026, Sunday

सहकारीहरुको संस्थागत विकासका लागि क्षमता विकास कार्यक्रम सम्पन्न

सदरमुकाम बेनीमा शनिबार महिला सहकारीहरुको संस्थागत विकासका लागि क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ ।
सामाजिक विकास कार्यालय म्याग्दीको आयोजना गरेको कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य हरि बहादुर भण्डारीले अहिले अबस्थामा सहकारी प्रति आम मानिसको विश्वास कम हुदै गएको छ ।

Advertisement

तर गाउँमा संचालनमा रहेका सहकारीले ग्रामिण भेगमा जनताको आर्थिक विकास गर्न ठूलो भुमिका खेलेको बताउनुभयो । उहाँले सहकारीहरुले बैदेशिक रोजगारी भन्दा स्वारोजगार हुन तर्फ लगानी गर्न आग्रह गर्नुभयो ।


कार्यक्रममा सामाजिक विकास कार्यालय प्रमुख रेमश थापाले सहकारीको क्षमता विकास, आन्तरिक व्यवस्थापन, सामाजिक क्षेत्र र अहिले वर्तमान अवस्थाका बारेमा जानकारी दिनुभएको थियो ।

कार्यक्रममा प्रमुख प्रशिक्षक तेजेन्द्र थापा मगरले प्रशिक्षण गर्नुभएको कार्यक्रममा बेनी नगरपालिका र रघुगंगा गाउँपालिका भित्र रहेको महिलाहरुले संचालन गरेका १८ जना सहकारीका अध्यक्ष र व्यवस्थापक गरि ३२ जनाको सहभागिता रहेको थियो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP