Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २२
October 8, 2026, Thursday

फलाटेको शारदा आधारभूत विद्यालयमा कम्प्युटर हस्तातरण

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ फलाटेको शारदा आधारभूत विद्यालयमा दुई थान कम्प्युटर हस्तातरण गरिएको छ । गण्डकी प्रदेश सभा सदस्य माननिय बिमला गौचनको पहलमा एन.एम.बी बैंकको सहयोगमा उक्त विद्यालयलाई करिब दुई लाख बराबरको कम्प्यूटर बैंकका बेनी शाखाका प्रबन्धक दिनेश सुवेदी र गौचनले विद्यालयलाई हस्तातरण गर्नुभएको थियो ।

Advertisement

उक्त कार्यक्रममा बोल्दै माननिय गौचनले विद्यार्थीको शैक्षिक क्षेत्रमा सुधारको क्षेत्रमा आफुले गरेको प्रतिबद्धता पुरा गरेको बताउनुभयो । उहाँले आफुले एक बर्ष अघि सोही विद्यालयमा पुगेर कम्प्युटर सहयोग गर्ने प्रतिबद्धता गरे अनुरुप अहिले कम्प्युटर हस्तातरण गरेको बताउनुभयो ।

Advertisement

त्यस्तै गाउँपालिका अध्यक्ष भारतकुमार पुनले कम्प्युटरले विद्यालयको शैक्षिक अभिलेख राख्न र विद्यालयले टेक्नोलोजिको प्रयोग गर्न सिकाउने बताउनुभयो ।उक्त कार्यक्रममा प्रबन्धक सुवेदी, नेपाली कांग्रेसका नेता क्या मिन बहादुर कार्की, नेपाली कांग्रेसका अन्नपूर्ण ५ का वडा सभापती अर्जुन चोचाङ्गीले बोल्नुभएको थियो ।

सरोज पुनको संचालन विद्यालयका प्र.अ अनिता पुनको स्वागतमा सम्पन्न भएको कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, वडा नं. का वडा अध्यक्ष रामबहादुर खड्काको समेत उपस्थिती रहेको थियो ।

Related News

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

TOP
Click to listen highlighted text!