२०८३ श्रावण ९
July 25, 2026, Saturday

फलाटेको शारदा आधारभूत विद्यालयमा कम्प्युटर हस्तातरण

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ फलाटेको शारदा आधारभूत विद्यालयमा दुई थान कम्प्युटर हस्तातरण गरिएको छ । गण्डकी प्रदेश सभा सदस्य माननिय बिमला गौचनको पहलमा एन.एम.बी बैंकको सहयोगमा उक्त विद्यालयलाई करिब दुई लाख बराबरको कम्प्यूटर बैंकका बेनी शाखाका प्रबन्धक दिनेश सुवेदी र गौचनले विद्यालयलाई हस्तातरण गर्नुभएको थियो ।

Advertisement

उक्त कार्यक्रममा बोल्दै माननिय गौचनले विद्यार्थीको शैक्षिक क्षेत्रमा सुधारको क्षेत्रमा आफुले गरेको प्रतिबद्धता पुरा गरेको बताउनुभयो । उहाँले आफुले एक बर्ष अघि सोही विद्यालयमा पुगेर कम्प्युटर सहयोग गर्ने प्रतिबद्धता गरे अनुरुप अहिले कम्प्युटर हस्तातरण गरेको बताउनुभयो ।

त्यस्तै गाउँपालिका अध्यक्ष भारतकुमार पुनले कम्प्युटरले विद्यालयको शैक्षिक अभिलेख राख्न र विद्यालयले टेक्नोलोजिको प्रयोग गर्न सिकाउने बताउनुभयो ।उक्त कार्यक्रममा प्रबन्धक सुवेदी, नेपाली कांग्रेसका नेता क्या मिन बहादुर कार्की, नेपाली कांग्रेसका अन्नपूर्ण ५ का वडा सभापती अर्जुन चोचाङ्गीले बोल्नुभएको थियो ।

सरोज पुनको संचालन विद्यालयका प्र.अ अनिता पुनको स्वागतमा सम्पन्न भएको कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, वडा नं. का वडा अध्यक्ष रामबहादुर खड्काको समेत उपस्थिती रहेको थियो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP