२०८३ असार २७
July 11, 2026, Saturday

बेनीका सहकारीकर्मीहरु, सहकारी बैंकको शाखा माग

म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा राष्ट्रिय सहकारी बैंकको शाखा सञ्चालन गर्न स्थानीय सहकारीकर्मीहरुले माग गरेका छन् ।

जिल्लामा सहकारी बैंकको शाखा सञ्चालनमा सहजीकरणका लागि बैंकद्वारा गठित जिल्ला सम्पर्क समन्वय उपसमितिको मंगलबार बेनीमा सम्पन्न पहिलो वैठकले सहकारी बैकको शाखा तत्काल सञ्चालनका लागि माग गर्ने निर्णय गरेको हो ।

म्याग्दी र पर्वतको जलजलाका सहकारीहरुलाई सहकारी बैंकको सेवा प्रवाहका लागि बैंकको शाखा बेनी बजारमा आवश्यक रहेको र शाखा नभएका सहकारीहरुलाई वित्तीय रुपमा थप प्रभावकारी बनाउन नसकिएको जिल्ला सम्पर्क समन्वय उपसमितिका संयोजक रमेश गिरीले बताउनुभयो ।

सहकारी बैंकको शाखा रहेका स्थानहरुमा सहकारीहरुको वित्तीय कारोबारमा सहजतासंगै संस्थागत विकासमा समेत सहयोग पुगेको देखिएको, बेनीमा शाखा नभएका कारण कारोबार अन्यत्र गर्नु पर्ने वाध्यता रहेको छ भन्दै उहाँले बैंकको शाखा सञ्चालन भएपछि सहकारीहरुको क्षमता विकास र अन्य विषयमा सहजीकरण गर्न समेत सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले बैंकको शाखा बेनीमा सञ्चालनका लागि बैंककातर्फबाट आवश्यक निर्णय गरी नियमनकारी निकायमा अनुमतिका लागि अनुरोध गरिएकोजानकारी गराउदै जिल्लाका सबै सहकारीहरुलाई बैंकको सदस्य बनाउन उपसमितिले ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।

उहाँले सहकारीलाई वित्तीय रुपमा सक्षम, संस्थागत रुपमा सुशासनयुक्त बनाउनका लागि बैंकले समन्वयकारी भूमिका निर्वाह गर्दै आएको भन्दै बैंकसंगको सहकार्यलाई थप प्रभावकारी गराउन सबै सहकारी संघ संस्थाहरुलाई आव्हान गर्नु भयो ।
बेनीमा सहकारी बैंकको शाखा सञ्चालनमा सहजीकरण गर्नका लागि गठित जिल्ला सम्पर्क समन्वय उपसमितिका संयोजक, सदस्य तथा सल्लाहकारहरुलाई बैंकका सञ्चालक जिसीले मनोनयन पत्र प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा बैंकको बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठीले शाखाको समग्र अवस्था र शाखामार्फत बेनीमा भइरहेको कारोबारका बारेमा जानकारी गराउनु भएको थियो ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP