२०८० मंसिर १७
December 3, 2023, Sunday

मुदीमा स्वास्थ्य चौकीको भवन निर्माण शुरु

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा स्वास्थ्य चौकीको भवन निर्माण शुरु भएको छ ।

Advertisement

धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बुधबार भवनको शिलन्याश गर्नुभएको छ । पाँच कोठे एक तले भवन निर्माण हुन लागेको गाउँपालिकाले जनाएको छ ।

Advertisement

चालु आर्थिक वर्षमा रु. पचास लाख बिनियोजन भएको भवनको संरचना तयार पार्ने कामका लागि माछापुच्छ्रे निर्माण सेवाले रु. ४१ लाख ६३ हजार २३ मा ठेक्का सम्झौता गरेको छ ।

असार महिनाभित्र सम्झौता अनुसारको सम्पन्न गर्ने सम्झौता भएको छ । निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्य सहित उपकरण र मजदुर परिचालन तथा निर्माण सामग्री व्यवस्थापन गरेको निर्माण कम्पनीका सञ्चालक कलाधर आचार्यले बताउनुभयो ।

भवनको जग्गा व्यवस्थापन र जग खन्ने काम सकिएको छ । नयाँ भवन निर्माण भएपछि स्वास्थ्य चौकीको सेवा प्रवाह सहज हुने वडा अध्यक्ष याम बहादुर घर्तिले बताउनुभयो । हाल साघुरो कोठा भएको पुरानो भवनबाट स्वास्थ्य चौकीको सेवा प्रवाह हुदै आएको छ ।

गाउँपालिकाका अध्यक्ष प्रेम पुनले आगामी आर्थिक वर्षमा थप बजेट ब्यवस्थापन गरेर मुदी स्वास्थ्य चौकीको भवन निर्माणलाई पूर्णता दिने बताउनुभयो । केही दिनअघि धवलागिरी गाउँपालिकाको वडा नम्बर ६ मराङमा वडा कार्यालय भवन निर्माण शुरु भएको थियो ।

धवलागिरी गाउँपालिकाको वडा नम्बर २ र ७ को भवन निर्माण कार्य हालै सकिएको अध्यक्ष पुनले बताउनुभयो । घट्टखोलामा गाउँपालिकाको सुविधासम्पन्न भवन निर्माण धमाधम भैरहेको छ ।

यसैगरी वडा नम्बर १ गुर्जा र ३ मुनामा स्वास्थ्य चौकीको भवन निर्माण सकिएकोे छ । ताकममा पाँच शैया क्षमताको अस्पताल भवन निर्माणमा भने ढिलासुस्ति भएको छ ।

Related News

८० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य सहित गण्डकीको भौतिक मन्त्रालयले बजेट कार्यान्वयन कार्ययोजना बनायो  
८० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य सहित गण्डकीको भौतिक मन्त्रालयले बजेट कार्यान्वयन कार्ययोजना बनायो  
  • २०८० जेष्ठ ३, बुधबार १६:२४

घोडेपानी, गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ । प्रदेश सरकारको...

मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन
मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन
  • २०८० जेष्ठ ३, बुधबार १६:२४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन भएको छ । रघुगंगा गाउँपालिकाको सहयोगमा मौवाफाँट सामुदायिक सिकाई केन्द्रको...

दग्नाममा हेलिकप्पटरबाट गर्भवतिको उद्धार
दग्नाममा हेलिकप्पटरबाट गर्भवतिको उद्धार
  • २०८० जेष्ठ ३, बुधबार १६:२४

म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा एक जना गर्भवतिको हेलिकप्टरबाट उद्धार गरिएको छ । Advertisement प्रसुति ब्यथा लागेर छटपटिएकी दग्नामकी ३७ वर्षीय...

TOP