२०८३ भाद्र २
August 18, 2026, Tuesday

मुदीमा स्वास्थ्य चौकीको भवन निर्माण शुरु

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा स्वास्थ्य चौकीको भवन निर्माण शुरु भएको छ ।

Advertisement

धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बुधबार भवनको शिलन्याश गर्नुभएको छ । पाँच कोठे एक तले भवन निर्माण हुन लागेको गाउँपालिकाले जनाएको छ ।

चालु आर्थिक वर्षमा रु. पचास लाख बिनियोजन भएको भवनको संरचना तयार पार्ने कामका लागि माछापुच्छ्रे निर्माण सेवाले रु. ४१ लाख ६३ हजार २३ मा ठेक्का सम्झौता गरेको छ ।

असार महिनाभित्र सम्झौता अनुसारको सम्पन्न गर्ने सम्झौता भएको छ । निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्य सहित उपकरण र मजदुर परिचालन तथा निर्माण सामग्री व्यवस्थापन गरेको निर्माण कम्पनीका सञ्चालक कलाधर आचार्यले बताउनुभयो ।

भवनको जग्गा व्यवस्थापन र जग खन्ने काम सकिएको छ । नयाँ भवन निर्माण भएपछि स्वास्थ्य चौकीको सेवा प्रवाह सहज हुने वडा अध्यक्ष याम बहादुर घर्तिले बताउनुभयो । हाल साघुरो कोठा भएको पुरानो भवनबाट स्वास्थ्य चौकीको सेवा प्रवाह हुदै आएको छ ।

गाउँपालिकाका अध्यक्ष प्रेम पुनले आगामी आर्थिक वर्षमा थप बजेट ब्यवस्थापन गरेर मुदी स्वास्थ्य चौकीको भवन निर्माणलाई पूर्णता दिने बताउनुभयो । केही दिनअघि धवलागिरी गाउँपालिकाको वडा नम्बर ६ मराङमा वडा कार्यालय भवन निर्माण शुरु भएको थियो ।

धवलागिरी गाउँपालिकाको वडा नम्बर २ र ७ को भवन निर्माण कार्य हालै सकिएको अध्यक्ष पुनले बताउनुभयो । घट्टखोलामा गाउँपालिकाको सुविधासम्पन्न भवन निर्माण धमाधम भैरहेको छ ।

यसैगरी वडा नम्बर १ गुर्जा र ३ मुनामा स्वास्थ्य चौकीको भवन निर्माण सकिएकोे छ । ताकममा पाँच शैया क्षमताको अस्पताल भवन निर्माणमा भने ढिलासुस्ति भएको छ ।

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP