म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित प्रकाश माध्यमिक विद्यालयले शुक्रवार विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति, झोला र पुरस्कार वितरण तथा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको हो ।
विद्यालयले एक कार्यक्रमको आयोजना गरी कक्षा १ देखि ५ सम्मका नवआगन्तुक विद्यार्थीहरुलाई अभिभावकको उपस्थितिमा निःशुल्क रुपमा झोला वितरण गरेको छ । यसअघि विद्यालयले गएको बैशाख महिनामा विद्यालय पोशाक वितरण गरेको थियो । कक्षा १ देखि ८ सम्मका छात्रा र दलित विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ ।
यसैगरी बालविकासदेखि कक्षा ९ सम्मका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको छ भने वार्षिक परीक्षा २०७९ सालमा प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको विद्यालयका सहायक प्रधानाध्यापक विनय श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार कक्षा १ देखि ८ सम्म छात्रवृत्ति पाउने छात्राहरु १ सय ७१ जना रहेका छन् ।
त्यस्तै दलित छात्रवृत्ति पाउने ४९ जना र निःशुल्क झोला पाउने विद्यार्थीहरु ३८ जना रहेको विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यार्थीहरुले लोकगीत र नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन सहायक प्रअ विनय श्रेष्ठ, शिक्षकद्वय डिलप्रसाद श्रेष्ठ र अमृता थापाले गर्नुभएको थियो ।
कार्यक्रम विद्यालयका प्रधानाध्यापक लेखबहादुर हमालको अध्यक्षता, विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष हरिकृष्ण श्रेष्ठको प्रमुख आतिथ्य र सहायक प्रअ टेकप्रसाद सुवेदीको स्वागतमा सम्पन्न भएको थियो ।
नेकपा एमालेका म्याग्दीका प्रतिनिधीसभा सदस्यका उमेद्वार हरिकृष्ण श्रेष्ठले आफ्नो प्रमुख प्रतिस्पर्धी नेपाली काँग्रेस भएको बताउनुभएको छ । Advertisement ग्रामिण क्षेत्रका...
बेनी, १७ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस म्याग्दीबाट प्रतिनिधीसभा सदस्यका उमेद्वार...
नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार अर्जुन थापाले म्याग्दीमा निर्माणाधिन र निर्माण सम्पन्न भएका जलविद्युत आयोजनामा प्रभावित क्षेत्रका बासिन्दाको सेयर लगानीको अधिकारलाई...



