२०८३ श्रावण १५
July 31, 2026, Friday

म्याग्दीका स्थानीय तहमा बेरुजुको चाङ, साढे ६५ करोड बेरुजु

Advertisement

म्याग्दीका स्थानीय तहमा बरुजुको चाङ लागेको छ । स्थानीय तहमा नियम, कानुन विपरित राज्यकोषबाट भएको खर्चहरुमा बेरुजु आएको छ । जिल्लाका स्थानीय तहमा प्रत्येक बर्षमा बेरुजु रकम बढ्दै गएको छ ।
महालेखापरिक्षणको कार्यालयले २०७९ चैत २९ गते सार्वजनिक गरेको प्रतिवेदनमा म्याग्दीका ६ वटा स्थानीय तहको बेरुजु रकम ६५ करोड ७६ लाख २८ हजार रुपैयाँ उल्लेख छ । यसअघिका वर्षको तुलनामा म्याग्दीका स्थानीय तहको बेरुजु बढेको छ ।

महालेखाले सार्वजनिक गरेको प्रतिवेदनमा असुल गर्नुपर्ने, कागजात पुरा नगरि भुक्तानी दिएको र थप कागजात पेश गर्नुपर्ने, नियमित गनुपर्ने र पेश्की रकम शिर्षकमा बरुजु देखाएको छ ।

महालेखाको प्रतिवेदन अनुसार जिल्लाका ६ स्थानीय तहको तुलनामा सबैभन्दा कमी बेरुजु रघुगंगा गउँपालिकाको ४ करोड, १७ लाख, १२ हजार रुपैयाँ रहेको छ । जसमा असुल उपर गर्नुवपर्ने १० लाख ६७ हजार, प्रमाण कागजात पेश गर्नुपर्नेमा १ करोड, ९१ लाख, ९० हजार, नियमित गर्नुपर्नेमा ८३ लाख ९ हजार, पेश्की ९ लाख रहेको छ । रघुगंगाको गतबर्षको १ करोड ६८ लाख ६२ हजार बेरुजु थियो ।

त्यस्तै सबैभन्दा बढी मालिका गाउँपालिकामा बेरुजु देखिएको छ । मालिकामा १८ करोड १० लाख ७० हजार रुपैयाँ बेरुजु आएको छ । प्रतिवेदन अनुसार असुल उपर गर्नुवपर्ने ६ लाख ३५ हजार, प्रमाण कागजात पेश गर्नुपर्नेमा ११ करोड, २३ लाख ८८ हजार, नियमित गनुपर्नेमा २ करोड, ४५ लाख, ९९ हजार, पेश्की ४७ लाख ३३ हजार रुपैयाँ रहेको छ । गतवर्षको ३ करोड ८७ लाख १५ हजार रुपैयाँ बेरुजु थियो ।

त्यस्तै प्रतिवेदन अनुसार बेनी नगरपालिकामा १४ करोड ९८ लाख ७० हजार रुपैयाँ बेरुजु रहेको छ । असुल उपर गर्नुपर्नेमा २ करोड, ९० लाख २३ हजार, प्रमाण पेश गर्नुपर्नेमा ७ करोड, ७ लाख ४१ हजार रुपैयाँ, नियमित गर्नुपर्नेमा ८६ लाख ७३ हजार, पेश्की ५१ लाख ७५ हजार रुपैयाँ रहेको छ । गतबर्षको ६ करोड ७७ लाख १४ हजार रुपैयाँ समावेश गरिएको छ । बेनी नगरपालिकामा कार्यरत कर्मचारी कार्यालयमा हाजिर भएर भ्रमण भक्ता समेत बुझेको महालेखा प्रतिवेदनमा उल्लेख गरेको छ ।

वार्षिक प्रतिवेदनमा नगरका कर्मचारीहरुले कार्यालयमा हाजिर गरेर भ्रमण भत्ता वापतको रकम बुझेको औंल्याएको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत समेत अनियमित तवरले भत्ता बुझ्नेमा हुनुहुन्छ ।

नगरका शाखा अधिकृत (सूचना अधिकारी) युवराज थापाले १० हजार पाँचसय,लेखा प्रमुख माधव प्रसाद भुसालले दुईहजार सातसय र आकृति पौडेलले छ हजार पाँचसय रुपियाँ बुझेको प्रतिवेदनमा उल्लेख छ ।

अधिकृत थापाले २०७८ फागुन २६ गते देखि चैत २ गते सम्मको,लेखापाल भुसालले २०७८ भदौं २५ देखि २७ गते सम्म र पौडेलले २०७८ असोज १२ देखि १६ गते सम्म भ्रमण अवधि रहेको छ । उक्त समयमा ति कर्मचारीहरु कार्यालयमा हाजिर भएकाले बुझेको रकम नियम विपरित भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यसैगरी स्वास्थ्य संयोजक लिला गौतम ले १० हजार छ सय रुपियाँ नियमविपरित बुझेको उल्लेख छ । यसैगरी २०७९ असार २५ गतेको लेखामा २०७९ असार २२ सम्मको भ्रमण भत्ता राखी करुणा थापा मगरको नाममा २०७९ असार २७ देखि ३२ सम्म डिल्लीराज आचार्यको नाममा र २०७९ असार २१ देखि २६ सम्मको भ्रमण भत्ता राखी स्वास्थ्य संयोजक गौतमको नाममा भुक्तानी भएको ३४ हजार ६०० असूल उपर गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसैगरी मंगला गाउँपालिकामा ७ करोड २ लाख १४ हजार रुपैयाँ बेरुजु देखिएको छ । महालेखाको प्रतिवेदन अनुसार असुल उपर गर्नुपर्ने ७५ लाख २५ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने ४ करोड, ९८ लाख ३७ हजार रुपैयाँ रहेको छ । त्यस्तै नियमित गर्नुपर्नेमा ५२ लाख १८ हजार रुपैयाँ र पेश्कीमा ६ लाख २५ हजार रुपैयाँ रहेको छ । मंगलाको गतबर्षको ७० लाख १५ हजार बेरुजु रहेको थियो ।

त्यस्तै धवलागिरी गाउँपालिकाको ११ करोड ३६ लाख ९ हजार रुपैयाँ बेरुजु रहेको प्रतिवेदनमा उल्लेख गरेको छ । जसमा असुल उपर गर्नुपर्नेमा ३ लाख २५ हजार, प्रमाण कागजात पेश गर्नुपर्नेमा ७ करोड, ५३ लाख, १ हजार, नियमित गर्नुपर्नेमा ९३ लाख ५४ हजार र पेश्की १२ लाख ७४ हजार रुपैयाँ रहेको छ । धवलागिरिको गतबर्षको बेरुजु २ करोड ७३ लाख, ५५ हजार रुपैयाँ रहेको थियो ।

त्यसैगरी अन्नूर्ण गाउँपालिकाको १० करोड ११ लाख ५३ हजार बेरुजु रहेको प्रतिवेदनमा उल्लेख गरेको छ । महालेखाको प्रतिवेदन अनुसार असुल उपर गर्नुपर्ने ६२ लाख ९४ हजार, प्रमाण कागजात पेश गर्नुपर्नेमा २ करोड २१ लाख ९८ हजार, नियमित गर्नुपर्नेमा १ करोड, १५ लाख ९७ हजार र पेश्की रकममा ३ लाख ५८ हजार रुपैयाँ रहेको छ । अन्नपूर्णको गतबर्षको ६ करोड २१ लाख ८९ हजार रुपैयाँ बेरुजु रहेको थियो ।

स्थानीय तहको राष्ट्रपती सुधार कार्यक्रम, उपभोक्ता समितले गरेका काममा बढी बरुजु देखिएको छ । आर्थिक वर्षको अन्तिममा ठूलो मात्रामा बजेट खर्च गर्दा प्रक्रिया पूरा नगरेको, रकमान्तर नगरी बिनियोजितभन्दा फरक शीर्षकमा बजेट खर्च गरेको, सार्वजनिक खरिद ऐनको प्रतिकुल हुने गरी विना प्रतिस्पर्धा सामग्री खरिद र योजनाका काम गर्दा बेरुजु देखिएको महालेखाले टिप्पणी गरेको छ । यसैगरी पदाधीकारीहरुले कार्यबिधि र नियम विपरित सुविधा लिएको, उपभोक्ता समितिले पेश्की लगेर काम नगरेको र तोकिएको मात्रा पुरा नगरेको महालेखाले टिप्पणी गरेको छ ।

प्रतिवेदनका अनुसार म्याग्दीका स्थानीय तहहरु संघ र प्रदेशको अनुदानमा निर्भर देखिएका छन् । स्थानीय तहहरुले कार्ययोजना बनाएर पुरानो बेरुजु असुलउपर, कागजात, प्रक्रियामा कडाई गर्नुपर्ने देखिएको छ ।

Related News

जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
  • २०८३ श्रावण ११, सोमबार ०९:३३

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, ऋषिनचौतारी निवासी प्रकाश केसीले आफ्नो जन्मदिनको अवसर पारेर गलेश्वरस्थित श्री गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग प्रदान...

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

TOP