२०८३ श्रावण ९
July 25, 2026, Saturday

रघुगंगा गाउँपालिकालाई बालमैत्री पालिका बनाउने प्रतिबद्धता

 म्याग्दीको रघुगंगा गाउँपालिकालाई बालमैत्री पालिका बनाउने प्रतिबद्धता पत्र जारी गरिएको छ । बालमैत्री शासकीय व्यवस्थाको अवलम्बन गर्नका लागी गर्भाअवस्थादेखि १८ बर्ष उमेर नपुगेका बालबालिकाहरुको बालसंरक्षण, बालविकास, बालबचाउ, बालसहभागीता सम्बन्धि ५१ वटा सूचकहरुलाई पूरा गर्न आबश्यक तयारी सूरु गरिएको हो ।    
सामाजिक विकास कार्यालयको आयोजना, गाउँपालिकाको समन्वय र मिलन म्याग्दीको व्यवस्थापनमा आइतवार आयोजित बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागी सरोकारवालाहरुले आगामी २०८३ चैत्र मसान्तसम्म पालिकालाई बालमैत्री पालिका बनाउन बालमैत्री स्थानीय शासन अवलम्बन गर्नका लागि प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा बालमैत्री स्थानीय शासन अबलम्बन तथा बालमैत्री सुशासन प्रवद्र्धन गर्नको लागि सामूहिक प्रतिबद्धता पत्र जारी गरिएको छ । गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मी, स्वयमसेविका लगायतका सरोकारवालाहरुले स्थानीय सरकार सञ्चालन ऐन–२०७४, बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ अनुसार गाउँपालिकालाई बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणाको प्रक्रियामा सबैले आ–आफ्नो ठाउँबाट सक्रिय सहभागितासहित बालमैत्री गाउँपालिका घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् ।

Advertisement

कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापा, प्रशिक्षक अशोक खनाल , रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले बालमैत्री स्थानीय शासनको सूचक, अवलम्बन गर्नुपर्ने नीति नियम तथा कार्यान्वयका लागी पुरा गर्नुपर्ने चरण तथा आधारहरुको बारेमा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले गाउँपालिकालाई बालमैत्री पालिकाको रुपमा विकास गर्न सरोकारवालाहरुले समेत रचनात्मक सहयोग गर्नुपर्ने बताउँदै सूचकको पालना र आबश्यक तयारीमा गाउँपालिका जुट्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले वडाहरु हुँदै पालिकालाई बालमैत्री बनाउनका लागि आवश्यक तयारी थालिने जानकारी दिनुभयो ।

कार्यक्रममा स्वागतसहित सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख थापाले दीगो विकासका लक्ष्यहरुलाई राष्ट्रियकरण र स्थानीयकरण गर्ने लक्ष्यका साथ स्थानीय तहलाई बालमैत्री पालिका घोषणा गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले यस अघि म्याग्दीका चार गाउँपालिका र एक नगरपालिकाले समेत बालमैत्री पालिका बनाउने प्रतिबद्धता जनाइसकेको बताउँदै सबै स्थानीय तह र सरोकारवालाहरुले सूचकहरुको पालना गरि प्रतिबद्धताहरुलाई पुरा गर्नतर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

जिल्ला बालअधिकार समितिका अध्यक्ष कोमलप्रसाद उपाध्यायको अध्यक्षता, मिलन म्याग्दीका बालकुमारी पुनको सञ्चालनमा सम्पन्न कार्यक्रमको उद्घाटन गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी पुनले गर्नुभएको थियो भने गाउँपालिकाका प्रवक्ता मनकुमार शेरपुञ्जाले मन्तव्य राख्नुभएको थियो । सरकारले सन् २०३० सम्म सबै स्थानीय तहलाई बालमैत्री पालिका बनाउने लक्ष्य लिएको छ । हालसम्म नेपालका २२ वटा र गण्डकी प्रदेशका ३ वटा गाउँपालिकाहरु बालमैत्री पालिकाको रुपमा घोषणा भैसकेका छन् ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP