२०८२ असार २
June 16, 2025, Monday

रघुगंगा गाउँपालिकालाई बालमैत्री पालिका बनाउने प्रतिबद्धता

 म्याग्दीको रघुगंगा गाउँपालिकालाई बालमैत्री पालिका बनाउने प्रतिबद्धता पत्र जारी गरिएको छ । बालमैत्री शासकीय व्यवस्थाको अवलम्बन गर्नका लागी गर्भाअवस्थादेखि १८ बर्ष उमेर नपुगेका बालबालिकाहरुको बालसंरक्षण, बालविकास, बालबचाउ, बालसहभागीता सम्बन्धि ५१ वटा सूचकहरुलाई पूरा गर्न आबश्यक तयारी सूरु गरिएको हो ।    
सामाजिक विकास कार्यालयको आयोजना, गाउँपालिकाको समन्वय र मिलन म्याग्दीको व्यवस्थापनमा आइतवार आयोजित बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागी सरोकारवालाहरुले आगामी २०८३ चैत्र मसान्तसम्म पालिकालाई बालमैत्री पालिका बनाउन बालमैत्री स्थानीय शासन अवलम्बन गर्नका लागि प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा बालमैत्री स्थानीय शासन अबलम्बन तथा बालमैत्री सुशासन प्रवद्र्धन गर्नको लागि सामूहिक प्रतिबद्धता पत्र जारी गरिएको छ । गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मी, स्वयमसेविका लगायतका सरोकारवालाहरुले स्थानीय सरकार सञ्चालन ऐन–२०७४, बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ अनुसार गाउँपालिकालाई बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणाको प्रक्रियामा सबैले आ–आफ्नो ठाउँबाट सक्रिय सहभागितासहित बालमैत्री गाउँपालिका घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् ।

Advertisement

कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापा, प्रशिक्षक अशोक खनाल , रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले बालमैत्री स्थानीय शासनको सूचक, अवलम्बन गर्नुपर्ने नीति नियम तथा कार्यान्वयका लागी पुरा गर्नुपर्ने चरण तथा आधारहरुको बारेमा सहजीकरण गर्नुभएको थियो ।

Advertisement

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले गाउँपालिकालाई बालमैत्री पालिकाको रुपमा विकास गर्न सरोकारवालाहरुले समेत रचनात्मक सहयोग गर्नुपर्ने बताउँदै सूचकको पालना र आबश्यक तयारीमा गाउँपालिका जुट्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले वडाहरु हुँदै पालिकालाई बालमैत्री बनाउनका लागि आवश्यक तयारी थालिने जानकारी दिनुभयो ।

कार्यक्रममा स्वागतसहित सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख थापाले दीगो विकासका लक्ष्यहरुलाई राष्ट्रियकरण र स्थानीयकरण गर्ने लक्ष्यका साथ स्थानीय तहलाई बालमैत्री पालिका घोषणा गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले यस अघि म्याग्दीका चार गाउँपालिका र एक नगरपालिकाले समेत बालमैत्री पालिका बनाउने प्रतिबद्धता जनाइसकेको बताउँदै सबै स्थानीय तह र सरोकारवालाहरुले सूचकहरुको पालना गरि प्रतिबद्धताहरुलाई पुरा गर्नतर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

जिल्ला बालअधिकार समितिका अध्यक्ष कोमलप्रसाद उपाध्यायको अध्यक्षता, मिलन म्याग्दीका बालकुमारी पुनको सञ्चालनमा सम्पन्न कार्यक्रमको उद्घाटन गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी पुनले गर्नुभएको थियो भने गाउँपालिकाका प्रवक्ता मनकुमार शेरपुञ्जाले मन्तव्य राख्नुभएको थियो । सरकारले सन् २०३० सम्म सबै स्थानीय तहलाई बालमैत्री पालिका बनाउने लक्ष्य लिएको छ । हालसम्म नेपालका २२ वटा र गण्डकी प्रदेशका ३ वटा गाउँपालिकाहरु बालमैत्री पालिकाको रुपमा घोषणा भैसकेका छन् ।

Related News

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
  • २०८० जेष्ठ २९, सोमबार ०५:४१

६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा...

म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
  • २०८० जेष्ठ २९, सोमबार ०५:४१

आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ ।...

अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
  • २०८० जेष्ठ २९, सोमबार ०५:४१

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य...

TOP