२०८३ श्रावण ९
July 25, 2026, Saturday

एक वडा एक सुविधा सम्पन्न आवासीय विद्यालय अन्नपूर्णको नीति

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटन, पूर्वाधार र शिक्षा क्षेत्रलाई प्राथमिकता दिदै आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यत्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगमा शुक्रबार भएको १७ औ गाउँसभामा अध्यक्ष भारतकुमार पुनले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

Advertisement

अन्नपूर्ण गाउँपालिकालाई विश्वसामु उत्कृष्ट पर्यटकीय गन्तब्यका रुपमा स्थापित गर्ने, दिगो कृषि, पर्यटन र उर्जा तथा खेलकुदको विकास गरी स्वच्छ, सफा र सुन्दर पालिकाको पहिचान कायम राख्ने, योजनावद्ध शहरीकरण तथा वस्ती विकासलाई यस नीति तथा कार्यक्रमले प्रमुख प्राथमिकता दिएको छ । टोल, वडा स्तरमा भएको छलफल तथा सरोकारवालाहरुसँग छलफल गरेर प्राप्त सुझावहरुलाई नीति तथा कार्यक्रम र बजेटमा समेटिएको अध्यक्ष पुनले बताउनुभयो । नर्थ अन्नपूर्ण आधारशिविरको एकिकृत पर्यटन गुरुयोजना निर्माण गरि कार्यक्रम सञ्चालन गर्ने, नयाँ गन्तब्यको पहिचान र पूर्वाधारमा जोड दिने गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

कम लागतमा बढी प्रतिफल दिने, जनतासँग प्रत्यक्ष सरोकार राख्ने, युवालाई उत्पादन र रोजगार दिने योजनाहरुलाई प्राथमिकता दिएको अध्यक्ष पुनले बताउनुभयो । पालिकाको केन्द्र देखि वडा जोड्ने सडकको स्तरोन्नति गर्ने, गाउँपालिकाको प्रशासकीय भवन बनाउने लक्ष्य राखेको अन्नपूर्णले पालिकाभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गरि कार्यान्वयनमा ल्याउने भएको छ ।

गाउँपालिकाका ठूला र गौरवका आयोजनाहरु निर्माण गर्न तथा महत्वपूर्ण पर्यटकीय स्थलहरुको दिगो संरक्षण, प्रर्वद्धन र विकासका लागि निजि क्षेत्रका लगानीकर्ताहरुलाई समेत समेट्न सार्वजनिक निजी साझेदारीको अवधारणा अघि सारेको छ । एक घर, एक धारा अभियान मार्फत पालिकाको सबै घरधुरीमा खानेपानीको पहुँच विस्तार गर्ने नीति लिएको छ ।

एक वडा, एक सुविधा सम्पन्न आवासिय विद्यालय बनाउने नीति लिएको अन्नपूर्णले आगामी वर्षदेखि स्थानीय पुस्तक कार्यान्वयन गर्ने भएको छ । एक वटा वडाका एक जनालाई विज्ञान, गणित र अंग्रेजी विषयमा स्नातक तहसम्म अध्ययन गर्न छात्रवृत्ति उपलब्ध गराउने तथा किशोर किशोरलाई निजामती र शिक्षक सेवा प्रति आकर्षित गराउन तयारी कक्षा सञ्चालन गर्ने भएको छ । नारच्याङको प्रभा माविमा सञ्चालित इलेक्ट्रिकल इञ्जिनियरिङ विषयको पठनपाठनलाई गौरवको आयोजनाका रुपमा सञ्चालन गर्ने, विद्यालयमाअध्यक्षसँग विद्यार्थी भेटघाट कार्यक्रम चलाउने, बालमैत्री र बालश्रममुक्त पालिका घोषणा गर्ने भएको छ ।

आर्थिक रुपमा विपन्न, दुर्घटनामापरेका र ७० वर्ष माथिका नागरिकलाई अस्पताल पुग्न निशूल्क एम्बुलेन्स सेवा उपब्ध गराउने, गर्भवति र सुत्केरीलाई अस्पताल तथा स्वास्थ्य संस्था जान एम्बुलेन्स भाडामा एकतर्फी छुट गर्ने नीीत लिएको छ । अन्नपूर्णलाई आलु र सुन्तला जातका फलफूलमा आत्मनिर्भर बनाउने, प्राङगारिक खेती प्रर्वद्धन गरी पर्यटकलाई स्थानीय परिकारको ब्राण्डको रुपमा खाना उपलब्ध गराउने, कृषिको आधुनिकिकरण, बजारीकरणका लागि तालिम सञ्चालन र कृषि एम्बुलेन्स सञ्चालन गर्ने नीति लिएको छ ।

बेमौसमी तरकारी उत्पादनका लागि आवश्यक ग्रिन हाउस, गुमोज, हाइटेक हाउसको निर्माण गरी बेमौसमि तरकारीमा आत्मनिर्भर गर्न पलाष्टिक घर निर्माण कार्यक्रम लागू गरिने भएको छ । पोखरेबगरमा जारी गाउँसभामा अध्यक्षले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गरेर पारित भएपछि आजै उपाध्यक्ष दिवा तिलिजा पुनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP