२०८३ असार २६
July 10, 2026, Friday

गलेश्वरमा फेन्सी चप्पल बनाउने तालिम सम्पन्न

 “आमासमूहसँग उपमेयर कार्यक्रम” अन्तरगत बेनी नगरपालिका–९ गलेश्वरमा १५ दिने फेन्सी चप्पल बनाउने तालिम सम्पन्न भएको छ। बेनी नगरपालिकाको आयोजना, वडाको समन्वय र गलेश्वरधाम आमासमूहको संयोजनमा संचालित चप्पल बनाउने तालिम शनिबार सम्पन्न भएको हो ।


आमा समूहलाई परिचालन गरेर महिलाहरुको आर्थिक र सामाजिक शसक्तिकरण गर्ने उद्देश्यले आमा समूहसँग उपमेयर कार्यक्रम अन्तरगत गलेश्वरधाम लगायत तीन आमासमूहका २० जना दिदिबहिनीलाई चप्पल बनाउने तालिम दिएको गलेश्वर आमासमूहकी उपाध्यक्ष विन्दु कार्की पुर्जाले बताउनुभयो । उहाँले सहभागिले सात किसिमका चप्पल बनाउने सिप सिक्नुभएको जानकारी दिनुभयो । गत जेठ २६ गतेबाट सुरुभएको १५ दिनसम्मको चप्पल बनाउने तालिमको प्रशिक्षण सम्झना परियारले गुर्नभएको थियो ।


समापन कार्यक्रममा उपप्रमुख ज्योती लामिछानेले सामुहिक रुपमा सिकेको सिपलाई ब्यवसायीक रुपमा अघि बढाउन तालिममा सहभागि आमासमूहका सदस्यहरुलाई आग्रह गर्नुभयो । उहाँले सामाजिक हिंसा न्यूनिकरण गराउनका लागि पनि महिलालाई सिप सिकाएर आत्मनिर्भरको बाटोबाट समाजलाई अघि बढाउन सिपमूलक सहयोग पुग्ने बताउनुभयो ।
“परिवार देखि समाजको गरिवी न्यूनिकरण गराउनका लागि सिकेको सिपलाई ब्यवसायीकरण रुपमा अघि बढाएमा सहयोग पुग्छ। दिदिबहिनीलाई ब्यवसायीक रुपमा अघि बढाउन परिवारदेखि समाजको साथसहयोग हुनुपर्छ।”– उहाँले भन्नुभयो । “चप्पल बनाउने सिपमा ब्यावसायीक रुपमा अघि बढाउन यहाँहरुले सक्रियता देखाउनुभयो भने उद्योग स्थापना लगायतको कार्यक्रममा नगरपालिकाले अनुदान उपलब्ध गराउने छ । उत्पादन भएका बस्तुलाई बजारिकरणको लागि पनि साथ सहयोग रहनेछ ।”


उहाँले महिलाहरुलाई सिपमार्फत आर्थिक सशक्तीकरण अभियान अघि बढाउनुभएमा आगामी बर्षमा क्षमता अभिवृद्धिका लागि थप तालिमको ब्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले “आमासमूहसंग उपमेयर कार्यक्रमलाई आगामी आर्थिक बर्ष निरन्तरता दिएर सबै वडाका महिलाहरुलाई समेट्ने योजना रहेको जानकारी दिनुभयो ।


नगरका सामाजिक विकास संयोजक एवम् वडानम्वर ९ का वडाअध्यक्ष चक्रबहादुर केसीले तालिमबाट प्राप्त सिपलाई ब्यवसायीक रुपमा अघि बढाउन आग्रह गर्नुभयो । उहाँले घरायसी कामको ब्यवस्थापन गरेर चप्पल बनाउने सिपलाई आम्दानीको प्रमुख आधार बनाएर अघि बढ्न सुझाव दिनुभयो । नगरले दिदिबहिनीहरुलाई आयआर्जनमा जोड्ने उद्देश्यले आगामी बर्षपनि सिपमूलक कार्यक्रमलाई निरन्तरता योजना रहेको जानकारी गराउनुभयो ।


त्यस्तै कार्यक्रममा गलेश्वरबजारबासी बालकुमार लामिछानेले समाजमा सवल र सक्षम बन्न उर्जावान समयमा सिकेको सिपलाई उद्योग संचालनमा प्रयोग गरेर आत्मनिर्भर बन्न आग्रह गर्नुभयो । गलेश्वर स्थायी प्रहरी कार्यालयका असई विक्रम तिवारीले सिकेको सिपलाई निरन्तरतासंगै विस्तार गरेर दिदिबहिनीहरु आत्मनिर्भर बनेमा परिवारदेखि समाजका ९० प्रतिशत महिला हिंसा न्यूनिकरणमा सहयोग पुग्ने बताउनुभयो ।तालिममा सहभागितर्फबाट बोल्नुभएकी रेखा केसीले सिकेको सिपलाई ब्यावसायीक रुपमा अघि बढाउने प्रतिवद्धता जनाउदै आगामी दिनमा सबैको साथ सहयोग र सक्रियता आवश्यक हुनुपर्ने बताउनुभयो ।


गलेश्वर आमा समूहकी उपाध्यक्ष पुर्जाको अध्यक्षता, सचिव निशा जिसीको संचालन र कोषाध्यक्ष मनु फगामीको स्वागत मन्तव्य रहेको कार्यक्रममा प्रशिक्षक सम्झना परियार, आमासमूहकी सल्लाकार रविना भण्डारीले मन्तव्य राख्नुभएको थियो । तालिम सहभागिलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा वडानम्वर १० का वडाअध्यक्ष मसविर रोका, गलेश्वर र काउँलेगौडा आमासमूहका अध्यक्ष लगायतको उपस्थित रहेको थियो ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP