२०८३ भाद्र २
August 18, 2026, Tuesday

‘बेनी नगरको विकास अब उकालो लाग्नुपर्छ’

‘शिक्षा स्वास्थ्य, कृर्षि पर्यटन र पूर्वाधार, स्वाच्छ समृद्ध बेनी नगरको मुल आधार’
आदणीय, यस नगर सभाका सभाध्यक्ष ज्यू,
बेनी नगरपालिकाका उपमेयर ज्यू,
विभिन्न वडाका वडा अध्यक्ष ज्यूहरु,
मेरा समकालीन वडा सदस्य ज्यूहरु
,

Advertisement


बेनी नगरपालिका कार्यालयमा कार्यरत यस सभामा पाल्नुभएका सम्पूर्ण कर्मचारीहरु,
समृद्ध बेनी नगरको सपना लिएर यस सभामा पाल्नुभएका यस सभाको निर्णय सुन्न आउनुभएका सम्पूर्ण महानभावहरु एंम राज्यको चौथो अंग पत्रकार मित्रहरु,
म सोहन श्रेष्ठको न्यानो अविवादन नमस्कार,

समृद्ध बेनी नगरकोे खाका कोरिरहँदा, केहि सोच, ऐजेण्डा, सपना र विचार हरु पुस्तागत हुने नै छ. त्यसैले विना ऐजेण्डा, केवल समर्थनका ताली पिट्न यस नगरसभामा उपस्थित हुने मान्छे होइन म । यसो भन्दैमा आज यहाँ उपस्थित भएर स्थानिय सरकार, नेपालको संविधानले म जस्तो साधारण वडा सदस्यलाई प्रधान गरेको अधिकारको प्रयोग गरि केहि शव्दहरु बोल्न चाहे । समय दिनुभएकोमा यस सभाका सभाअध्यक्षलाई धन्यवाद,

सर्वप्रथम त बेनी नगरको लाईभलाईन मेरो आफ्नो बिचारमा सडक संजाल नै हो । किनभने सडक बेनी नगरको दशै वडामा कालोपत्रे सहित पुग्यो भने सबै वडाका कृषि उपज बस्तुहरु, स्वास्थ्य उपचार, पर्यटन पर्वद्धन ग्रामिण भेगका बस्तुहरुलाई बजारीकरण एंव विभिन्न कार्यमा सहज हुनेछ । त्यसैले म यसै वडाको वडा सदस्य बजार क्षेत्रको भएपनि, अबको विकास उकालो लाग्नुपर्छ, मेरो भनाईको मतलब बेनी रत्नेचौर हुदै बागलुङको सिमाना, बेनी तातोपानी हुदै मंगलाको सिमाना, बेनी गलेश्वर हुदै रघुगंगाको सिमानामा कालोपत्रे, सम्पन्न एवम् सम्पन्नको तयारीमा छ । त्यसैले अब बेनी अर्थुङ्गे हुदै पुलाचौर डडुवा हुदै टोड्के, बेनी काउलेगौडा हुदै पात्लेखेत हुदै टोड्के ढोल्डान, बेनी लभ्लीहिल हुदै स्वर्गाआश्रम ध्यानआश्रम, बेनी भकिम्ली हुदै बेलढुङगा जस्ता पर्यटकीय क्षेत्रमा सडक संजाललाई द्रुत गतिमा लैजान सकियो भने बेनी नगर विकसित नगरमा परिमार्जित हुन समय लाग्दैन ।

हामी सधै हाम्रो छिमेकी जिल्ला पर्वत सदरमुकामको बयान र ब्याख्या गछौँ । तर हाम्रो यस नगरमा पनि पर्यटनको प्रचुर सम्भावना छ । बेनपा २ मा रहेको लभ्लिीहिल–हाडेभिरलाई साहसिक खेल (रक कलाएमिङ÷च्यअप ऋष्mिदष्लन) को सम्भावना खोज्न सकिन्छ । यसैगरि छोटो र सस्तो सुलभ टे«किङ रुटको लागि बेनीदेखि ढोल्डानको रुट लिन सकिन्छ । यसको पहिचान सम्भावना पहिलेनै खोजिएको थियो । तर यसलाई निरन्तरता दिन सकिएन । (यसलाई गुरिल्ला पदमार्ग पनि भनिन्छ) र आन्तरिक एंव बाह्य पर्यटनको लागि बेनपा ४मा रहेको तातोपानी कुण्डलाई प्रचार प्रसार गरी अन्तराष्ट्रिय रुपमा विभिन्न देश विदेशमा रहनुहुने संघ संस्था संगै मोनासंग साझेदारी गरि बाह्य एंव आन्तरिक पर्यटक भित्राउन सकिन्छ ।

बेनी नगर एउटा आफैमा सांस्कृतिक पहिचान बोकेको नगर पनि हो । यसलाई प्रर्वद्धन गर्न नगरले बेनी बजारमा रहेको बेनपा ७ मा रहेको मंगलाघाट र बेनपा ८ मा रहेको तल्लो कालीपुल बजारलाई होमस्टेको अवधारणा ल्याई अगाडी बढाउन अनुरोध गर्छु ।

शिक्षा भन्दैगर्दा मलाई गर्व लागेर आउँछ किनकि म बेनी सामुदायिक माविको पूर्व विद्यार्थी हुँ, देशभरी नाम कमाउन सफल हाम्रा सरकारी विद्यालयहरुलाई अझै सफलताको शुभकामना यसै सभाबाट दिन चाहान्छु । मेरो वडामा पनि दुई वटा सरकारी विद्यालयहरु छन् । प्रकाश मावि र बेनी सामुदायिक मावि, काठमाडौँमा हालै मात्र काठमाडौँका मेयर बालेन शाहद्धारा ‘बूक फ्रि डे’ को अवधारण ल्याईएको छ । मैले यो भन्दै गर्दा सबै बालेनको सिको गर्नुपर्छ भन्ने छैन । तर राम्रो कामको सिको गर्नुपर्छ भन्ने हो । जसले गरेपनि जोले गरेपनि साथसाथै मेरा यि कुराहरुमा सुनुवाई एंव बिचार गर्न सकिन्छ भने बेनी नगरका विद्यालयहरुमा कृषि बिषयको स्थापना, एंव प्रयोगात्मक विषय बनाई यसलाई अगाडी बढाई नयाँ पुस्तालाई कृर्षिको बारेमा बुझाउन सकिन्छ ।
अब स्वास्थ्यको कुरा गर्दा स्वास्थ्य जति संवेदनशिल छ, बेनी बजारको लागि मात्र भयो कि ? बजारदेखि बाहिर नगरको ग्रामिण भेगमा स्वास्थ्यको त्यती राम्रो पहुँच पुग्न सकेको छैन । बेनी नगरको ग्रामिण भेगमा प्रत्येक वडामा वा स्वास्थ्य चौकीमा सकिन्छ हरेक हप्ता सकिदैन प्रत्येक महिना विशेज्ञयद्धारा स्वास्थ्य उपचार र निशुल्क औषधि र परार्मशको व्यवस्था मिलाईयोस् ।
दिनप्रतिदिन संचार र प्रविधिको युगमा हामी चलिरहदा नगरदेखि सबै वडाहरुमा प्रविधिको प्रयोग गरि डिजिटल सेवाको सेवाग्राहीलाई सेवा दिने व्यवस्था मिलाईयोस् ।

कृषिको बारे धेरै कुरा त म जानकार छैन तर पनि कृर्षी हाम्रो देशको र यस नगरलाई अति आवश्यक हो । कृषि बिकासको लागि अनुदान मात्र भन्दापनि अनुगमन, उत्पादन, जिपिकोपार्जन, कृर्षकलाई नयाँ प्रविधिको तालिम दिन आवश्यक छ । र त्यसैमा मलाई लागेको कुरा हामी हाम्रो बजारमा बेचिने मार्फ ब्राण्डी, कोरियाबाट अहिले बेनी सम्म आएको सोजु भन्दा हाम्रो आफ्नो स्वदेशी लोकल कोदोको बेनी ब्राण्डीलाई किन अगाडी नबढाउने ? यसले नगरलाई राम्रो आम्दानीको स्रोत दिन सक्छ जस्तो लाग्छ ।

सभाअध्यक्ष ज्यू मार्फत नगर भित्र भैरहेको विभिन्न निर्माधिन भौतिक पूर्वाधारहरु कार्य समयमा नै सम्पन्न गर्न पालिकाले निमार्ण व्यवसायीहलाई आदेश दिनुहुन अनुरोध गर्दछु । र राम्रो काम समय अगाबै कार्य सम्पन्न गर्नुहुने निर्माण व्यवसायी ज्यूहरुलाई यसै सभा मार्फत हार्दिक धन्यवाद दिन चाहान्छु । बेनी नगरमा अवस्थित काली र म्याग्दी नदि उत्खनन् गरि रातारात मालामाल हुने महानभावहरुलाई पनि धन्यवाद दिन चाहान्छु । बर्खा यामको बेला नदिलाई गलत तरिकाबाट रातभरी मेसिन लगाई दिनभरी बजारमा धुलो ल्याई मंगलाघाटमा अबस्थित नवराज पौडेलको दुकान अगाडीको सेलेप्प फुटाली, बेनी नगरवासी, विद्यार्थी व्यापारी, आमनागरिकलाई दिनुभएको सास्तीका लागि यहाँहरुलाई धन्यवाद दिन चाहान्छु ।

अन्त्यमा सुशासनको बारेका केही कुरा भन्न चाहान्छु । यस समितिका सदस्य आदणीय दाई, कृष्ण कार्की ज्यूलाई हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । जिल्लाका अन्य पालिकामा भन्दा हाम्रो नगरपालिकामा करिब एक सय हारहारी कर्मचारी छन् तर हाम्रो नगरमा कर्मचारी धेरै छन् तर सेवाग्राहीको काम र विकास निर्माणमा भने अन्य स्थानीय तहको बराबरै छ । यसले पनि हामीले अब केही कार्यविधि बनाएर शाखामा भएका बढी कर्मचारीलाई अन्य क्षेत्रमा दरबन्दी समायोजन गरेर नगरको विकासको लागि योजना बनाउनुपर्छ । साथै कार्यालयमा आउने कर्मचारीले पोशाक, आईडी कार्ड समेत नलगाई आउने कर्मचारी समेत कारबाही गर्नुपर्छ ।

बेनी नगरपालिका
वडा नं. ७ का वडा सदस्य सोहन श्रेष्ठ (विस्वास) ले १३ औँ नगरसभामा प्रस्तुत गरेको लिखित प्रस्ताव

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP