२०८३ श्रावण १०
July 26, 2026, Sunday

कक्षाकोठाबाट निस्केर रोपाइँ सिक्न खेतमा पसे विद्यार्थी

२० औं राष्ट्रिय धान दिवस । सधैं कक्षाकोठामा बसेर ‘हाम्रो देश नेपाल कृषि प्रधान देश हो’ भनी पढेका म्याग्दीको मालिका गाउँपालिका ६ दरवाङस्थित के.वि एकेडेमीका विद्यार्थीहरूले आज किसानको खेतमा नै पुगेर धान रोपाईमा सहभागी भई धान रोप्ने तरिका र किसानको परिश्रम दुवैलाई राम्रोसँग सिकेका छन्। कक्षाकोठामा प्रायः सैद्धान्तिक सिकाई गर्ने उनीहरुले खेतमा भने व्यवहारिक जीवन उपयोगी शिक्षा प्राप्त गर्न पाएको बताएका छन् ।

Advertisement

असार १५ को अवसरमा विद्यालयले मंगला गाउँपालिका वडा नं ५ छिसवाङमा रोपाई कार्यक्रम गरेको थियो । मंगला गाउँपालिकाले आयोजना गरेको रोपाइँ कार्यक्रममा विद्यालयका कक्षा ८ देखि १० सम्मका ९२ जना विद्यार्थीहरु सहभागि भएका थिए । रोपाईमा विद्यार्थी मात्रै नभई शिक्षक शिक्षिकाहरू पनि रमाइरमाई खेत रोपाइँमा सहभागि भएका के. वि एकेडेमीका शिक्षक हिरा सिउथानी मगरले जानकारी दिनुभयो ।

छात्राहरुले विउ काड्ने र रोप्ने गरेका थिए भने छात्रहरुले रोपाईका लागि बाउसे गर्न र खेत हिल्याउन सिकेका सामाजिक विषयका शिक्षक सिउथानीले बताउनुभयो । बाउसे गरेपछि छात्रहरुले समेत रोपाई थालेका थिए । यसअघि उनीहरुले रोपाई गर्न चाहिले धानको बीउ ब्याडमा गएर उखेलेका शिक्षक सिउथानीले बताउनुभयो ।

यो सबै कामका लागि विद्यार्थीहरुलाई शिक्षकशिक्षिकाहरुले सहयोग गर्नुभएको थियो । शिक्षकशिक्षिकाहरुले उनीहरूलाई कामका साथै कामका लागि प्रयोग हुने औजारहरूका बारेमा समेत जानकारी गराउनुभएको विज्ञान विषयका शिक्षक बलराम श्रेष्ठले जानकारी दिनुभयो ।

“सधैँ कक्षामा बसेर सिक्थ्यौ तर आज चाहिँ खेतमा पुगेर सिकियो” कक्षा ९ का छात्र साहिल पुनले बताउनुभयो । उहाँले भन्नुभयो “किताबबाट मात्रै होइन रहेछ सिक्ने भनेको,यस्तै फिल्ड वर्कबाट पनि धेरै कुरा सिक्न सकिनेरहेछ ।”

विद्यार्थीलाई धानको बिउ राख्नेदेखि धान काटेर चुट्नेसम्मको विधि सिकाइएको अर्का शिक्षक मिनबहादुर सुनारले बताउनुभयो ।
विद्यालयका संचालक÷निर्देशक हिरा पुनले किसान तथा कृषि व्यवसायमा लागेका व्यक्तिहरूलाई सम्मान गर्न सिकाउने उद्देश्यका साथ कार्यक्रम गरेको बताउनुभयो । पुस्तकमा मात्रै सीमित नराखी विद्यार्थीलाई यस्ता विविध विषयका क्रियाकलापहरु विद्यालयले गराउने गरेको उहाँले जानकारी दिनुभयो । यसले विद्यार्थीको ज्ञान फराकिलो हुनका साथै उनीहरूमा व्यवहारिक ज्ञान पनि हुने विश्वास पुनेले व्यक्त गर्नुभयो । रोपाईका साथै विद्यार्थीलाई दही चिउरा खाने पर्वकाबारे जानकारी दिन दही चिउरा खुवाइएको थियो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP