२०८३ असार २६
July 10, 2026, Friday

रघुगङ्गामा चालु आर्थिक वर्षमा शतप्रतिशत योजना कार्यान्वयन

उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकाले चालु आर्थिक वर्षमा झन्डै शतप्रतिशत योजना कार्यान्वयन गरेको छ। 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले आव २०७९/८० मा छनोट गरेका १६८ योजनामध्ये १६६ योजना कार्यान्वयन भएको बताउनुभयो। रघुगङ्गा गाउँपालिका–२, भगवती र ५ झिँ को वडा कार्यालय निर्माण सम्पन्न भएका छन्। त्यस्तै झिँ–टोड्के सडक, भगवती र झिँमा कोल्डस्टोर, घुमाउने ताल–तिल्केनी–राहुघाट नदी नियन्त्रण जस्ता महत्वपूर्ण योजना कार्यान्वयन भएका छन्। 

मुक्तिधाम माविको भवन, रघुगङ्गा माविको भवन र धौलागिरी आधारभूत विद्यालयको भवन पनि निर्माण सम्पन्न भएको छ। गाउँपालिकाका इन्जिनियर सुदीप गौतमले वडा नम्बर ७ चिमखोलाको स्वास्थ्य चौकी भवन निर्माणाधीन रहेको र वडा नम्बर ८ को रितुङ माध्यमिक विद्यालयको भवन पनि यो वर्ष निर्माणको अन्तिम चरणमा पुगेको बताउनुभयो। 

गौतमका अनुसार खानेपानी आयोजनाबाट ५७३ घरका दुई हजार २६९ जना लाभान्वित भएका छन्। साढे एक किलोमिटर ढल निर्माण, दुई वटा झोलुङ्गे पुल निर्माण, १७६ मिटर सडक ढलान, ३७९ मिटर सडक ग्राभेल, सात किलोमिटर नयाँ सडकको ट्र्याक खोलिएको छ। त्यस्तै १३ वटा खेल मैदान निर्माण, १५ वटा सामुदायिक भवन निर्माण, एक हजार ४१२ मिटर गोरेटो बाटो, विद्यालयमा २७५ मिटर घेराबार, १६९ मिटर तटबन्ध तथा तीन वटा पोखरी एवं तालतलैया संरक्षणको काम आव २०७९/८० मा सम्पन्न भएको छ। 

गाउँपालिकाको चालु आर्थिक वर्षको कुल ५३ करोड ९९ लाख पाँच हजार विनियोजन गरेकोमा ४६ करोड ९१ लाख २४ हजार  रुपियाँ आम्दानी भएको छ। असार अन्तिमसम्ममा ४२ करोड ६७ लाख ३४ हजार रुपियाँ खर्च भएको गाउँपालिकाले जनाएको छ। चालुतर्फ ३५ करोड ११ लाख ५१ हजार विनियोजित भएकोमा २९ करोड १८ लाख ९६ हजार रुपियाँ खर्च भएको छ। त्यस्तै पुँजीगत तर्फ १८ करोड ८३ लाख ५४ हजारमध्ये १२ करोड ७८ लाख ३७ हजार रुपियाँ खर्च भएको गाउँपालिकाले जनाएको छ। 

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP