Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २२
October 8, 2026, Thursday

बेनी नगरपालिकामा जग्गाको कित्ताकाट खुल्ला

जिल्लाको बेनी नगरपालिकामा जग्गाको कित्ताकाट खुल्ला गरेको छ । बेनी नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिकाले जग्गाको वर्गीकरण सकाएसँगै सोमबारदेखि जग्गाको कित्ताकाट खुल्ला गरेको जानकारी गराएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत युवराज थापाका अनुसार बेनी नगरपालिका क्षेत्रको जग्गाको वर्गीकरण गरि कित्ताकाट फुकुवा गरिएको जानकारी दिनुभयो । भू–उपयोग ऐन २०७६ तथा नियमावली २०७९ बमोजिम बेनी नगरपालिकाको जग्गाहरुलाई दश वटा क्षेत्रमा वर्गीकरण गरिएको छ ।

Advertisement

नगर कार्यपालिकाको गत असार ८ गतेको बैठकले स्विकृत गरेको भू–उपयोग वर्गीकरण सम्बन्धित प्रतिवेदनलाई असार १० गतेको तेहै नगरसभाबाट अनुमोदन भएको छ । बेनी नगरपालिका जग्गाको कित्ताकाट खुलाउने म्याग्दीको पहिलो पालिका बनेको छ ।

Advertisement

नेपाल सरकारको मापदण्ड अनुसार भू–उपयोग नीति अनुसार जलजलामा आवासीय, कृषि, औद्योगिक, व्यावसायिक, खानी तथा खनिज क्षेत्र, वन, नदी, खोला, ताल सिमसार, सार्वजनिक उपभोग, सांस्कृतिक तथा पुरातात्विक महत्व र अन्य क्षेत्रमा जग्गालाई बर्गीकरण गरिएको छ ।

२०७९ साउनदेखि जग्गाको कित्ताकाट रोकिएको थियो । एक वर्षदेखि जग्गाको कित्ताकाट नखुल्दा घरजग्गाको कारोबार र अंशबण्डा रोकिएको थियो । मालपोत कार्यालयले संकलन गर्ने राजस्वमा गिरावट आएको छ । कित्ता काट सुरुभएपछि वित्तीय संस्था र व्यक्तिलाई जग्गा किनबेचमा सहज हुने नगर प्रमुख सुरत केसीले बताउनुभयो ।

Related News

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

TOP
Click to listen highlighted text!