२०८३ श्रावण ९
July 25, 2026, Saturday

बेनी नगरपालिकामा जग्गाको कित्ताकाट खुल्ला

जिल्लाको बेनी नगरपालिकामा जग्गाको कित्ताकाट खुल्ला गरेको छ । बेनी नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिकाले जग्गाको वर्गीकरण सकाएसँगै सोमबारदेखि जग्गाको कित्ताकाट खुल्ला गरेको जानकारी गराएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत युवराज थापाका अनुसार बेनी नगरपालिका क्षेत्रको जग्गाको वर्गीकरण गरि कित्ताकाट फुकुवा गरिएको जानकारी दिनुभयो । भू–उपयोग ऐन २०७६ तथा नियमावली २०७९ बमोजिम बेनी नगरपालिकाको जग्गाहरुलाई दश वटा क्षेत्रमा वर्गीकरण गरिएको छ ।

Advertisement

नगर कार्यपालिकाको गत असार ८ गतेको बैठकले स्विकृत गरेको भू–उपयोग वर्गीकरण सम्बन्धित प्रतिवेदनलाई असार १० गतेको तेहै नगरसभाबाट अनुमोदन भएको छ । बेनी नगरपालिका जग्गाको कित्ताकाट खुलाउने म्याग्दीको पहिलो पालिका बनेको छ ।

नेपाल सरकारको मापदण्ड अनुसार भू–उपयोग नीति अनुसार जलजलामा आवासीय, कृषि, औद्योगिक, व्यावसायिक, खानी तथा खनिज क्षेत्र, वन, नदी, खोला, ताल सिमसार, सार्वजनिक उपभोग, सांस्कृतिक तथा पुरातात्विक महत्व र अन्य क्षेत्रमा जग्गालाई बर्गीकरण गरिएको छ ।

२०७९ साउनदेखि जग्गाको कित्ताकाट रोकिएको थियो । एक वर्षदेखि जग्गाको कित्ताकाट नखुल्दा घरजग्गाको कारोबार र अंशबण्डा रोकिएको थियो । मालपोत कार्यालयले संकलन गर्ने राजस्वमा गिरावट आएको छ । कित्ता काट सुरुभएपछि वित्तीय संस्था र व्यक्तिलाई जग्गा किनबेचमा सहज हुने नगर प्रमुख सुरत केसीले बताउनुभयो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP