२०८३ श्रावण १०
July 26, 2026, Sunday

ओडारमा बस्दै आएका राहुलको उद्दार

बेनी नगरपालिकाको वडा नम्बर–७ मा पर्ने कुरीलाखर्कको ओडारमा बस्दै आएका व्यक्तिको बुधबार उद्दार गरिएको छ ।
बेनी–अर्थुङ्गे सडकको छेउमा रहेको ओडारमा दुंगेयुगको जस्तै गरेर बस्दै आएका बेनी नगरपालिका–५ भिरमुनीका ५० वर्षीय राहुल बिकलाई उद्दार गरिएको हो ।

Advertisement

बेनी नगरपालिकाको उपप्रमुख ज्योती लामिछानेले विकलाई ओडारबाट उद्दार गरेर मानव सेवा आश्रमको बागलुङ शाखामा लगिएको जानकारी दिनुभयो ।

शारिरिक कमजोरीका कारण श्रम गर्न नसक्ने र मागेर ल्याएको खानेकुरा पकाएर खाने गरेका राहुललाई नगर उपप्रमुख लामीछाने र नगरप्रहरीको टोलीले उद्दार गर्नुभएको थियो । छोराहरुको मृत्यु, श्रीमतिले दोस्रो विवाह गरेको र आफन्तले हेला गरेपछि ओडारमा बस्न बाध्य हुनुभएको थियो ।

सो ओडर बेनी बजार देखि करिब एक किलोमिटर नजिकको दुरीमा छ । सडकको कान्लामाथिको सानो ओडारमा फाटेका कपडा ओछ्याएर सुत्ने गरेका राहुलको शरिर चिसोले सुन्निएको छ ।

राहुल बस्दै आएको ओडारमा दिउँसोमा घाम लागेपनि रातमा चिसो हावा र पानीको बाछिता सिधै छिर्छ । मागेर जुटाएको खाद्यान्न बाँदरबाट जोगाउनै हम्मे पर्ने राहुललाई रातमा चितुवाको डर थियो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP