२०८३ श्रावण १०
July 26, 2026, Sunday

प्रतिष्ठान म्याग्दीद्वारा संचालित निशुल्क योग शिविर सम्पन्न

म्याग्दी ।

Advertisement

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले आयोजना गरेको निशुल्क योग शिविर सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको हलमा असार २३ गतेदेखि सुरु भएको शिविरको बुधबार विहान समापन गरिएको हो । शिविरमा बेनी बजारबासी तथा प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरु समेत गरि ४० जना सहभागी भएका थिए ।

२१ दिने सम्म चलेको शिविरमा पवित्रा वोगटी केसीले योग अभ्यास गराउनुभएको थियो । शिविरको समापन गर्नुहुँदै प्रमुख अतिथि बेनी नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष उत्तम कुमार कर्माचार्यले सामाजिक कार्यमा अग्रसर बनेकोमा प्रतिष्ठान म्याग्दीको प्रशंसा गर्नुभयो । उहाँले योग अभ्यासले मानिसलाई स्वस्थ रहन मद्दत पु¥याउने भन्दै निरन्तर योग गर्न आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘नागरिकको स्वास्थ्य प्रति हाम्रो पनि चासो छ त्यसैले अवको ६ महिना सम्म वडा कार्यालयको तर्फबाट निशुल्क रुपमा योग अभ्यास संचालन हुने घोषणा गर्दछु’ ।

कार्यक्रममा प्रतिष्ठान म्याग्दीका संरक्षक अग्रज लोक गायीका धन कुमारी थापा, वडा सदस्य याम बहादुर बानियाँ, जिल्ला आयुर्वेद कार्यालय म्याग्दीका प्रमुख डा. मधुर जि ढकाल, शिक्षा मार्ग आमा समुहकी अध्यक्ष विष्णु कार्की लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रतिष्ठान जिल्ला शाखाले योग प्रशिक्षक पवित्रा वोगटिलाई दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरिएको प्रतिष्ठान म्याग्दीका अध्यक्ष ध्रुव जिसीले बताउनुभयो ।

२१ दिन सम्म योग शिविर संचालन गर्नका लागि प्रतिष्ठानको अनुरोधमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले निशुल्क रुपमा हल उपलब्ध गराएको थियो । विहान ४ः४५ देखि ६ बजे सम्म योग अभ्यास गराईएको थियो । मानिस स्वस्थ रहनका लागि योगको आवश्यकता महशुस गरि निशुल्क रुपमा योग शिविर संचालन गरिएको अध्यक्ष जिसीले बताउनुभयो । शरिर निरोगी बनाउन तथा तनाव तथा थकान हटाउनका लागि समेत योग साधनाको महत्व छ, अध्यक्ष जिसीले भन्नुभयो ।

प्रतिष्ठान म्याग्दीले निशुल्क रुपमा संचालन गरेको योग शिविरमा आफु नियमित रुपमा उपस्थित भएको र यसले योग जीवनको लागि महत्वपूर्ण रहेछ भन्ने कुरा अनुभूति भएको अग्रज लोक गायीका धनकुमारी थापाले बताउनुभयो । कार्यक्रममा प्रतिष्ठानका प्रथम उपाध्यक्ष एकराज चापागाई, सचिव विजुन केसी लगायत कार्य समितिका पदाधिकारी तथा सदस्यहरु सहभागी हुनुहुन्थ्यो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP