२०८० आश्विन १३
September 30, 2023, Saturday

पैसाको लोभमा सवारी दुर्घटना गराउने दम्पती पक्राउ, अनुसन्धानका लागि मुद्दा दर्ता

साउन १० गते बुधबार कालीगण्डकी नदीमा योजनाबद्ध रुपमा बोलेरो जीप दुर्घटना गराउने कमलेस परियारको दम्पतीलाई प्रकाउ गरेर मुद्धा चलाएको छ । बेनी– जोमसोम सडक अन्तरगत अन्नपूर्ण गाउँपालिका– ७ भिरकाटेबाट ग २ च १०३१ नम्वरको बोलेरो जीपलाई न्यूटलमा राखेर कालीगण्डकी नदीमा खसालेका चालक कमलेस परियार र उहाँकी श्रीमती सिता लौडारी परियारलाई प्रकाउ गरेर जिल्ला अदालत म्याग्दीमा मुद्धा दर्ता गरिएको जानकारी पत्रकार सम्मेलन मार्फत प्रहरी नायव उपरिक्षक मदन कुँवरले दिनुभएको छ ।

Advertisement

कमलेसको दम्पतीलाई मंगलबार विश्वासघात अन्तरगतको मुद्दा दर्ता गरी अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाउन हिरासतमा राखिएको प्रनाउ कुँवरले बताउनुभयो । प्रहरी नायव उपरीक्षक कुवँरले साउन १० गते दानाबाट बेनी फर्कने क्रममा जीपलाई कालीगण्डकी नदीमा फालेर मालिका गाउँपालिका– ५ देविस्थानका ३६ बर्षिय कमलेसलाई साउन १४ गते काठमाण्डौस्थित मित्रनगरबाट प्रहरीले पक्राउ गरेको बताउनुभयो ।

Advertisement

“सुमन किराना स्टोर्सको चालक र पैसा उठाउने काम गर्दै आएका कमलेसले साहुलाई हिसाव बुझाउन नसकेपछि नियोजित रुपमा गाडी खोलामा खसालेर कमलेस भागेका थिए ।”– कुँवरले भन्नुभयो “ यो घटनामा संग्लन भएकी कमलेसकी श्रीमती सिता लौडारी परियारलाई साउन १५ गते प्रकाउ गरिएको थियो ।

दम्पतीलाई अनुसन्धानबाट आरोप पुष्टि भएमा अपराधिक विश्वासघात कसुर अन्तरगत पाँच बर्ष कैद र पचास हजार रुपैयाँ जरिवाना हुने कानुन रहेको छ ।
साउन १० गते दिउँसो देखि सम्पर्क विहिन बनेको चालक कमलेस परियार र सवारीसाधन खोजी गरिदिन सुमन किराना स्र्टोशका सञ्चालक सुमन श्रेष्ठले साउन १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।
उजुरीपश्चात प्रनाउको कुँवरको नेतृत्वमा घटनास्थल पुगको टोलीले दुर्घटना भन्दा घटना भएको भन्दै अनुसन्धान अघि बढाएको थियो भने खोजीका लागि कालीगण्डकी किनारमा शसस्त्र प्रहरी परिचालन गरेको थियो ।

उक्त घटनापछि कमलेसको श्रीमतीले प्रहरी कार्यालयमा आएर श्रीमान सम्पर्क नरहेको र जिउँदो वा मृत जेजस्तो अवस्थामा भएपनि खोजी गरिदिनुपर्‍यो भन्ने मौखिक उजुरीमा देखिएको गतिविधिले शंकास्पद मानेर सिता लौडारी परियारमाथि निगरानी बढाएको थियो । कमलेसले विभिन्न ब्यक्तिको मोवाईलबाट श्रीमतीलाई फोन गरेको आधारमा माठमाण्डौस्थित मित्रनगरबाट नगद १९ हजार रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सवारी दुर्घटना गराई कमलेश बेनीबाट कुश्मा हुँदै पोखराबाट घान्द्रुक गएका छन्, त्यहाँबाट घोडा चढी घोडेपानी आउने खोजेपनि देउराली भन्ने स्थानबाट फर्किएर नयाँपुल हुँदै काठमाण्डौ गएको खुलेको छ ।

Related News

जलजला ४ भवानीपानीमा बन्यो हेलिप्याड
जलजला ४ भवानीपानीमा बन्यो हेलिप्याड
  • २०८० श्रावण १७, बुधबार १५:५१

FacebookTweetLikeShareLinkedInEmail पर्वतको जलजला गाउँपालिका–४ भवानीपानीमा नेपाली सेनाले हेलिप्याड बनाएको छ ।नयाँ रणभिम गुल्मको जनशक्ति व्यवस्थापन, वडा कार्यालयको समन्वय र स्थानीयबासीको...

शनीबार खुल्ला मञ्चमा बेनी सास्कृतिक साँझ हुने
शनीबार खुल्ला मञ्चमा बेनी सास्कृतिक साँझ हुने
  • २०८० श्रावण १७, बुधबार १५:५१

FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको सदरमुकाम बेनीको खुल्लामा मञ्चमा बेनी सास्कृतिक साँझ हुने भएको छ । बेनी साँस्कृतिक साँझमा गायिकका ज्योति मगर, ¥याप...

दग्नाम वैदेशिक सहयोग समिति बहराइनद्धारा गाउँकी बृद्धालाई खाद्यान्न सहयोग
दग्नाम वैदेशिक सहयोग समिति बहराइनद्धारा गाउँकी बृद्धालाई खाद्यान्न सहयोग
  • २०८० श्रावण १७, बुधबार १५:५१

FacebookTweetLikeShareLinkedInEmail धनिलाल गर्बुजा Advertisement रोजगारीका सिलसिलामा बहराइनमा रहेका दग्नामीहरुको साझा संस्थाद्धारा अति विपन्न परिवारका बृद्धा महिलालाई दैनिक उपभोग्य खाद्यान्न समाग्री...

TOP