२०८३ असार २६
July 10, 2026, Friday

फोहोरले कुरुप बन्दैछ पर्यटकीय क्षेत्र ‘लभ्ली हिल’

धौलागिरी हिमाललाई नाङ्गो आँखाले देख्न सकिने रमणीयस्थल लभ्ली हिल पुग्ने आन्तरिक पर्यटकहरु बढे पनि भुइभरी छरिएका फोहोर देखेर दिक्दार हुनेगरेका छन् । 

म्याग्दी सदरमुकाम बेनीदेखि नजिकै रहेको पर्यटकीय महत्वको स्थल लभ्ली हिलमा फोहोर ब्यवस्थापन हुन नसक्दा पर्यटकलाई निराश बनाउने गरेको छ । सदरमुकाम बेनीदेखि आधा घण्टाको पैदल यात्रामा पुगीने लभ्ली हिल पछिल्लो समय दृष्यावलोकनका लागि एवम् सामाजिक सञ्जालका लागि फोटो तथा भिडियो खिच्न मिल्ने आकर्षक गन्तव्य मानिन्छ । 

छरिएका चाउचाउ तथा बिस्कुटका खाली खोल, पानीका बोतल मात्रै होइन, मदिरा तथा बियरका खाली सिसिले पनि सुन्दरतालाई कुरुप बनाएको पर्यटकको भनाइ छ । लभ्ली हिलमा पुग्नुभएका हरि छन्त्यालले फोहोर व्यवस्थापन उचित तबरले व्यवस्थापन नगर्दा सुन्दर ठाउँलाई कुरुप बनाउने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘खानेकुरा खाएपछि व्यवस्थापन गर्ने काम त्यहाँ पुग्नेहरुको काम हो, उहाँहरुले गर्नु भएन व्यवस्थापकहरुको काम हो । त्यस्तो गरिएको देखिन ।’ लभ्ली हिललाई पार्क शैलीमा निर्माण प्रयास भएको भए पनि त्यसलाई थप व्यवस्थित गर्न अरु कुनै समिति तथा उपसमितिहरु नबन्दा जिम्मेवारी कस्ले लिने भन्ने दुविधा रहेको उहाँको भनाइ छ ।

बेनी नगरपालिका –२ मा पर्ने लभ्ली हिल सँगैरहेका अगुवा कृषक चन्द्रबहादुर कार्कीले आन्तरिक तथा बाह्य पर्यटकहरु लभ्ली हिल आउने र खानेकुरा खाएपछि फोहोर जथाभावि फाल्दा समस्या भएको बताउनुभयो । कहिलेकाँही म आफै पनि यहाँ सरसफाइका लागि प्रयास गर्छु, तर एक्लै गर्न अलिक गाह्रो हुन्छ उहाँले भन्नुभयो । 

लभ्ली हिल संरक्षणका लागि नगरपालिकाबाट चालु आर्थिक वर्षमा १५ लाख रुपियाँ छुट्याएको बेनी नगरपालिका –२ का अध्यक्ष यामबहादुर क्षेत्रीले बताउनुभयो । लभ्ली हिललाई व्यवस्थित गर्ने र सुन्दर बनाउने लक्ष्यसहित गठन भएको लभ्ली हिल संरक्षण समितिले सक्रिय तबरले काम गर्न नसकेको उहाँले बताउनुभयो । 

लभ्ली हिल संरक्षणका लागि त्यही क्षेत्रमा शुल्क उठाउने र त्यही स्थानको संरक्षण सम्बर्धन गर्न बेनी नगरपालिकालाई आग्रह गर्दा नगरपालिकाबाट सुनुवाई नहुँदा समस्या भएको स्थानीयहरुको गुनासो छ । वडा अध्यक्ष क्षेत्रीले पनि वडाले आफैले कुनै राजश्व संकलन गरेर वडाकै बिकास गर्न खोज्दा पनि कानुनी समस्याले गर्दा नमिल्ने हुँदा लभ्ली हिल सदरमुकाम नजिकै रहेको निकै आकर्षक गन्तव्य हुँदाहुदै पनि त्यसको उचित प्रयोग हुन नसकेको बताउनुभयो । अमृतप्रसाद पौडेल

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP