धौलागिरी हिमाललाई नाङ्गो आँखाले देख्न सकिने रमणीयस्थल लभ्ली हिल पुग्ने आन्तरिक पर्यटकहरु बढे पनि भुइभरी छरिएका फोहोर देखेर दिक्दार हुनेगरेका छन् ।
म्याग्दी सदरमुकाम बेनीदेखि नजिकै रहेको पर्यटकीय महत्वको स्थल लभ्ली हिलमा फोहोर ब्यवस्थापन हुन नसक्दा पर्यटकलाई निराश बनाउने गरेको छ । सदरमुकाम बेनीदेखि आधा घण्टाको पैदल यात्रामा पुगीने लभ्ली हिल पछिल्लो समय दृष्यावलोकनका लागि एवम् सामाजिक सञ्जालका लागि फोटो तथा भिडियो खिच्न मिल्ने आकर्षक गन्तव्य मानिन्छ ।
छरिएका चाउचाउ तथा बिस्कुटका खाली खोल, पानीका बोतल मात्रै होइन, मदिरा तथा बियरका खाली सिसिले पनि सुन्दरतालाई कुरुप बनाएको पर्यटकको भनाइ छ । लभ्ली हिलमा पुग्नुभएका हरि छन्त्यालले फोहोर व्यवस्थापन उचित तबरले व्यवस्थापन नगर्दा सुन्दर ठाउँलाई कुरुप बनाउने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘खानेकुरा खाएपछि व्यवस्थापन गर्ने काम त्यहाँ पुग्नेहरुको काम हो, उहाँहरुले गर्नु भएन व्यवस्थापकहरुको काम हो । त्यस्तो गरिएको देखिन ।’ लभ्ली हिललाई पार्क शैलीमा निर्माण प्रयास भएको भए पनि त्यसलाई थप व्यवस्थित गर्न अरु कुनै समिति तथा उपसमितिहरु नबन्दा जिम्मेवारी कस्ले लिने भन्ने दुविधा रहेको उहाँको भनाइ छ ।
बेनी नगरपालिका –२ मा पर्ने लभ्ली हिल सँगैरहेका अगुवा कृषक चन्द्रबहादुर कार्कीले आन्तरिक तथा बाह्य पर्यटकहरु लभ्ली हिल आउने र खानेकुरा खाएपछि फोहोर जथाभावि फाल्दा समस्या भएको बताउनुभयो । कहिलेकाँही म आफै पनि यहाँ सरसफाइका लागि प्रयास गर्छु, तर एक्लै गर्न अलिक गाह्रो हुन्छ उहाँले भन्नुभयो ।
लभ्ली हिल संरक्षणका लागि नगरपालिकाबाट चालु आर्थिक वर्षमा १५ लाख रुपियाँ छुट्याएको बेनी नगरपालिका –२ का अध्यक्ष यामबहादुर क्षेत्रीले बताउनुभयो । लभ्ली हिललाई व्यवस्थित गर्ने र सुन्दर बनाउने लक्ष्यसहित गठन भएको लभ्ली हिल संरक्षण समितिले सक्रिय तबरले काम गर्न नसकेको उहाँले बताउनुभयो ।
लभ्ली हिल संरक्षणका लागि त्यही क्षेत्रमा शुल्क उठाउने र त्यही स्थानको संरक्षण सम्बर्धन गर्न बेनी नगरपालिकालाई आग्रह गर्दा नगरपालिकाबाट सुनुवाई नहुँदा समस्या भएको स्थानीयहरुको गुनासो छ । वडा अध्यक्ष क्षेत्रीले पनि वडाले आफैले कुनै राजश्व संकलन गरेर वडाकै बिकास गर्न खोज्दा पनि कानुनी समस्याले गर्दा नमिल्ने हुँदा लभ्ली हिल सदरमुकाम नजिकै रहेको निकै आकर्षक गन्तव्य हुँदाहुदै पनि त्यसको उचित प्रयोग हुन नसकेको बताउनुभयो । अमृतप्रसाद पौडेल
FacebookTweetLikeShareLinkedInEmail पर्वतको जलजला गाउँपालिका–४ भवानीपानीमा नेपाली सेनाले हेलिप्याड बनाएको छ ।नयाँ रणभिम गुल्मको जनशक्ति व्यवस्थापन, वडा कार्यालयको समन्वय र स्थानीयबासीको...
FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको सदरमुकाम बेनीको खुल्लामा मञ्चमा बेनी सास्कृतिक साँझ हुने भएको छ । बेनी साँस्कृतिक साँझमा गायिकका ज्योति मगर, ¥याप...
FacebookTweetLikeShareLinkedInEmail धनिलाल गर्बुजा Advertisement रोजगारीका सिलसिलामा बहराइनमा रहेका दग्नामीहरुको साझा संस्थाद्धारा अति विपन्न परिवारका बृद्धा महिलालाई दैनिक उपभोग्य खाद्यान्न समाग्री...