२०८३ श्रावण १०
July 26, 2026, Sunday

संगीतकर्मी संघले तिज गीत प्रतियोगिता आयोजना गर्ने

म्याग्दी । राष्ट्रिय संगीतकर्मी संघ म्याग्दीले हरितालिका तिज पर्व २०८० को पावन अवसर पारि जिल्ला स्तरीय खुल्ला तिज गीत प्रतियोगिता आयोजना गर्ने भएको छ । संघले बुधबार बेनीमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।

Advertisement

संघका अध्यक्ष गाकुल विश्वकर्माले तिजको अवसरमा भाद्र २९ गते महिला अधिकार, बाल विवाह न्युनिकरण तथा समसामयिक विषयबस्तुमा आधारित खुल्ला तिज गीत प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी गराउनुभयो । प्रतियोगितको प्रथम पुरस्कार रु २२ हजार २ सय २२, द्वितिय पुरस्कार १५ हजार ५ सय १५, तृतिय पुरस्कार ७ हजार ७ सय ७७ र शान्त्वना पुरस्कार ३ हजार ३ सय ३३ राखिएको अध्यक्ष विश्वकर्माले बताउनुभयो ।

प्रतियोगिता संचालनका लागि पुरस्कार, प्रचार प्रसार, छपाई, ध्वनी व्यवस्थापन, कलाकार खर्च, अतिथि सत्कार, खाजा खाना खर्च, लगायत गरि कुल रु २ लाख २ हजार १ सय ९ रुपैयाँ अनुमानित खर्च र प्रायोजक, सहयोगी रसिद तथा स्थानीय तहबाट समेत गरि कुल २ लाख १० हजार अनुमानित आम्दानी हुने अध्यक्ष विश्वकर्माले बताउनुभयो ।

तिजका भाकाहरुको मौलिकता जोगाउने र तिज पर्वको महत्व झल्काउने गरि संघले खुल्ला तिज गीत प्रतियोगिताको आयोजना गरेको र प्रचार प्रसार तथा आर्थिक सहयोग संकलन कार्य सुरु गरिएको संघका महासचिव गोकुल सुनारले बताउनुभयो । महासचिव सुनारका अनुसार प्रतियोगितामा एकल तथा सामुहिक रुपमा पनि भाग लिन पाईने छ । ४ देखि ६ टुक्का सम्मको मौलिक तिजको भाकामा समसामयिक विषयबस्तुमा गीत गाउनुपर्ने छ ।

बेनी स्थित जिल्ला समन्वय समितिको सभाहलमा प्रतियोगिता संचालन गरिनेछ । कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको अध्यक्ष प्रकाश पौडेलले तिज लाई विशेष बनाउन र मौलिकता संरक्षणका लागि पनि संगीतकर्मी संघको कार्य स्रहनिय रहेको बताउनुभयो । प्रतियोगिताको प्रथम पुरस्कार प्रायोजन म्याग्दी घर भई हाल बेल्जियममा रहनुभएकी लोक दोहोरी गायीका सुमि घिमिरे सापकोटाले गर्नुभएको छ ।

द्वितिय पुरस्कार प्रायोजक गौमति विकास कोष म्याग्दी, तृतिय पुरस्कार प्रायोजक, सर्जक, गायक तथा संगीतकार विकास विश्वकर्मा, हाल यूएई, र शान्त्वना पुरस्कार प्रायोजक हाल क्रोयसियामा रहनुभएका रामकृष्ण शर्माले गर्नुभएको छ । गण्डकी आईडल उपविजेता लोक गायक विजय परियारले प्रथम, दितिय र तृतिय ट्रफि सौजन्य गर्नुभएको अध्यक्ष विश्वकर्माले बताउनुभयो ।

पत्रकार सम्मेलन संघका अध्यक्ष विश्वकर्माको अध्यक्षता, पत्रकार महासंघ म्याग्दीका अध्यक्ष पौडेलको विशेष आतिथ्यता र संघका महासचिव सुनारको संचालनमा सम्पन्न भएको थियो । २०७८ सालमा म्याग्दी शाखाको रुपमा स्थापना भएको संघले यस अघि खुल्ला लोक दोहोरी गीत प्रतियोगिता, खुल्ला तिज गीत नृत्य प्रतियोगिता र एकल तिज गीत प्रतियोगिता जस्ता कार्यक्रमहरु संचालन गरिसकेको छ ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP