२०८० आश्विन १३
September 30, 2023, Saturday

थामडाँडा सामुदायिक वन देशभरमै उत्कृष्ट, सामुदायिक वनको राष्ट्रिय पुरस्कार

म्याग्दीको बेनी नगरपालिका–४ थामडाँडामा रहेको थामडाँडा सामुदायिक वन देशभरमै उत्कृष्ट सामुदायिक वनहरुमा दोस्रो हुन सफल भएको छ । सामुदायिक वन दिवस २०८० को अवसरमा वन तथा भू–संरक्षण विभागले थामडाँडा सामुदायिक वनलाई देशभरमा उत्कृष्टहरुमध्ये दोस्रो भएकोमा नगद रु ७५ हजार र प्रमाणपत्रद्धारा पुरस्कृत गरेको हो ।  


काठमाण्डौमा आयोजित कार्यक्रममा वन तथा वातावरणमन्त्री विरेन्द्र प्रसाद महत्तो, मन्त्रालयका सचिब डाक्टर रेवती रमण पौडेल, वन तथा भु–संरक्षण विभागका महानिर्देशक शिब कुमार वाग्लेले थामडाँडा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष देबबहादुर घलेलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।
विभागले देशभरका सामुदायिक वनहरुबिच प्रतिस्पर्धा गराएर गणेशमानसिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार प्रदान गरेको हो । यस बर्ष मोरङको कमलपुर सामुदायिक वन प्रथम भएको छ । सामुदायिक वनको संरक्षण, सम्वद्र्धन, दिगो उपयोग, वातावरण सन्तुलन तथा जैविक विविधता संरक्षण एवं गरिबी न्यूनीकरणमा समेत पु¥याएको योगदानको मुल्यांकन गरि थामडाँडा सामुदायिक वनले दोस्रो उत्कृष्ट पुरस्कार हात पारेको हो ।

देशभरका २२ हजार ५ सय सामुदायिक वन समुहमध्ये दोस्रो हुनु समग्र जिल्लाकै लागि गौरवको बिषय भएको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले बताउनुभयो । उक्त अवसरमा डिभिजन वन कार्यालयलाई समेत विभागले वन समुहलाई उत्कृष्ट बनाउन योगदान गरेकोमा सम्मान पत्र प्रदान गरेको छ । कार्यक्रममा कार्यालय प्रमुख रानाभाटलाई उक्त प्रमाणपत्र प्रदान गरिएको थियो ।

Advertisement

Related News

जलजला ४ भवानीपानीमा बन्यो हेलिप्याड
जलजला ४ भवानीपानीमा बन्यो हेलिप्याड
  • २०८० श्रावण २५, बिहीबार १३:५८

FacebookTweetLikeShareLinkedInEmail पर्वतको जलजला गाउँपालिका–४ भवानीपानीमा नेपाली सेनाले हेलिप्याड बनाएको छ ।नयाँ रणभिम गुल्मको जनशक्ति व्यवस्थापन, वडा कार्यालयको समन्वय र स्थानीयबासीको...

शनीबार खुल्ला मञ्चमा बेनी सास्कृतिक साँझ हुने
शनीबार खुल्ला मञ्चमा बेनी सास्कृतिक साँझ हुने
  • २०८० श्रावण २५, बिहीबार १३:५८

FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको सदरमुकाम बेनीको खुल्लामा मञ्चमा बेनी सास्कृतिक साँझ हुने भएको छ । बेनी साँस्कृतिक साँझमा गायिकका ज्योति मगर, ¥याप...

दग्नाम वैदेशिक सहयोग समिति बहराइनद्धारा गाउँकी बृद्धालाई खाद्यान्न सहयोग
दग्नाम वैदेशिक सहयोग समिति बहराइनद्धारा गाउँकी बृद्धालाई खाद्यान्न सहयोग
  • २०८० श्रावण २५, बिहीबार १३:५८

FacebookTweetLikeShareLinkedInEmail धनिलाल गर्बुजा Advertisement रोजगारीका सिलसिलामा बहराइनमा रहेका दग्नामीहरुको साझा संस्थाद्धारा अति विपन्न परिवारका बृद्धा महिलालाई दैनिक उपभोग्य खाद्यान्न समाग्री...

TOP