२०८३ श्रावण ११
July 27, 2026, Monday

थामडाँडा सामुदायिक वन देशभरमै उत्कृष्ट, सामुदायिक वनको राष्ट्रिय पुरस्कार

म्याग्दीको बेनी नगरपालिका–४ थामडाँडामा रहेको थामडाँडा सामुदायिक वन देशभरमै उत्कृष्ट सामुदायिक वनहरुमा दोस्रो हुन सफल भएको छ । सामुदायिक वन दिवस २०८० को अवसरमा वन तथा भू–संरक्षण विभागले थामडाँडा सामुदायिक वनलाई देशभरमा उत्कृष्टहरुमध्ये दोस्रो भएकोमा नगद रु ७५ हजार र प्रमाणपत्रद्धारा पुरस्कृत गरेको हो ।  


काठमाण्डौमा आयोजित कार्यक्रममा वन तथा वातावरणमन्त्री विरेन्द्र प्रसाद महत्तो, मन्त्रालयका सचिब डाक्टर रेवती रमण पौडेल, वन तथा भु–संरक्षण विभागका महानिर्देशक शिब कुमार वाग्लेले थामडाँडा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष देबबहादुर घलेलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।
विभागले देशभरका सामुदायिक वनहरुबिच प्रतिस्पर्धा गराएर गणेशमानसिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार प्रदान गरेको हो । यस बर्ष मोरङको कमलपुर सामुदायिक वन प्रथम भएको छ । सामुदायिक वनको संरक्षण, सम्वद्र्धन, दिगो उपयोग, वातावरण सन्तुलन तथा जैविक विविधता संरक्षण एवं गरिबी न्यूनीकरणमा समेत पु¥याएको योगदानको मुल्यांकन गरि थामडाँडा सामुदायिक वनले दोस्रो उत्कृष्ट पुरस्कार हात पारेको हो ।

देशभरका २२ हजार ५ सय सामुदायिक वन समुहमध्ये दोस्रो हुनु समग्र जिल्लाकै लागि गौरवको बिषय भएको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले बताउनुभयो । उक्त अवसरमा डिभिजन वन कार्यालयलाई समेत विभागले वन समुहलाई उत्कृष्ट बनाउन योगदान गरेकोमा सम्मान पत्र प्रदान गरेको छ । कार्यक्रममा कार्यालय प्रमुख रानाभाटलाई उक्त प्रमाणपत्र प्रदान गरिएको थियो ।

Advertisement

Related News

जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
  • २०८३ श्रावण ११, सोमबार ०९:३३

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, ऋषिनचौतारी निवासी प्रकाश केसीले आफ्नो जन्मदिनको अवसर पारेर गलेश्वरस्थित श्री गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग प्रदान...

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

TOP