२०८३ श्रावण ११
July 27, 2026, Monday

राहुघाट–बेगखोला खण्डको बैकल्पिक सडक मर्मत गर्न भौतिक मन्त्री जुग्जालीको निर्देशन

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिकाको राहुघाट देखि बेगखोला खण्डको बैकल्पिक सडक मर्मत गरिने भएको छ ।

Advertisement

रघुगंगा गाउँपालिका–२ बैसरी अधेरीखोला क्षेत्रमा निरन्तरको पहिरोका कारण आइतबारदेखि अवरुद्ध बेनी–जोमसोम सडकमा यातायात सञ्चालन सहज बनाउन पहिरो नियन्त्रणका साथै वैकल्पिक सडक मर्मतको काम अघि बढाइएको हो ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, बेनी–जोमसोम–कोरला सडक आयोजना, रघुगंगा गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको समन्वयमा रघुगंगा गाउँपालिका–३ घुमाउनेताल–पिप्ले–रानीपौवा–रिसिनचौतारी–माझखर्क–बेगखोला जोड्ने बैकल्पिक सडक मर्मत गर्न बिहिबार प्राविधिक टोलीले निरिक्षण गरेको छ ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीको निर्देशनमा बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापति र पूर्वाधार विकास कार्यालय म्याग्दीका सव ईञ्जिनियर रविन चोखाल सहितको टोलीले वैकल्पिक सडकको निरिक्षण गरेर मर्मतको काम अघि बढाउन लागिएको हो ।

आयोजना प्रमुख प्रजापतिले बैसरीको सडकमा खस्ने पहिरो पन्छाउन डोजर लैजाने पहुँचमार्ग खन्न शुरु भएको र साना सवारी साधनका लागि वैकिल्पक सडक मर्मतको तयारी भएको जानकारी दिनुभयो । “सडक माथिको पाखोबाट निरन्तर खसेको पहिरो पन्छाउन डोजर परिचालन गरेका छौ,” उहाँले भन्नुभयो “मोटरसाइकल, जिप, ट्याक्टरले प्रयोग गरिरहेको वैकल्पिक सडक पूर्वाधार विकास कार्यालय र गाउँपालिकासँग समन्वय गरेर मर्मत गर्न लागिएको छ ।”

बेनीदेखि पोखरेबगरतर्फ जाँदै गरेको ग १ ज ६८२० नम्बरको जिप गुडिरहेको अवस्थामा बुधबार साँझ बैसरीमा पहिरो खसेर चालक अन्नपूर्ण गाउँपालिका–७ महभिरका ४० वर्षीय लुकजन शेरपुजा घाइते हुनुभएको थियो । जिप पहिरोले पुरिएको छ । सो स्थानमा निरन्तर पहिरो खसिरहेको छ । भिरबाट खसेको पहिरो सडकमा थुप्रिएको छ । सडक माथिको पाखो भूमिगत पानीसँगै चिरा चिरा परेर ढुंगा माटोको लेदो सहित बगेको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका कर्मचारी, ठेकेदार कम्पनीका मजदुर, नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले केही दिन जोखिमयुक्त ढुंगा र लेदो सडकमा खसाल्ने अनी डोजरले फालेर गाडी चलाउने गरिएको थियो । पछिल्लो समय काम गर्ने मानिसनै पहिरोसँगै खस्ने जोखिम बढेपछि पहिरो पन्छाउन सडक माथिको पाखोमा डोजर लैजाने बाटो खन्न थालिएको हो । बिहिबार सडक देखि पहिरो खस्ने ठाउँतर्फ डोजर जाने करिब एक सय मिटर बाटो खनिएको छ ।

मार्ग मात्र खोलिएको वैकल्पिक सडक साँघुरो छ । रिसिनचौतारी क्षेत्रमा हिलोमा गाडी फस्ने गरेका छन् । पूर्वाधार विकास कार्यालयका सव ईञ्जिनियर चोखालले हिलोमा ग्राभेल बिछ्याउने र गाडी क्रस हुने ठाउँ बनाउन शुक्रबारदेखिनै काम शुरु हुने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले मुख्य सडकमा पहिरो नियन्त्रणका साथै साना सवारी साधनले प्रयोग गरिरहेको वैकिल्पिक सडक मर्मत गर्न समन्वय गरिएको बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले केही दिनअघि सूचना जारी गरेर रातको समयमा बेनी–जोमसोम सडकको राहुघाट–भुरुङ्ग तातोपानी खण्डमा यात्रा नगर्न अनुरोध गरेको थियो ।

बैसरीको पहिरोले सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तिर्थयात्रीलाई सास्ती भएको छ । रघुगंगा गाउँपालिका–२ भगवतिका पुर्व वडा अध्यक्ष रिम कटुवालले वैकल्पिक सडकसँगै ठूला गाडीका यात्रुले प्रयोग गर्ने पैदलमार्ग पनि मर्मत गर्नुपर्ने बताउनुभयो । बेनी देखि जोमसोम जाने र जोमसोम बाट बेनी तर्फ आउने बसका यात्रुहरु राहुपारे– रिसिनचौतारी–बैसरी खण्डमा एक घण्टा पैदलयात्रा गरेर गाडी परिवर्तन गरि गन्तब्यतर्फ जाने गरेका छन् ।

सिधा यातायात नचल्दा म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङका बिरामी पोखरा, काठमाडौका अस्पताल पुग्न हेलिकप्टर चार्टर गर्नुपर्ने अवस्था आएको छ । अन्नपूर्ण गाउँपालिका–६ घारमा बिहिबार दिउँसो भएको जिप दुर्घटनाका घाइतेलाई हेलिकप्टर चार्टर गरेर काठमाडौ लगिएको छ ।
गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बेनी–जोमसोम सडकको समस्याको बारेमा प्रदेश र संघीय सरकारका सम्बद्ध मन्त्रालयमा जानकारी गराएर समाधानको पहल गरेको बताउनुभयो ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री जुग्जालीले बेनी–जोमसोम सडकमा यातायात आवत जावतमा देखिएको समस्या हटाउन पहल गरिएको बताउनुभयो । “कालीगण्डकी कोरीडोर आयोजनाले पहिरो पन्छाएर मुख्य सडक खुलाउने प्रयास गरेको छ,” उहाँले भन्नुभयो “मुख्य सडक अवरुद्ध भएको अवस्थामा साना सवारी साधनले प्रयोग गरिरहेको वैकल्पिक सडक मर्मत गर्न मन्त्रालयले पूर्वाधार विकास कार्यालय म्याग्दीलाई निर्देशन दिएको छ ।”

Related News

जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
  • २०८३ श्रावण ११, सोमबार ०९:३३

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, ऋषिनचौतारी निवासी प्रकाश केसीले आफ्नो जन्मदिनको अवसर पारेर गलेश्वरस्थित श्री गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग प्रदान...

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

TOP