२०८३ श्रावण १०
July 26, 2026, Sunday

मुक्तिधाम माविमा एसइईमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई सम्मान

म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको मुक्तिधाम माविले २०७९ सालको एसइईमा विद्यालयबाट उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ ।

Advertisement

विद्यालयमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि एसइईमा सहभागी ७१ जना विद्यार्थी मध्ये साधारण धार तर्फ घ.४० जिपिए ल्याउने रजनी सुनार र प्राविधिक धार तर्फ ३.७६ जिपिए ल्याउने आस्था कार्कीलाई नगद दुई÷दुई हजारका दरले विद्यालयले पुरस्कार प्रधान गरेको थियो ।

शिक्षक अभिभावक संघका अध्यक्ष नर्सिङह बहादुर खत्री को अध्यक्षता भएको उक्त कार्यक्रममा विद्यालयका भुपु विद्यार्थी रघुगंगा ३ पिप्ले हाल काठमाडौँ निवासी कमल कुमार शाहीले प्रधान गर्नुभएको रु २५ हजार रुपैयाँ विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रधान गरिएको विद्यालयले जनाएको छ ।

३.७६ जिपिए ल्याउने आस्था कार्कीलाई १० हजार, ३.५१ जिपिए ल्याउने सज्जन शर्मा, ३.४८ जिपिए ल्याउने दिप्सन भण्डारी र २.४० जिपिए ल्याउने रजनी सुनारलाई ५÷५ हजारका दरले वितरण गरिएको विद्यालयले जनाएको छ । साथै गत शुक्रबार सम्पन्न निबन्ध लेखन प्रतियोगितामा प्रथम दितिय र तृतीय स्थान हासिल गर्ने आधारभूत तह १–५,६–८ र ९–१२ का विधार्थिहरु लाई पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा विद्यालयबाट बिदाई भएर जान लाग्नुभएको शिक्षक लुक बहादुर घर्ती र कृषि प्रशिक्षक श्री शिव आचर्यालाई विदाई गरिएको छ । कार्यक्रममा स्वागत शि.अ.सघका अध्यक्ष खत्री, प्र.अ टेकबहादुर केसी, शिक्षक लुक घर्ती, विद्यार्थी सन्ध्या कार्कीले मन्तव्य राख्नुभएको थियो । साहयक प्रअ भगवान खत्रीको स्वागत रहेको कार्यक्रमको संचालन शिक्षक बिष्णुप्रसाद रेग्मीले गर्नुभएको थियो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP