२०८३ श्रावण १०
July 26, 2026, Sunday

बेनी–दरबाङ सडकको ठाउँ(ठाउँमा पहिरो, यातायात अवरुद्ध

म्याग्दी : शुक्रबार रातीदेखिको लगातार वर्षाका कारण बेनी दरबाङ सडकको तीन ठाउँमा पहिरो गएपछि आइतबार बिहानैदेखि सडक अवरुद्ध भएको छ।

Advertisement

बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेत, रणवाङ भीर र दरबाङ नजिकैको बाङ्गेभीरमा पहिरो गएकोले सडक अवरुद्ध भएका हो। पहिरो खसिरहेकोले सडक खुलाउने प्रयास असफल भएको प्रहरीले जनाएको छ।

म्याग्दीको ‘लाइफलाइन’ का रुपमा लिने गरिएको बेनी–दरबाङ सडकको फापरखेतमा सामान्य वर्षा हुँदा पनि सडक अवरुद्ध हुनेहुँदा पश्चिम म्याग्दीका वासिन्दाले सास्ती खेप्दै आएका तातोपानीका व्यवसायी हितबहादुर पुनले बताए।

१८ वर्षअघि सडकको मार्ग खोल्नुपूर्व नै यहाँ पहिरोको जोखिम थियो। पहिरो रोकथामका लागि दीर्घकालिन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीय बताउँछन्।

धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको मालिका गाउँपालिका ६ का वडाअध्यक्ष पथबहादुर रोकाले बताए।

यसै गरि पश्चिम म्याग्दीका ग्रामीण सडकहरु पनि अवरुद्ध भएका छन्। शनिबारदेखि लगातार पानी परिरहेकोले पश्चिम म्याग्दीको दरवाङ–बिम सडक बाहेक अन्य सडकहरु अवरुद्ध हुँदा यात्रीले सास्ती भोग्नुपरेको मालिका गाउँपालिका २ रुमका बेलबहादुर विकले जानकारी दिए।

बेनी–दरबाङ सडक पाखो र भिरको बीचमा खनिएको छ। सडकमुनि म्याग्दी नदी छ। “सडक माथिको भिरमा गेगरै गेगर छ। खोल्सामा पर्ने सडक माथितर्फ पर्खाल बनाएर पहिरो रोक्ने प्रयास सफल भएको छैन”, अध्यक्ष रोकाले भने, “म्याग्दी नदीको किनारमा बनाइएको पक्कि पर्खालले कटान रोकिएको छ।”

उनका अनुसार सडकदेखि करिब दुई सय माथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ।

पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नतिको काम रोकिएको र यातायात अवरुद्ध हुन नदिन डोजर तैनाथ राखेर पहिरो खस्दाबित्तिकै पन्छाउने गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले बताए । “फापरखेत, लाम्पाटा र बाङ्गेको पहिरो नियन्त्रणका लागि बायोइञ्जिनियरिङसहितको छुट्टै काम गर्नुपर्छ” उनले भने, “ठूलो पहिरो भएकाले लगानी पनि बढी आवश्यक पर्छ।”

सडक अवरुद्ध भए पछि पश्चिम म्याग्दीबाट सदरमुकाम बेनी हुँदै देशका विभिन्न ठाउँहरुमा जाने यात्रु र यातायातका साधनहरु संचालन हुन सकेका छैनन्।

देशका विभिन्न ठाउँबाट पश्चिम म्याग्दीका लागि आएका यातायातका साधनहरु बीच बाटोमा नै अलपत्र परेका यातायात व्यवसायीहरुले बताएका छन्।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP