उत्तरी म्याग्दीमा पहिरो खसेर केहीबेर रोकिएको कालिगण्डकी नदी आफ्नै बहावमा फर्किएको छ । अन्नपूर्ण गाउँपालिका वडा नं ३ दाना र वडा नं ४ नारच्याङको सिमानामा पहिरो खस्दा करिब ५–७ मिनेट कालिगण्डकी नदीको बाहबमा असर गरेको दानाका स्थानीय हस्तबहादुर पुनले जानकारी दिए। ‘पहिरो खस्दा धुँवा उडेको थियो, अहिले नदी आफ्नै लयमा बगेको छ, पहिरो खस्ने क्रम रोकिएको छैन’ प्रत्यक्षदर्शी पुनले भने ।
उनका अनुसार पहिरो सिधै कालिगण्डकी नदीमा खसेपछि आसपासका क्षेत्रमा समेत असर गरेको बताए । बस्ती आसपासमा नभएकाले नदी थुनिँदा कुनै पनि क्षति नभएको र खुलेपछि पनि खतराको कुनै सम्भावना नरहेको उनले बताए । पहिरोस्थल संसारकै गहिरो पर्यटकीयस्थल अन्धगल्छीको माथि र भाले बास्ने तालको तल पर्छ ।
कालिगण्डकी नदी खोचबाट बग्ने भएकाले पहिरोले असर गरेपनि तिब्र बेगमा आएकाले लामो समय अवरुद्ध नभएको स्थानीयको भनाई छ । पहिरोले दानाको काभ्रेका सुमन घर्ती,थमबहादुर पाइजा, थमबहादुर विक र शान्ती बरुवालको परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ ।
त्यस्तै पहिरोले दानाको नारच्याङको कोप्चेपानीबासी त्रसित भएका छन्। लगातार पहिरो खसेमा कोप्चेपानी बस्तीलाई नै जोखिम हुने स्थानीयबासीको भनाई छ ।
FacebookTweetLikeShareLinkedInEmail पर्वतको जलजला गाउँपालिका–४ भवानीपानीमा नेपाली सेनाले हेलिप्याड बनाएको छ ।नयाँ रणभिम गुल्मको जनशक्ति व्यवस्थापन, वडा कार्यालयको समन्वय र स्थानीयबासीको...
FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको सदरमुकाम बेनीको खुल्लामा मञ्चमा बेनी सास्कृतिक साँझ हुने भएको छ । बेनी साँस्कृतिक साँझमा गायिकका ज्योति मगर, ¥याप...
FacebookTweetLikeShareLinkedInEmail धनिलाल गर्बुजा Advertisement रोजगारीका सिलसिलामा बहराइनमा रहेका दग्नामीहरुको साझा संस्थाद्धारा अति विपन्न परिवारका बृद्धा महिलालाई दैनिक उपभोग्य खाद्यान्न समाग्री...