२०८३ श्रावण १०
July 26, 2026, Sunday

पहिरो खस्दा दाना काभ्रेका ४ घरपरिवार विस्थापित

उत्तरी म्याग्दीमा पहिरो खसेर केहीबेर रोकिएको कालिगण्डकी नदी आफ्नै बहावमा फर्किएको छ । अन्नपूर्ण गाउँपालिका वडा नं ३ दाना र वडा नं ४ नारच्याङको सिमानामा पहिरो खस्दा करिब ५–७ मिनेट कालिगण्डकी नदीको बाहबमा असर गरेको दानाका स्थानीय हस्तबहादुर पुनले जानकारी दिए। ‘पहिरो खस्दा धुँवा उडेको थियो, अहिले नदी आफ्नै लयमा बगेको छ, पहिरो खस्ने क्रम रोकिएको छैन’ प्रत्यक्षदर्शी पुनले भने ।

Advertisement

उनका अनुसार पहिरो सिधै कालिगण्डकी नदीमा खसेपछि आसपासका क्षेत्रमा समेत असर गरेको बताए । बस्ती आसपासमा नभएकाले नदी थुनिँदा कुनै पनि क्षति नभएको र खुलेपछि पनि खतराको कुनै सम्भावना नरहेको उनले बताए । पहिरोस्थल संसारकै गहिरो पर्यटकीयस्थल अन्धगल्छीको माथि र भाले बास्ने तालको तल पर्छ ।

कालिगण्डकी नदी खोचबाट बग्ने भएकाले पहिरोले असर गरेपनि तिब्र बेगमा आएकाले लामो समय अवरुद्ध नभएको स्थानीयको भनाई छ । पहिरोले दानाको काभ्रेका सुमन घर्ती,थमबहादुर पाइजा, थमबहादुर विक र शान्ती बरुवालको परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ ।

त्यस्तै पहिरोले दानाको नारच्याङको कोप्चेपानीबासी त्रसित भएका छन्। लगातार पहिरो खसेमा कोप्चेपानी बस्तीलाई नै जोखिम हुने स्थानीयबासीको भनाई छ ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP