२०८३ असार २६
July 10, 2026, Friday

बेनी बजारमा अनुगमन,म्याद सकिएको सामान बेच्ने व्यपारीलाई के हुन्छ कारबाही ?

नेपालीको चाडवाडहरु आउन लाग्दा सदरमुकाम बेनीबजार क्षेत्रमा बजार अनुगमन गरिएको छ । पर्यटन तथा घरेलु कार्यालयको अगुवाईमा भएको बजार अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी, कृषि तथा अन्य कार्यालयका प्रतिनिधिको पनि सहभागिता थियो ।

बजार अनुगमनका क्रममा २ वटा औषधि पसल, २ वटा मिठाइ पसल, एउटा पाउरोटी उद्योग, एउटा शृङ्गार, चार वटा होटेल, पाँच वटा तरकारी तथा फलफुल र २३ वटा अन्य पसलहरु गरी कुल ४० वटा व्यवसायको अनुगमन गरिएको घरेलु तथा पर्यटन कार्यालयका प्रमुख पोसनाथ शर्माले जानकारी दिनुभयो । 

मुल्यसूची नराखेको, म्याद गुज्रेका सामग्रीलाई छुट्टै एक्सपायरी जोन नबनाई बिक्री गर्ने सामानसँगै टाँसीमा छुट्याएर राखेकालाई त्यसलाई अलग्गै राख्न सुझाब दिइएको कतिपय सामग्रीहरु बेच्ने सामानसँगै राखेकालाई भने जपथ गरेर नष्ट गरिएको उहाँको भनाइ छ ।

बजार अनुगमनको क्रममा भेटिएका म्याद गुज्रेका अखाधलाई मुचुल्का उठाएर जिल्ला प्रशासन कार्यालयको कम्पाउण्डभित्र नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवम् अनुगमन टोलीका सदस्य धीरेन्द्रराज पन्तले बताउनुभयो । 

बजार क्षेत्रमा रहेका खाद्यान्न, होटल, मिठाइ पसल, तरकारी तथा फलफुल, औषधि पसलको नुगमन गर्दा खाद्यान्न सामग्रीमा म्याद गुज्रेको अवस्था भेटिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो । 

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP