२०८२ जेष्ठ ३१
June 13, 2025, Friday

बेनी बजारमा अनुगमन,म्याद सकिएको सामान बेच्ने व्यपारीलाई के हुन्छ कारबाही ?

नेपालीको चाडवाडहरु आउन लाग्दा सदरमुकाम बेनीबजार क्षेत्रमा बजार अनुगमन गरिएको छ । पर्यटन तथा घरेलु कार्यालयको अगुवाईमा भएको बजार अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी, कृषि तथा अन्य कार्यालयका प्रतिनिधिको पनि सहभागिता थियो ।

Advertisement

बजार अनुगमनका क्रममा २ वटा औषधि पसल, २ वटा मिठाइ पसल, एउटा पाउरोटी उद्योग, एउटा शृङ्गार, चार वटा होटेल, पाँच वटा तरकारी तथा फलफुल र २३ वटा अन्य पसलहरु गरी कुल ४० वटा व्यवसायको अनुगमन गरिएको घरेलु तथा पर्यटन कार्यालयका प्रमुख पोसनाथ शर्माले जानकारी दिनुभयो । 

Advertisement

मुल्यसूची नराखेको, म्याद गुज्रेका सामग्रीलाई छुट्टै एक्सपायरी जोन नबनाई बिक्री गर्ने सामानसँगै टाँसीमा छुट्याएर राखेकालाई त्यसलाई अलग्गै राख्न सुझाब दिइएको कतिपय सामग्रीहरु बेच्ने सामानसँगै राखेकालाई भने जपथ गरेर नष्ट गरिएको उहाँको भनाइ छ ।

बजार अनुगमनको क्रममा भेटिएका म्याद गुज्रेका अखाधलाई मुचुल्का उठाएर जिल्ला प्रशासन कार्यालयको कम्पाउण्डभित्र नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवम् अनुगमन टोलीका सदस्य धीरेन्द्रराज पन्तले बताउनुभयो । 

बजार क्षेत्रमा रहेका खाद्यान्न, होटल, मिठाइ पसल, तरकारी तथा फलफुल, औषधि पसलको नुगमन गर्दा खाद्यान्न सामग्रीमा म्याद गुज्रेको अवस्था भेटिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो । 

Related News

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
  • २०८० श्रावण ३१, बुधबार १४:४३

६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा...

म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
  • २०८० श्रावण ३१, बुधबार १४:४३

आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ ।...

अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
  • २०८० श्रावण ३१, बुधबार १४:४३

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य...

TOP