२०८३ श्रावण ९
July 25, 2026, Saturday

मोना अस्ट्रेलियाद्वारा आयोजित फोटो प्रतियोगितामा गुरुङ विजयी

 म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाद्वारा आयोजित फोटो प्रतियोगितामा सुरेन गुरुङ विजयी हुनुभएको छ । मोना अस्ट्रेलियाले आईतवार घोषणा गरेको नतिजा अनुसार जिल्लाको अन्नपूर्ण गाउँपालिका ५ शिख निवासी गुरुङ विजयी हुनुभएको हो ।

Advertisement

गुरुङले अन्नपूर्ण आधार शिविर जाने पदमार्ग अन्तर्गत रहेको फुतफुते झरनाको तस्विर प्रतियोगितामा सहभागी गराउनुभएको थियो । उक्त तस्विरले सवैभन्दा धेरै लाईक, कमेन्ट, शेयर र पिपुल रिच प्राप्त गरि विजयी बन्न सफल भएको हो । उहाँको फोटोले १२ हजार ८ सय ४४ लाईक प्राप्त गरेको थियो । २ हजार ७ सय १६ शेयर भएको र २ हजार ५ कमेन्ट आएको फोटोमा र २ लाख ३१ हजार ४ सय ७५ पिपुल रिच देखिएको थियो ।

१३९ जना प्रतियोगि रहेको फोटो प्रतियोगितामा बेनी नगरपालिका वडा नम्वर ५ निवासी अनुप बानियाँ द्वितिय, रघुगंगा गाउँपालिका ३ पिप्लेका भविन्द्र शाही तृतिय र बेनी नगरपालिका ७ की रेन्जिसा श्रेष्ठ शान्त्वना हुनुभएको प्रतियोगिताका संयोजक बाबुराम पौडेलले जानकारी दिनुभयो ।

बानियाँले धवलागिरी हिमाल, शाहीले पिप्लेमा रहेको भगवति मन्दिर र श्रेष्ठले बेनी बजारको फोटो प्रतियोगितामा सहभागी गराउनुभएको थियो । प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र शान्त्वना स्थान हासिल गरेका प्रतियोगिहरुलाई क्रमशः २० हजार, १० हजार र ५ हजार र ३ हजार नगद, ट्रफि र प्रमाणपत्र पुरस्कार प्रदान गरिने संयोजक पौडेलले बताउनुभयो ।

गत साउनको ६ गतेबाट सुरु भएको प्रतियोगितामा साउनको ९ गतेभित्र म्याग्देलीद्वारा म्याग्दीका लागि भन्ने फेसवुक गु्रपमा फोटो पोष्ट गएिको थियो । साउनको ३० गते सम्म प्राप्त लाईक, कमेन्ट, शेयर र उक्त फोटो कति जना सम्म पुग्यो भन्ने गणनालाई प्रतियोगितामा मुल्यांकनको आधार बनाईएको थियो ।

जिल्लाका पर्यटकीय स्थलहरुको प्रचार प्रसार, नयाँ पर्यटकीय गन्तव्यको खोजी तथा पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्य राखेर प्रतियोगिता आयोजना गरिको म्याग्दी प्रवासी नेपाली संघ मोना अस्ट्रेलियाका अध्यक्ष इन्द्र थापा मगर बताउनुभयो । प्रतियोगितालाई आगामी दिन थप परस्कृत गर्दै लगिने अध्यक्ष थापा मगरको भनाई छ ।

नतिजा प्रकाशन मोना अस्ट्रेलियाको फेसवुक पेजबाट लाईभ गरिएको थियो । कार्यक्रममा मोना अस्ट्रेलियाका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार मुक्ति रोका लगायतका मोनाका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP