२०८० आश्विन १३
September 30, 2023, Saturday

आईएमई लाइफ ईन्स्योरेन्सद्वारा एजेन्सी म्यानेजरलाई अवार्ड वितरण

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बेनी शाखाको आयोजनामा आज (आइतबार) अवार्ड वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । गएको आर्थिक वर्ष २०७९÷०८० मा उत्कृष्ट हुने एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुलाई अवार्ड वितरण गरी सम्मान गरिएको हो ।

Advertisement

कम्पनीको छैटौं वार्षिकोत्सवको अवसरमा विशेष कार्यक्रमको आयोजना गरी अवार्ड वितरण गरिएको आईएमई लाइफ ईन्स्योरेन्स बेनी शाखाले जनाएको छ । गत आवमा उत्कृष्ट बीमा सङ्कलन गरी प्रथम हुने सिर्जना केसी, द्वितीय लक्ष्मी भण्डारी कार्की र तृतीय सुगम श्रेष्ठलाई अवार्ड वितरण गरी सम्मान गरिएको छ । यसैगरी टिम बिजनेसमा प्रथम लक्ष्मी भण्डारी कार्की, द्वितीय सन्जु बरुवाल र तृतीय सुमन श्रेष्ठ गिरी हुनुभएको छ ।

Advertisement

त्यस्तै धेरै बीमा सङ्कलन गर्नेमा समीक्षा पटेल र अभिकर्ता धेरै बनाउनेमा सुष्मा क्षत्री जिसीलाई पनि अवार्डमार्फत सम्मान गरिएको छ । कार्यक्रममा उत्कृष्ट हुनेलाई अवार्ड वितरण गरी सम्मान गर्दै कम्पनीका गण्डकी प्रदेश प्रमुख कर्मराज पौडेलले सुरक्षित भविष्य, बचत तथा जोखिमको बहनका लागि जीवन बीमा अत्यन्त आवश्यक रहेकोमा जोड दिनुभयो ।

उहाँले गाउँगाउँमा जीवन बीमासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउँदै सबैले अनिवार्य रुपमा बीमा गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो ।कार्यक्रममा एजेन्सी म्यानेजरहरु सुगम श्रेष्ठ, लक्ष्मी भण्डारी कार्की र सुमन श्रेष्ठ गिरीले अनुभव सुनाउनुभएको थियो । कार्यक्रम कम्पनीका धौलागिरि अञ्चल प्रमुख कृष्ण पौडेलको अध्यक्षता, बेनी शाखा अप्रेशन इन्चार्ज कल्पना बानियाँ खड्काको स्वागत र एजेन्सी म्यानेजर लक्ष्मी भण्डारी कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Related News

जलजला ४ भवानीपानीमा बन्यो हेलिप्याड
जलजला ४ भवानीपानीमा बन्यो हेलिप्याड
  • २०८० भाद्र ४, सोमबार ०४:३०

FacebookTweetLikeShareLinkedInEmail पर्वतको जलजला गाउँपालिका–४ भवानीपानीमा नेपाली सेनाले हेलिप्याड बनाएको छ ।नयाँ रणभिम गुल्मको जनशक्ति व्यवस्थापन, वडा कार्यालयको समन्वय र स्थानीयबासीको...

शनीबार खुल्ला मञ्चमा बेनी सास्कृतिक साँझ हुने
शनीबार खुल्ला मञ्चमा बेनी सास्कृतिक साँझ हुने
  • २०८० भाद्र ४, सोमबार ०४:३०

FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको सदरमुकाम बेनीको खुल्लामा मञ्चमा बेनी सास्कृतिक साँझ हुने भएको छ । बेनी साँस्कृतिक साँझमा गायिकका ज्योति मगर, ¥याप...

दग्नाम वैदेशिक सहयोग समिति बहराइनद्धारा गाउँकी बृद्धालाई खाद्यान्न सहयोग
दग्नाम वैदेशिक सहयोग समिति बहराइनद्धारा गाउँकी बृद्धालाई खाद्यान्न सहयोग
  • २०८० भाद्र ४, सोमबार ०४:३०

FacebookTweetLikeShareLinkedInEmail धनिलाल गर्बुजा Advertisement रोजगारीका सिलसिलामा बहराइनमा रहेका दग्नामीहरुको साझा संस्थाद्धारा अति विपन्न परिवारका बृद्धा महिलालाई दैनिक उपभोग्य खाद्यान्न समाग्री...

TOP