२०८३ आश्विन १
September 17, 2026, Thursday

आईएमई लाइफ ईन्स्योरेन्सद्वारा एजेन्सी म्यानेजरलाई अवार्ड वितरण

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बेनी शाखाको आयोजनामा आज (आइतबार) अवार्ड वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । गएको आर्थिक वर्ष २०७९÷०८० मा उत्कृष्ट हुने एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुलाई अवार्ड वितरण गरी सम्मान गरिएको हो ।

Advertisement

कम्पनीको छैटौं वार्षिकोत्सवको अवसरमा विशेष कार्यक्रमको आयोजना गरी अवार्ड वितरण गरिएको आईएमई लाइफ ईन्स्योरेन्स बेनी शाखाले जनाएको छ । गत आवमा उत्कृष्ट बीमा सङ्कलन गरी प्रथम हुने सिर्जना केसी, द्वितीय लक्ष्मी भण्डारी कार्की र तृतीय सुगम श्रेष्ठलाई अवार्ड वितरण गरी सम्मान गरिएको छ । यसैगरी टिम बिजनेसमा प्रथम लक्ष्मी भण्डारी कार्की, द्वितीय सन्जु बरुवाल र तृतीय सुमन श्रेष्ठ गिरी हुनुभएको छ ।

त्यस्तै धेरै बीमा सङ्कलन गर्नेमा समीक्षा पटेल र अभिकर्ता धेरै बनाउनेमा सुष्मा क्षत्री जिसीलाई पनि अवार्डमार्फत सम्मान गरिएको छ । कार्यक्रममा उत्कृष्ट हुनेलाई अवार्ड वितरण गरी सम्मान गर्दै कम्पनीका गण्डकी प्रदेश प्रमुख कर्मराज पौडेलले सुरक्षित भविष्य, बचत तथा जोखिमको बहनका लागि जीवन बीमा अत्यन्त आवश्यक रहेकोमा जोड दिनुभयो ।

उहाँले गाउँगाउँमा जीवन बीमासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउँदै सबैले अनिवार्य रुपमा बीमा गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो ।कार्यक्रममा एजेन्सी म्यानेजरहरु सुगम श्रेष्ठ, लक्ष्मी भण्डारी कार्की र सुमन श्रेष्ठ गिरीले अनुभव सुनाउनुभएको थियो । कार्यक्रम कम्पनीका धौलागिरि अञ्चल प्रमुख कृष्ण पौडेलको अध्यक्षता, बेनी शाखा अप्रेशन इन्चार्ज कल्पना बानियाँ खड्काको स्वागत र एजेन्सी म्यानेजर लक्ष्मी भण्डारी कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP