२०८३ श्रावण १०
July 26, 2026, Sunday

त्रिशूली बस दुर्घटना, टिकट काटेर ४ जना म्याग्दीका यात्रु सवार

काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२ मा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । धौलागिरी यातायात प्रालिद्धारा सञ्चालित प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे दुर्घटनामा परेको हो ।

बसमा टिकट काटेर म्याग्दीका ६ जना यात्रु सवार रहेको बुझिएको छ। पोखरा, पर्वत र बागलुङका सहित म्याग्दीका टेकबहादुर जि,अन्जु राना, प्रविन पुन, पुनम रहेका छन् । यात्रुको ठेगाना खुलेको छैन । बसका चालक समेत म्याग्दीकै दिपक ठकुरी र सहचालक रोशन हुन् । ‘अहिलेसम्म यात्रु र चालकको पहिचान हुन सकेको छैन,‘टिकट काटेका बाहेक पनि म्याग्दीका हुनसक्छन’ उद्धारमा खटिएका एक ब्यक्तिले भने ।

उनका अनुसार चालक समेत बससँगै खसेको अनुमान गरिएकाले अहिले सम्पर्कविहिन छन् । मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन्। घाइते ८ जनाको उद्धार भएको छ। घाइते पाँच जनालाई काठमाडौं पठाइएको छ । गजुरीको छहरानजिकैबाट त्रिशुलीमा बस खसेको थियो । बसको आधा भाग पानीमा डुबेको अवस्थामा छ। घाइतेहरूको उद्धार गरी, गजुरी स्वास्थ्य चौकी, गजुरी अस्पताल र राजमार्ग अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP