म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा शुक्रवार राष्ट्रिय बाल दिवस विविध कार्यक्रम गरि मनाइएको छ । सामाजिक विकास कार्यालय, म्याग्दी, गुड नेवर्स इन्टरनेश्नल नेपाल र गर्ल्स फस्ट फण्डको आर्थिक सहयोगमा धवलागिरी माविमा रहेको सिर्जनशील बाल क्लबको आयोजना, धवलागिरी गाउँपालिकाको समन्वय र संगम म्याग्दीको सहजीकरणमा विद्यार्थीहरुबिच प्रतियोगितात्मक र प्रतिभा प्रष्फुटन हुने कार्यक्रम सहित दिवस मनाईएको हो ।
दिवसको अवसरमा बालविवाह न्यूनीकरणको बिषयमा जनचेतनामुलक नाटक प्रदर्शन, गाउँपालिकाका विद्यालय स्तरीय चित्रकला, निवन्ध लेखन र विद्यार्थीहरुबिचको बतृत्वकला प्रतियोगिता र मैत्रीपुर्ण भलिबल खेल सम्पन्न गरिएको छ ।
बालकचहरी तथा किसोरीसम्मेलनमा सहभागी विद्यार्थीहरुले बालबालिकाहरुको लागि स्थानीय तहले विशेष कार्यक्रमहरु ल्याउन नसकेको, बाल विवाह न्यूनिकरण हुन नसकेको, विद्यालयका संरचनाहरु बालमैत्री बन्न नसकेको गुनासो गरेका थिए । धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम पुनले पालिकामा बाल विवाह न्यूनिकरण गर्नका लागि पालिकाले विभिन्न कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । उहाँले अहिलेको समयमा केही बाल विवाह कम भएतापनि यसका लागि स्थानीय सरकारले बाल बिबाह न्यूनिकरणका लागि कार्यक्रमहरु गर्दै आएको बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष रेशम पुनले बाल विवाह र बालबालिकाका लागि चालु आर्थिक बर्षमा ५ लाख बजेट विनियोजन गरेको बताउनुभयो । समाजमा अझैपनि बालविवाह हुने गरेको बताउदै यस्ता क्रियाकलापहरु रोक्नका लागि गैर सरकारी सस्थाहरु संगको सहकार्यमा कार्यक्रमहरु संचालन गरेको बताउनुभयो ।
कार्यक्रममा गुड नेवर्स इन्टरनेसन नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा संगम म्याग्दीले सन् २०१३ देखि धवलागिरी गाउँपालिकाका सबै वडाहरुमा एकीकृत सामुदायिक विकास परियोजना मार्फत शिक्षा, स्वास्थ्य, आयआर्जन, बाल संरक्षण, पैरवी जस्ता बिबिध बिषयमा काम गर्दै आइरहेको कुरा संगम म्याग्दीका शिक्षा तथा संरक्षण अधिकृत विश्वनाथ आचार्यले जानकारी दिनु भयो ।
यसैगरि गर्ल्स फस्ट फण्डको आर्थिक सहयोग र धवलागिरी गाउँपालिकाको समन्वयमा संगम म्याग्दीले सन २०१९ देखि पालिकाका ४ वटा वडाहरु ताकम, मुना, मुदी र लुलाङमा बालविवाह न्यूनिकरण परियोजना संचालन भैरहेको संगम म्याग्दीकी कार्यक्रम संयोजक खिमा पुर्जाले बताउनुभयो । बालविवाह न्यूनिकरण गर्नका लागि ११ वटा किशोरी र ९ वटा किशोर समुह गठन गरी उनीहरुलाई क्षमता विकास सम्बन्धी विभिन्न कार्यक्रमहरु संचालन हुदै आएको उहाँले बताउनुभयो । हरेका टोलमा महिला र युवाहरुको १४ समुह गठन गरी उनीहरुलाई आयआर्जन सम्बन्धी विभिन्न विउपुँजी वितरण गरी अहिले उनीहरु आत्मनिर्भर बनेका छन् ।
‘बाल अधिकार हाम्रो अधिकार’ बिषयक निवन्ध लेखनमा सुस्मीता गोतामे प्रथम, निशा पुन द्धितीय र श्रीधर राना मगर तृतीय हुन सफल हुनुभएको छ । मेरो सपनाको विद्यालय बिषयक चित्रकला प्रतियोगितामा चन्द्र पुन, सज्जिता पुन, अशिवन भण्डारी क्रमश प्रथम, द्धितीय र तृतिय हुन सफल हुनुभएको छ । स्वभाविक वक्तृत्वकला प्रतियोगितामा इमीरा भण्डारी, प्रविणा केसी र रासिका पुन क्रमश प्रथम, द्धितीय र तृतीय हुन सफल हुनुभएको छ । त्यसैगरि वक्तृत्वकला प्रतियोगितामा एलिसा पुन प्रथम, सन्दिपा केसी द्धितीय र प्रतिक्षा केसी तृतीय हुन सफल हुनुभएको छ । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुन सफल विद्यार्थीहरुलाई पुरस्कार, प्रमाणपत्र र ट्रफिद्धारा पुरस्कृत गरिएको छ ।
कार्यक्रममा धनजनता माध्यामिक बिद्यालयमा रहेको धनजनता बाल क्लबका सदस्यहरुले बालविवाहको समस्या उजागर गर्ने नाटक प्रदर्शन गरि बाल बिबाह एक गलत अभ्यास भएको संदेश दिएका थिए भने विविध साँस्कृतिक प्रस्तुती पर्दर्शन समेत गरेका थिए । कार्यक्रममा उच्च मालिका युबा क्लब र दरखोला युवा क्लबका खेलाडीहरुले मैत्रीपुर्ण भलिबल खेल पर्दर्शन गरेका थिए । मुनामा रहेको आमा समुहको अगुवाईमा पुर्खौली नाच समेत पर्दर्शन गरिएको थियो।
उत्कृष्ट नाटक प्रस्तुत गरेकोमा बाल क्लब र पुर्खौली नाच प्रस्तुत गरेकोमा जनही नगद रु ४ हजार पाँच सय सहित ट्रफि र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो । गत बर्षको एसईई परिक्षामा धवलागिरी गाउँपालिकामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी अरुणिमा रसाइलीलाई समेत सम्मान गरिएको गुड नेवर्स इन्टरनेसनलका स्पोन्सर तथा बाल संरक्षण अधिकृत सुर्यमान नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार बालदिवसको अवसरमा आयोजित विविध प्रतियोगितामा धवलागिरी गाउँपालिकाभरका विद्यालयहरुमा ३ हजार ५ सय जना बढी बालबालिकाहरुले सहभागीता जनाउने बताउनु भएको थियो ।
धवलागिरी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्म पुनको अध्यक्षतामा भएको कार्यक्रममा धवलागिरी गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुन मगर, नि.प्रमुख प्रशासकीय अधिकृत तिलकशंकर शर्मा, वडा नं. ३ मुनाका वडा अध्यक्ष देबिन्द्र रोका, शिक्षा शाखाका श्रोत व्यक्ति गिरि प्रसाद छन्त्याल, युवा कलब, आमा समूह, समुदायिक विकास समितिका सदस्य लगायतको उपस्थित रहेको थियो ।
म्याग्दीमा बसोबास गर्दै आइरहेका थकाली समुदायले बुधबारदेखि तोरन्ल पर्व अर्थात् यस वर्षको ९फागु पूर्णिमा० मनाउन सुरु भएको छ । थकाली...
अमित विश्वकर्माम्याग्दीको बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ को दोस्रो चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । बुधवार वडा...
म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङ्कमा संचालनमा रहेको केबि एकेडेमीका विद्यार्थीले विभिन्न परिकारका सहित प्रथम केबि ए फुट मेला संचालन गरेका छन्...