२०८३ श्रावण १०
July 26, 2026, Sunday

मंगलेखानीको सिङ्गो गाउँ आलु र सिमी खेतीमा

म्याग्दीको रघुगंगा गाउँपालिका–८ मंगलेखानीका नरप्रसाद छन्त्यालले परम्परागत मकै र कोदोखेती हुने बारीमा व्यवसायिक आलु र सिमीखेती गर्नुभएको छ । परम्परागत खाद्य बाली लगाउँदा निर्वाहमुखी खेती हुने भएपछि नगदे बालीको रुपमा आलु र सिमीको व्यावसायिक खेती गर्न थालेको उहाँले बताउनुभयो । उहाँले करिब १५ रोपनी बारीमा लगाएको आलु भित्र्याइसकेपछि सिमी लगाउनुभएको छ ।

Advertisement

छन्त्याल जस्तै यहाँ बसोबास रहेका २१ घरधुरीले नै परम्परागत रुपमा हुने कोदो, मकै, जाँै, फापरलगायतका खाद्यबालीलाई छाडेर खायन आलु र घ्यूसिमीको व्यावसायिक खेती शुरु गरेका हुन् । चिसो हावापानी भएकाले खाद्यबाली पाक्नसमेत समय लाग्ने र नगद आम्दानी नहुने भएपछि स्थानीयबासीले आयआर्जनका लागि व्यावसायिक आलु र सिमीखेती विस्तार गरेको बताउँछन् ।

जिल्ला कृषि ज्ञान केन्द्र र रघुगंगा गाउँपालिकाले समेत कुइनेमंगलेलाई आलु र सिमी पकेट क्षेत्र घोषणा गरेका छन् । यस गाउँको करिब १ हजार दुई सय रोपनीमा अहिले सिमीखेती गरिएको श्रीकृष्ण कृषि तथा पशुपालन कृषक समूहका सचिव बदेवी छन्त्यालले जानकारी दिनुभयो ।

 आलुखेती गरेको सबै बारीमा सिमी लगाइएको छ । आलु नखन्दै सिमी लगाउने र आलु फलिसकेपछि आलु झिक्ने र सिमी गोड्ने काम एकैपटक गर्ने गरि आलु र सिमीलाई व्यावसायिकरुपमा विस्तार गरिएको उहाँले बताउनुभयो ।

आलु खनेर घरमा भित्र्याइसकेर बिक्रि गर्न थालेका स्थानीयको बारीमा सिमी फल्न थालिसकेको छ । बारीभरि थाक्रोमा सिमी लहलह भएका छन् । सिमीको बोटमा कोसा लाग्न थालिसकेको छ । रैथाने खाद्य बाली पाक्न पाँच देखि छ महिना लाग्ने र त्यसले आयआर्जन नहुने अवस्थामा गाउँमा उत्पादन हुने आलु र सिमी बिक्रि गरेर आम्दानी गर्न थालेपछि स्थानीयवासीको आयआर्जनमा सघाउ पु¥याएको छ ।

तीन महिनामै बाली पाक्ने र बजारीकरण गरेर नगद आम्दानी गर्न सकिने भएकाले आलु र सिमीखेतीले व्यावसाकियता पाएको कृषक समूहका अध्यक्ष बिना छन्त्यालले बताउनुभयो । सदरमुकाम बेनीदेखि गाउँपालिकाको केन्द्र मौवाफाँट हुँदै मंगलेखानीसम्म सडकको पहँुच पुगेकाले यहाँ उत्पादन हुने आलु र सिमी बजारीकरणमा सघाउ पुगेको अध्यक्ष छन्त्यालले बताउनुभयो ।

‘‘ यहाँ आलु पहिलेदेखि नै हुने गथ्र्यो, तर बिक्रि भने हुने थिएन, स्थानीयवासीले आफैले प्रयोग गर्ने र आफन्तलाई कोसेलीको रुपमा पठाउने चलन थियो, तर गाउँमा सडक आएपछि गाउँको आलु बेनी, पोखरालगायतका बजारमा पुग्न थालेको छ, गाउँबाट सिमी पनि निर्यात हुन थालेको छ, कच्ची सडकको अवस्थालाई बाह्रै महिना सञ्चालन हुने बनाउन सकेमा यहाँका धेरै कृषकहरुलाई राहत हुने थियो’’–अध्यक्ष छन्त्यालले भन्नुभयो ।

यो गाउँमा आलुबाट मात्रै बार्षिक रुपमा रु ६० लाख बढी नगद भित्रने गर्छ । यो बर्ष विगत बर्षको तुलनमा आलुको उत्पादन बढेको छ । बजारमा माग नबढेको कारण अझै प्रयाप्त मात्रामा आलु निर्यात हुन नसकेको स्थानीय कृषक निश्मा छन्त्यालले बताउनुभयो । परिक्षणको रुपमा गरीएको सिमीखेती सफल भएपछि तीन बर्षदेखि समूह नै दर्ता गरेर व्यावसायिक रुपमा खेतीलाई विस्तार गरिएको उहाँको भनाई छ ।
‘‘पहिले गाउँको बारी संगै जंगलका पाखोबारीमा समेत आलुखेती गर्ने चलन थियो, उत्पादन भएको आलुले बँेशीमा अन्न सटही हुन्थ्यो, तर अहिले उन्नत जातको आलु र रैथाने बाली छाडेर सिमी खेती गर्न थालेपछि दुःख पनि कम भएको छ, उत्पादन पनि बढेको छ’’–उहाँले भन्नुभयो ।

यस गाउँका हरेक घरले तीन देखि पाँच टन आलु उत्पादन गर्छन् । आलुखेती गरेको अधिकाँश जमिनमा अहिले सिमीखेती गरिएको छ । हरेक घरले दुई देखि ८ मुरीसम्म सिमी उत्पादन गर्छन् । यहाँ उत्पादन भएको सिमी प्रतिपाथि छ सयमा विक्रि हुने गरेको छ ।

 गत बर्ष रघुगंगा गाउँपालिकाले मंगलेका कृषकहरुलाई अनुदानमा आलुको बीउ, सिँचाई पाइप, बोरा, रोग कीरा नष्ट गर्ने विषादीलगायत सहयोग गरेको थियो । गाउँमा आलुको उत्पादन बढेको र तत्काल सबै उत्पादनले बजार नपाउने अवस्था आएकाले स्थानीयवासीले यस क्षेत्रमा चिच्यानगृह भवन निर्माण गर्न माग गरेका छन् ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP