२०८३ श्रावण ९
July 25, 2026, Saturday

योजनाहरुको ठेक्का तोड्न सकिँदैन : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र रहेका अलपत्र योजनाहरुको ठेक्का सम्झौता तोड्न नसकिने बताउनुभएको छ ।

Advertisement

योजनाहरु अलपत्र अवस्थामा रहेको भएपनि ठेक्का तोडेर अगाडी बढ्न खोज्दा ठेकेदार कम्पनि अदालत जाने हुँदा काम उसैले पनि नगर्ने र नयाँ तरिकाले पनि गर्न नपाउने हुँदा ठेक्का तोड्न निकै जटील रहेको मुख्यमन्त्री पाण्डेको भनाइ छ । विधि पुर्‍य ाएरै तोड्दा पनि ठेकेदार अदालत जाँदा नयाँ टेण्डर गर्न पनि नसकिने उसले पनि काम नगर्ने हुँदा तोडेरै अगाडि बढी हाल्ने वातावरण नहुने उहाँले बताउनुभयो । 

उहाँका अनुसार ठेक्का तोडेर अगाडी बढ्दा सहजभन्दा पनि त्यसबाट हुनसक्ने असरहरुलाई पनि हेरेर मात्रै काम गर्न सकिन्छ । मुख्यमन्त्री पाण्डे नेपाल जेसीजको क्षेत्र ख सम्मेलनको उद्घाटनका लागि हिमाली जिल्ला म्याग्दी आउनुभएको समयमा प्रेस युनियन म्याग्दीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “बेनी अस्पतालको भवन निर्माणकै लागि पनि ठेकेदारलाई नै फकाएर काम गर्ने वा उनीहरुले नै त्यागेको खण्डमा मात्रै अन्य प्रक्रियामा जान सकिन्छ अन्यथा न उनीहरुले काम गर्ने न त नयाँ प्रक्रियामा जान सकिने हुन्छ ।” 

मुलुकमा तीन तहको सरकार रहेको अवस्थामा प्रदेश स्थापनापछि सङ्घ सरकारको आयोजनाहरु प्रदेशलाई हस्तान्तरण गरेको भए पनि बजेट हस्तान्तरण नगर्दा भएको योजनाहरुलाई पनि अगाडि बढाउन सकिएको छैन । यस सन्दर्भमा पटकपटक संघ सरकारलाई आग्रह गर्दा पनि त्यसको लागि आवश्यक रकम नदिँदा समस्या भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “कतिपय क्रमागत योजनाहरुमा सम्पन्न भैसके पनि त्यसमा बजेट आउने काम जारी छ । आयोजनाका लागि बजेट आइरहेको भएपनि ती आयोजनाहरु कहाँ छन् भन्नेसम्म थाहा नभएको अवस्था छ त्यसलाई अब खोजिने उहाँले बताउनुभयो ।

प्रदेशको समग्र विकासका लागि योजना बैंक बनाएरै योजना छनाेट गरेर आगामी दिनमा कार्यान्वयनमा ल्याइने पाण्डेको भनाइ छ । निकै प्रतीक्षा गरिएको सञ्चार विधेयक बिहीबारबाटै प्रदेशको संसदमा छलफल हुने बताउँदै उहाँले भन्नुभयो, “अब पत्रकारहरुले हक अधिकारका लागि आन्दोलन गर्नुपर्दैन ।” त्यस्तै प्रदेशले गत वर्ष ३० लाख रुपियाँ लोककल्याणकारी विज्ञापनका लागि बजेट निकासा भएकोमा चालु वर्षमा त्यसलाई बढाएर ५० लाख पुर्‍य ाइएको उहाँको भनाइ छ ।

कतिपय सङ्घ र प्रदेशका कार्यालयहरुबाट उही प्रकृतिका योजना र कार्यक्रम हुने भएकोले त्यस्ता डुप्लिकेसन हुने कार्यालयहरु खारेजी वा एकीकरणतर्फ जानुपर्ने उहाँले बताउनुभयो ।

म्याग्दी जेसीजको आतिथ्यमा बेनीमा बिहीबा देखि नेपाल जेसीजको क्षेत्र ख सम्मेलन सुरु भएको छ । बिहान विभिन्न जातजाति धर्म संस्कृतिको झाँकी सहितको प्रभातफेरीले बेनी बजार परिक्रमापछि बेनीको खुल्ला मञ्चमा पुगेर सम्मेलन सुरु भएको छ । नेपाल जेसीसको क्षेत्र ख अन्तरगतको ४१ शाखाका छ सयभन्दा धेरै प्रतिनिधिले सम्मेलनमा सहभागिता जनाएका छन् ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP