२०८३ आश्विन १
September 17, 2026, Thursday

पाखापानीकी क्यान्सर पीडितलाई ३२ लाख सहयोग

म्याग्दीको रघुगङ्गा गाउँपालिका –६, स्थित पाखापानीकी क्यान्सर रोगबाट पीडित सगुन शेरपुञ्जालाई करिब ३२ लाख रुपियाँ सहयोग रकम प्राप्त भएको छ । 

Advertisement

वडा अध्यक्ष मनकुमार शेरपुजाको नेतृत्वमा क्यान्सर पीडित सगुनको उपचारको लागि संकलित ३१ लाख ९२ हजार ३७८ रुपियाँ हस्तान्तरण गर्नुभएको हो । उक्त सहयोग रकम आइतबार सार्वजनिक गरी पीडित सगुनलाई हस्तान्तरण गरिएको छ । 

वडा अध्यक्ष शेरपुजाले स्वदेश तथा विभिन्न देशमा रहेका पाखापानी, म्याग्दीली लगायत नेपालीबाट उक्त सहयोग रकम जुटेको बताउनुभयो । ‘‘पारिवारीक आर्थिक अवस्था कमजोर भएपछि स्तन क्यान्सर पीडित सगुनको उपचारमा समस्या देखियो । उहाँलाई बचाउन र उहाँको उपचार सफल बनाउन मेरै नेतृत्वमा ‘सगुन बचाउ अभियान आर्थिक’ सङ्कलन सुरु गरिएको थियो ।

तीन महिनाको अवधिमा करिब ३२ लाख रुपियाँ सहयोग रकम जुटेको हो, सहयोगी सबैलाई धन्यवाद दिन चाहन्छु, वडा अध्यक्ष शेरपुजाले भन्नुभयो । सगुन नेशनल हस्पिटल एण्ड क्यान्सर सेन्टर जावलाखेल ललितपुरमा उपचाररत हुनुहुन्छ । 

पीडित सगुनले भन्नुभयो, ‘‘वैशाखमा स्तनमा गिर्खा आएपछि अस्पतालमा जचाउँदा डाक्टरले क्यान्सरको लक्षण देखाएका थिए । अहिलेसम्म आठ वटामध्ये चार वटा किमो चढाएर उपचार गरिएको छ । फेरि किमो चढाएपछि भक्तपुर जानुपर्छ भन्नुभएको छ । यती खर्च हुन्छ भनेर भन्नुभएको छैन ।’’ 

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP