२०८० मंसिर २२
December 8, 2023, Friday

पाखापानीकी क्यान्सर पीडितलाई ३२ लाख सहयोग

म्याग्दीको रघुगङ्गा गाउँपालिका –६, स्थित पाखापानीकी क्यान्सर रोगबाट पीडित सगुन शेरपुञ्जालाई करिब ३२ लाख रुपियाँ सहयोग रकम प्राप्त भएको छ । 

Advertisement

वडा अध्यक्ष मनकुमार शेरपुजाको नेतृत्वमा क्यान्सर पीडित सगुनको उपचारको लागि संकलित ३१ लाख ९२ हजार ३७८ रुपियाँ हस्तान्तरण गर्नुभएको हो । उक्त सहयोग रकम आइतबार सार्वजनिक गरी पीडित सगुनलाई हस्तान्तरण गरिएको छ । 

Advertisement

वडा अध्यक्ष शेरपुजाले स्वदेश तथा विभिन्न देशमा रहेका पाखापानी, म्याग्दीली लगायत नेपालीबाट उक्त सहयोग रकम जुटेको बताउनुभयो । ‘‘पारिवारीक आर्थिक अवस्था कमजोर भएपछि स्तन क्यान्सर पीडित सगुनको उपचारमा समस्या देखियो । उहाँलाई बचाउन र उहाँको उपचार सफल बनाउन मेरै नेतृत्वमा ‘सगुन बचाउ अभियान आर्थिक’ सङ्कलन सुरु गरिएको थियो ।

तीन महिनाको अवधिमा करिब ३२ लाख रुपियाँ सहयोग रकम जुटेको हो, सहयोगी सबैलाई धन्यवाद दिन चाहन्छु, वडा अध्यक्ष शेरपुजाले भन्नुभयो । सगुन नेशनल हस्पिटल एण्ड क्यान्सर सेन्टर जावलाखेल ललितपुरमा उपचाररत हुनुहुन्छ । 

पीडित सगुनले भन्नुभयो, ‘‘वैशाखमा स्तनमा गिर्खा आएपछि अस्पतालमा जचाउँदा डाक्टरले क्यान्सरको लक्षण देखाएका थिए । अहिलेसम्म आठ वटामध्ये चार वटा किमो चढाएर उपचार गरिएको छ । फेरि किमो चढाएपछि भक्तपुर जानुपर्छ भन्नुभएको छ । यती खर्च हुन्छ भनेर भन्नुभएको छैन ।’’ 

Related News

आफ्नै भवनमा सर्यो ताकमको वडा कार्यालय
आफ्नै भवनमा सर्यो ताकमको वडा कार्यालय
  • २०८० आश्विन १४, आईतवार १४:१०

म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा वडा कार्यालयले आफ्नै भवनबाट सेवन दिनेभएको छ ।यसअघि पधेराचौरमा रहेको सामुदायिक भवनको सभाहलबाट कार्यालय संचालन गर्दै...

माउन्ट र वेष्ट पोइन्ट जेसीजकपको सेमीफाइनल प्रवेश
माउन्ट र वेष्ट पोइन्ट जेसीजकपको सेमीफाइनल प्रवेश
  • २०८० आश्विन १४, आईतवार १४:१०

माउन्ट एभरेष्ट आवासीय मावि र न्युु वेष्ट पोइन्ट मावि बेनीमा जारी अन्तर माध्यमिक विद्यालय स्तरीय २१ औ जेसीजकप फुटबल प्रतियोगिताको...

पदमार्ग मासिए, धुलो र धुवाँले पर्यटक घटे
पदमार्ग मासिए, धुलो र धुवाँले पर्यटक घटे
  • २०८० आश्विन १४, आईतवार १४:१०

केहि बर्ष अघि सम्म विदेशी पर्यटकहरुले खचाखच हुने म्याग्दीको प्रमुख पर्यटकीय स्थल पुनहिल क्षेत्रमा पछिल्ला बर्षहरुमा आन्तरिक पर्यटकहरुको आगमन बढ्दो...

TOP