२०८३ श्रावण १०
July 26, 2026, Sunday

कांग्रेस म्याग्दीद्धारा पहिरो पीडितलाई राहत वितरण

नेपाली कांग्रेस म्याग्दीले जिल्लाको मालिका गाउँपालिका–४ ,महभिर र वडा नम्बर २ रुमका पहिरो पीडितलाई राहत वितरण गरेको छ । कांग्रेस म्याग्दीले स्थापना गरेको विपद् व्यवस्थापन कोषबाट सोमबार महभिरमा पहिरोले घरमा पुर्ण रुपमा क्षती भएको तीन परिवार दैनिक उपभोग्य खाद्यन्न सामग्री र बेलीको फुलबाङमा पहिरोमा पुरिएर ज्यान गुमाएका परिवारलाई खाद्यन्न सामग्री सहित पाँच हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

Advertisement

विपद् व्यवस्थापन कोषका संयोजक नेत्र महतका अनुसार बुधबार विहान राती महभिरमा पहिरो पीडित काले कामी ,रबिलाल घर्ती र कमारी घर्ती मगरको परिवार र वडा नम्बर २ स्थित फुलबाङमा असोज ८ गते पहिरोले पुरिएर ज्यान गुमाउनुभएका तिर्थबहादुर बिकका परिवारलाई राहत सामग्री सहयोग गरिएको छ ।

उक्त राहत सामग्री कांग्रेस म्याग्दीका कार्यवाहक सभापति हरिकुमार श्रेष्ठ ,संयोजक महत ,सहसचीव श्रीराम पौड्याल ,प्रदेश सभा निर्वाचन क्षेत्र(ख)का सभापति तथा वडा नम्बर १ का वडा अध्यक्ष टंकप्रसाद पुन ,सचिव हिराबहादुर पुन ,मालिका गाउँपालिका सभापति खिम पुन लगायतको टोलीले वडा इकाई सभापति तमबहादुर पुन , वडा अध्यक्ष भेजेन्द्रमान पुन र वडा सदस्य गर्भे गुरुङ लगायतको रोहबरमा पीडित परिवारलाई हस्तान्तरण गर्नुभयो ।

साथै पुर्व पार्टी सहसभापति समेत रहनुभएकासंयोजक महतले केही दिनमै पहिरो प्रभावितलाई त्रिपाल उपलब्ध गराइने जानकारी दिनुभयो । पहिरोको निरिक्षण पछि कार्यवाहक सभापति श्रेष्ठले अहिले तत्कालको लागि पीडित परिवारलाई केही राहत सहयोग गरिएको बताउँदै थप राहत व्यवस्थापन र विस्थापित भएकालाई पुर्नवासको लागि आफु र पार्टीको तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

तत्काल राहतको लागी सबैले सहयोग गर्न समेत आग्रह गर्नुभयो । वडा सदस्य गर्भे गुरुङका अनुसार पहिरोले थप १९ घर उच्च जोखिममा रहेका छन् ।गाउँ माथि सिद्ध थानको भिरबाट खसेको पहिरोले सबहादुर घर्ती ,सबहादुर सुनार ,लालबहादुर कामी ,तिलक कामी ,गंगबहादुर कामी ,बीरबहादुर कामी ,गोरे कामी ,कुलप्रसाद घर्ती ,भिमप्रसाद सुनार ,पोबिसरा सुनार ,सुप्तिरा सुनार ,मुक्तीराम सुनार,रोमन घर्ती ,तेकलाल शिर्पाली ,शेरबहादुर सुनार ,गंगु घर्ती ,मनमाया घर्ती ,जितबहादुर शिर्पाली र चन्द्रबहादुर पुनका घर उच्च जोखिममा रहेका वडा सदस्य गुरुङले बताउनुभयो । पहिरोले रबिलालको गोठमा रहेका एक वटा राँगो र एक वटा गोरु मरेका थिए । पहिरोले गाउँको बिचमा ठुला ठुला खोल्सी बनाएको छ ।

खोल्सा छेउछाउको जमिन चिरा चिरा भएको छ । दुई सय रोपनी भन्दा बढी खेतीयोग्य जमिनमा पनि पहिरोले क्षति गरेको छ । पीडित काले कामीले पहिरोले पुरिएको बाहेक अर्को ठाउँमा रहेको घडेरीमा पनि पहिरोको जोखिम भएकाले कहाँ बस्ने भन्ने चिन्ताले सताएको बताउनुभयो । वडा अध्यक्ष भेजेन्द्रमान पुनले पहिरोबाट विस्थापित परिवारलाई पुर्नवास र प्रभावित क्षेत्रमा जोखिम कम गर्नका लागि वडाले पहल गरिरहेको बताउनुभयो ।

कांग्रेस म्याग्दीले यसअघि अन्नपुर्ण गाउँपालिका–३,सुवाका पहिरो पीडितलाई राहत सहयोग गरेको थियो । राहत वितरण तथा पहिरो निरिक्षण टोलीमा तरुणदल नेता राजु जुग्जाली,श्याम बुढाथोकी मगर लगायतको सहभागिता रहेका थियो । यसैगरी सोमबार वडा नम्बर ३ शैलुङ स्थित पुर्व कांग्रेस रुम गाविस सभापति दिवंगत जम्दार रनबहादुर घर्तीको सम्झनामा श्रद्धाली सभा समेत छ ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP