२०८३ श्रावण ९
July 25, 2026, Saturday

वाईसियल म्याग्दीद्वारा बरंजाको पहिरो पीडितलाई सहयोग

नेकपा माओवादी केन्द्र निकट युवाहरुको संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसियल) म्याग्दीले मंगला गाउँपालिका ३ बरंजा घाम्ताङका पहिरो पीडित शेर बहादुर परियारको परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको छ ।

Advertisement

विहिबार पीडित परिवारले अस्थायी रुपमा बसोबास गरेको स्थानमा पुगी चामल, दाल, नुन, तेल, आटा, लगायतका खाद्यान्न तथा त्रीपाल, ओढ्ने ओछ्याउने लगायत अन्य कपडाहरु गरि रु ११ हजार ९ सय ७० रुपैयाँको सामग्री हस्तान्तरण गरिएको हो । त्यस्तै १२ हजार ६ सय रुपैयाँ नगद पनि सहयोग प्रदान गरिएको वाईसियल बेनी नगर कमिटीका सचिव गोकुल सुनारले जानकारी दिनुभयो ।

वाईसियलका पदाधिकारी, पार्टीका नेता तथा पार्टी निकट व्यवसायीहरुबाट रकम तथा सामग्री सहयोग संकलन गरि हस्तान्तरण गरिएको सचिव सुनारले बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा मंगला गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष याम बहादुर रोका, नेकपा माओवादी मंगला गाउँपालिका कमिटीका उपाध्यक्ष सुकमाया रोका, मंगला गाउँपालिका वडा नम्वर ३ का पार्टी अध्यक्ष श्याम बहादुर थापा, वाईसियलका प्रदेश कमिटी सदस्य अर्जुन शाही र विद्यार्थी नेता सज्जन आचार्यको उपस्थिति रहेको थियो ।

पहिरोबाट घरबास गुमाएका शेर बहादुरको परिवारलाई तत्कालका लागि राहत पुगोस भनेर सहयोग प्रदान गरिएको वाईसियल म्याग्दीका अध्यक्ष सन्दिप खत्रीले बताउनुभयो । सहयोग ग्रहण गर्दै पीडित परियारले दुखमा साथ दिएकोमा वाईसियल म्याग्दीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । अविरल वर्षाका कारण मंगलबार बेलुकी घरमाथिबाट आएको पहिरोले शेर बहादुर परियारको घर र गोठ पुर्ण रुपमा क्षति भएको थियो । घरमा रहेका लत्ताकपडा, खाद्यान्न तथा गोठमा रहेका भैसी, गोरु, बाख्रा लगायत पशुचौपायाहरुलाई पहिरोले पुरको थियो ।

परियारको ९ जनाको परिवारलाई स्थानीय आमा समुहको भवनमा अस्थायी रुपमा वस्ने व्यवस्था मिलाईएको छ । परिवारको आर्थिक अवस्था समेत कमजोर भएका कारण परियारको परिवार विचल्लीमा परेका छन । पहिरो पीडित परिवारलाई राहत तथा व्यवस्थापनको कार्य भईरहेको वडा अध्यक्ष रोकाले बताउनुभयो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP