Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २२
October 8, 2026, Thursday

वाईसियल म्याग्दीद्वारा बरंजाको पहिरो पीडितलाई सहयोग

नेकपा माओवादी केन्द्र निकट युवाहरुको संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसियल) म्याग्दीले मंगला गाउँपालिका ३ बरंजा घाम्ताङका पहिरो पीडित शेर बहादुर परियारको परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको छ ।

Advertisement

विहिबार पीडित परिवारले अस्थायी रुपमा बसोबास गरेको स्थानमा पुगी चामल, दाल, नुन, तेल, आटा, लगायतका खाद्यान्न तथा त्रीपाल, ओढ्ने ओछ्याउने लगायत अन्य कपडाहरु गरि रु ११ हजार ९ सय ७० रुपैयाँको सामग्री हस्तान्तरण गरिएको हो । त्यस्तै १२ हजार ६ सय रुपैयाँ नगद पनि सहयोग प्रदान गरिएको वाईसियल बेनी नगर कमिटीका सचिव गोकुल सुनारले जानकारी दिनुभयो ।

Advertisement

वाईसियलका पदाधिकारी, पार्टीका नेता तथा पार्टी निकट व्यवसायीहरुबाट रकम तथा सामग्री सहयोग संकलन गरि हस्तान्तरण गरिएको सचिव सुनारले बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा मंगला गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष याम बहादुर रोका, नेकपा माओवादी मंगला गाउँपालिका कमिटीका उपाध्यक्ष सुकमाया रोका, मंगला गाउँपालिका वडा नम्वर ३ का पार्टी अध्यक्ष श्याम बहादुर थापा, वाईसियलका प्रदेश कमिटी सदस्य अर्जुन शाही र विद्यार्थी नेता सज्जन आचार्यको उपस्थिति रहेको थियो ।

पहिरोबाट घरबास गुमाएका शेर बहादुरको परिवारलाई तत्कालका लागि राहत पुगोस भनेर सहयोग प्रदान गरिएको वाईसियल म्याग्दीका अध्यक्ष सन्दिप खत्रीले बताउनुभयो । सहयोग ग्रहण गर्दै पीडित परियारले दुखमा साथ दिएकोमा वाईसियल म्याग्दीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । अविरल वर्षाका कारण मंगलबार बेलुकी घरमाथिबाट आएको पहिरोले शेर बहादुर परियारको घर र गोठ पुर्ण रुपमा क्षति भएको थियो । घरमा रहेका लत्ताकपडा, खाद्यान्न तथा गोठमा रहेका भैसी, गोरु, बाख्रा लगायत पशुचौपायाहरुलाई पहिरोले पुरको थियो ।

परियारको ९ जनाको परिवारलाई स्थानीय आमा समुहको भवनमा अस्थायी रुपमा वस्ने व्यवस्था मिलाईएको छ । परिवारको आर्थिक अवस्था समेत कमजोर भएका कारण परियारको परिवार विचल्लीमा परेका छन । पहिरो पीडित परिवारलाई राहत तथा व्यवस्थापनको कार्य भईरहेको वडा अध्यक्ष रोकाले बताउनुभयो ।

Related News

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

TOP
Click to listen highlighted text!