अन्तरगत वेल्डिङ र ग्रेण्डर मेसिन अनुदानमा दिएको छ । आरनमा घरेलु कृषि औजार आँसी, बाउसा, कोदाला, थेबे, बन्चरो, फाली, ओदान, खुकुरी, दाबेलगायतका सामाग्री निर्माण हुने गरेको छ । उद्योगमा आफु संगै थप दुई जनाले काम गर्दै आएको विश्वकर्माले बताउनुभयो । एक्लैले सामाग्री तयार गर्न सम्भव नभएपछि एक जना मुख्य मिस्त्री र एक जना सहयोगी राखेर आरन चलाउँदै आएको उहाँले जानकारी दिनुभयो ।
‘‘राजनीति सेवा हो, घरिवार चलाउन त पेशा अङ्गाल्नै प¥यो, आफुले गरेको पेशाले पुख्र्यौली पेशाको संरक्षण र कृषि उत्पादनमा टेवा पु¥याओस भन्ने चाहनाले आरन खोलेको हुँ’’– विश्वकर्माले भन्नुभयो । आरनबाटै भएको आम्दानीले एक छोरालाई कक्षा १२ सम्म र अर्को छोरालाई स्नातक तहको पठनपाठन गराउन सम्भव भएको विश्वकर्मा बताउनुहुन्छ । घरायसी कृषि र आरनबाटै विश्वकर्माको बुबा,आमा, दुई छोरा र श्रीमती सहित छ जनाको परिवारको जिविकोपार्जन हुँदै आएको छ ।
आरनमा आबश्यक पर्ने कोइला स्थानीय सामुदायिक वनमा निश्चित शुल्क तिरेर तयार गर्दै आएको उद्योगले जनाएको छ । आरनमा मुख्य चुनौती भनेको उत्पादन भएका कृषिजन्य सामाग्री र औजारहरुको बजारीकरणमा देखिएको छ । बाहिरबाट आयात गरिएका सामाग्रीको मुल्य सस्तो पर्ने र आफ्नो उद्योगमा बनाईएको सामाग्री टिकाउ र भरपर्दो बनाउँदा लागत बढी लाग्ने भएकाले बाहिरबाट आउने कमसल र सस्तो मुल्यका सामाग्रीसंग प्रतिस्पर्धा गर्न कठिनाई हुने गरेको उहाँको अनुभव छ ।
परम्परागत शिपको उपयोग हुने आरन पेशा हराएर जाने अवस्थामा पुगेपछि त्यसको संरक्षणमा समेत टेवा पुगोस भन्ने उदेश्यले अरु पेशा व्यवसायको विकल्प हुँदा हुँदै आरनमा लागेको विश्वकर्माले बताउनुहुन्छ । जनप्रिय माध्यमिक विद्यालयमा अध्ययन गर्दा १४ बर्षको उमेरमा नै अनेरास्ववियू छैटौँको प्रारम्भीक कमिटीमा आबद्ध भएर राजनीतिमा होमिनुभएका विश्वकर्माले ७ बर्षदेखि जनमोर्चाको जिल्ला नेतृत्व सम्हाल्नुभएको छ । नेता विश्वकर्मा जिल्लामा शालिन र सरल नेताको रुपमा परिचित हुनुहन्छ । राससमा प्रकाशित
म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा मुडा बुनाई तालिम प्रदान गरिएको छ । रघुगंगा गाउँपालिकाको सहयोगमा मौवाफाँट सामुदायिक सिकाई केन्द्रको आयोजनामा शिपमुलक...
म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा वडा कार्यालयले आफ्नै भवनबाट सेवन दिनेभएको छ ।यसअघि पधेराचौरमा रहेको सामुदायिक भवनको सभाहलबाट कार्यालय संचालन गर्दै...
माउन्ट एभरेष्ट आवासीय मावि र न्युु वेष्ट पोइन्ट मावि बेनीमा जारी अन्तर माध्यमिक विद्यालय स्तरीय २१ औ जेसीजकप फुटबल प्रतियोगिताको...