२०८३ श्रावण १०
July 26, 2026, Sunday

नेताको फेरिएको दैनिकीः ‘राजनीति संगसंगै आरन पेसामा सक्रिय’

अन्तरगत वेल्डिङ र ग्रेण्डर मेसिन अनुदानमा दिएको छ । आरनमा घरेलु कृषि औजार आँसी, बाउसा, कोदाला, थेबे, बन्चरो, फाली, ओदान, खुकुरी, दाबेलगायतका सामाग्री निर्माण हुने गरेको छ । उद्योगमा आफु संगै थप दुई जनाले काम गर्दै आएको विश्वकर्माले बताउनुभयो । एक्लैले सामाग्री तयार गर्न सम्भव नभएपछि एक जना मुख्य मिस्त्री र एक जना सहयोगी राखेर आरन चलाउँदै आएको उहाँले जानकारी दिनुभयो ।

Advertisement

‘‘राजनीति सेवा हो, घरिवार चलाउन त पेशा अङ्गाल्नै प¥यो, आफुले गरेको पेशाले पुख्र्यौली पेशाको संरक्षण र कृषि उत्पादनमा टेवा पु¥याओस भन्ने चाहनाले आरन खोलेको हुँ’’– विश्वकर्माले भन्नुभयो । आरनबाटै भएको आम्दानीले एक छोरालाई कक्षा १२ सम्म र अर्को छोरालाई स्नातक तहको पठनपाठन गराउन सम्भव भएको विश्वकर्मा बताउनुहुन्छ । घरायसी कृषि र आरनबाटै विश्वकर्माको बुबा,आमा, दुई छोरा र श्रीमती सहित छ जनाको परिवारको जिविकोपार्जन हुँदै आएको छ ।

आरनमा आबश्यक पर्ने कोइला स्थानीय सामुदायिक वनमा निश्चित शुल्क तिरेर तयार गर्दै आएको उद्योगले जनाएको छ । आरनमा मुख्य चुनौती भनेको उत्पादन भएका कृषिजन्य सामाग्री र औजारहरुको बजारीकरणमा देखिएको छ । बाहिरबाट आयात गरिएका सामाग्रीको मुल्य सस्तो पर्ने र आफ्नो उद्योगमा बनाईएको सामाग्री टिकाउ र भरपर्दो बनाउँदा लागत बढी लाग्ने भएकाले बाहिरबाट आउने कमसल र सस्तो मुल्यका सामाग्रीसंग प्रतिस्पर्धा गर्न कठिनाई हुने गरेको उहाँको अनुभव छ ।

परम्परागत शिपको उपयोग हुने आरन पेशा हराएर जाने अवस्थामा पुगेपछि त्यसको संरक्षणमा समेत टेवा पुगोस भन्ने उदेश्यले अरु पेशा व्यवसायको विकल्प हुँदा हुँदै आरनमा लागेको विश्वकर्माले बताउनुहुन्छ । जनप्रिय माध्यमिक विद्यालयमा अध्ययन गर्दा १४ बर्षको उमेरमा नै अनेरास्ववियू छैटौँको प्रारम्भीक कमिटीमा आबद्ध भएर राजनीतिमा होमिनुभएका विश्वकर्माले ७ बर्षदेखि जनमोर्चाको जिल्ला नेतृत्व सम्हाल्नुभएको छ । नेता विश्वकर्मा जिल्लामा शालिन र सरल नेताको रुपमा परिचित हुनुहन्छ । राससमा प्रकाशित

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP