२०८३ भाद्र २
August 18, 2026, Tuesday

खोप्टी र दरबारङ जोड्ने झोलुङ्गे पुल निमार्ण, सांसद गर्बुजाद्धारा उद्घाटन

म्याग्दी नदि माथि बनेको झोलुङ्गे पुलको मङ्गलबार उद्घाटन गरिएको छ । जिल्लाको मालिका गाउँपालिका–१,खोप्टी र वडा नम्बर ६लाई जोड्ने म्याग्दी नदि माथि बनेको पटेरनीघाट झोलुङ्गे पुलको प्रतिनिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको हो ।

Advertisement

झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष कर्ण मल्लका अनुुसार, मालिका गाउँपालिका झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप)को आर्थिक सहयोग ,टीवीएसयु र पीटिएपी पोखरा र मिलन म्याग्दीको प्राविधिक तथा सामाजिक सहयोग एवं स्थानीबासीको श्रमदान गरी ५९ लाख नौ हजार ३६५ रुपैयाँ लागतमा १ सय १४ मिटर लामो पुल निर्माण गरिएको हो । उक्त पुलबाट ४ सय ६५ जनसंख्या लाभाम्वीत भएका छन् । वि.सं. २०७८ असोजदेखि सरु भएको पुल निर्माणको काम २०८० असोज २१ गते सम्पन्न भएको थियो ।

पुल निर्माण भएपछि स्थानीयबासीलाई आवतजावत र सामान ढुवानीमा सहज हुने बताउँदै सांसद पुल संरक्षणको लागि सरकार सँगै स्थानीयबासीको समेत दायीत्व भएको उहाँले बताउनुभयो । उहाँले विकासको लागि सबै राजनितिक दल एक हुनुपर्नेमा जोड दिनुभयो । आफुले स्थानीयबासीको आवश्यकता र मागलाई प्राथमिकता दिएको सांसद गर्बुजाको भनाइ छ ।
जिल्लामा खानेपानी ,सडक ,स्वास्थ्य ,शिक्षा लगायत पुर्वाधार क्षेत्रका विकास योजनालाई प्राथमिकता दिएर सङ्घ सरकारबाट बजेट विनियोजन गरिएको बताउनुभयो ।

‘पहिलो वर्ष देशमा आर्थिक सङ्कट लगायत विविध कारण जिल्लाबाट माग भएका सबै योजनामा सङ्घ सरकारबाट बजेट विनियोजन नभएपनि मुख्य ठुला योजनालाई भने बजेट विनियोजन भएको छ । अन्य योजनामा बजेट विनियोजनका लागि पहल भइरहेको छ । योजना कार्यान्वयनका लागि सबैले ध्यान दिन जरुरी छ ,’ उहाँले भन्नुभयो ।

साथै उहाँले म्याग्दी नदिको कटानले जोखिममा रहेको खोप्ती वस्ती संरक्षणका लागि प्रदेश सरकारबाट दश लाख रुपैयाँ बजेट विनियोजन भएको जानकारी गराउँदै संघ सरकारबाट पनि थप बजेट विनियोजनको लागि पहल भइरहेको बताउनुभयो। जिल्लाको ‘लाईफलाइन’ मानिएको बेनी–दरबाङ सडकको प्रमुख समस्या बनेको फापरखेत पहिरो विकल्पमा मङ्गला गाउँपालिकाको वडा नम्बर ३ लुलियाघाट र वडा नम्बर २ स्थित सिमलचौर जोड्ने म्याग्दी नदि माथि बेलीब्रिज निर्माण तथा वैकल्पिक सडक निर्माणको काम चालु आर्थिक वर्षमा सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढेको बताउनुभयो ।

बेनी–दरबाङ सडकको निरिक्षण पछि सांसद गर्बुजाले चावपर्वलाई लक्षित गरी जिल्लाका प्रमुख सडकको स्तरोन्नती गरी आवतजावतलाई सहज बनाउन पुर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णुप्रसाद पौडेललाई निर्देशन दिनुभयो ।

कार्यक्रममा कांग्रेस म्याग्दीका उपसभापति केबी भण्डारी ,मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बजा ,कांग्रेस म्याग्दीका सचिव भरत रकाल ,वडा नम्बर १ का अध्यक्ष टंकप्रसाद पुन ,वडा नम्बर ६ का अध्यक्ष पथबहादुर रोका,पीटिएपी पोखराका प्राविधिक अधिकृत दयाराम शाह ,मिलन म्यागदीका प्राविधिक यामबहादुर बिक लगायतले पुल निर्माण भएपछि स्थानीयबासीलाई आवतजावत,सामान ढुवानी संगै उनिहरुको दैनिकी जीवनमा समेत परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

निर्माण उपभोक्ता समितिका अध्यक्ष मल्लले पुल निर्माण सम्पन्न भएपनि गाउँपालिकाबाट दश लाख रुपैयाँ मात्र रकम भुक्तानी भएको बताउँदै बाँकी रकम भुक्तानीको लागि सहजीकरण गरिदिन गाउँपालिका अध्यक्ष गर्बुजालाई आग्रह गर्नुभयो ।निर्माण उपभोक्ता समितिका सचिव हिराबहादुर पुनले कार्यक्रम संचालन गर्नुभएको थियो ।

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP