Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २२
October 8, 2026, Thursday

मोनाको अध्यक्ष बनाउँनुस, जिल्लामा एउटा उद्योग भित्राउँछु’– दधिवल खड्का

म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्र्तराष्ट्रिय कार्यकारी समितिको भोली असोज २६ गतेदेखी सुरु हुने पा“चौं महाधिवेशनमा अध्यक्ष पदका दावेदार ददीवल खड्काले गफ हैन, काम गर्न र कम्तीमा एउटा उद्योग जिल्लामा स्थापना गर्न मोना अध्यक्ष बन्न चाहेको दावी गरेका छन ।

Advertisement

अन्नपूर्ण गाउ“पालिका, ६ घार पुख्यौली थलो भै लोमो समयदेखी जापानलाई कर्मथलो बनाउ“दै आएका सफल ब्यवसायी ददीवल खड्काले प्रदेशमा आर्जेको सीप र पुंजीलाई जिल्लामा भित्राउन संभव छ भन्ने विश्वास र भरोसालाई ब्यवहारमै पुष्टी गर्न मोनाको नेतृत्व गर्न चाहेको प्रतिवद्धता पत्रमा उल्लेख गरेका छन ।

Advertisement

‘सानो पु“जीले ठूला प्रोजेक्ट संञ्चालन गर्न सकिन्न । त्यसकालागी ठूलो पु“जी चाहिन्छ । हामी प्रवासी म्याग्देलीहरु जिल्लामा विदेशमा आर्जेको पु“जी, सीप, ज्ञान र प्रविधीलाई जिल्लामा भित्राई सामुहिक लगानी गर्न चाहन्छौं । संभव भए सामुहिक लगानीमा, नत्र स्रोत जुटाएरै पनि कम्तीमा जिल्लामा प्लाई उद्योग स्थापना गर्छु । म त्यसको नेतृत्व गर्न चाहन्छु’ मोना अध्यक्षका दावेदार खड्काले भने, ‘म मोना अध्यक्ष बनें भने लगानी योग्य डिपिआर सहितको प्रोजेक्ट छनौट, लगानीमैत्री वातावरण र लगानी सुरक्षाको वातावरण बनाउ“छु ।’

प्रवासमा आर्जित पु“जी, सीप र क्षमतालाई मातृ जिल्लामा उपयोग गर्ने अहिले उपयुक्त वेला भएको पनि खड्काले दावी गरेका छन । कोरोना महामारीपछिको विश्व र मातृभूमि नेपाल आर्थिक मन्दीको चरम संकटमा परेको वेला हामी प्रवासी म्याग्देलीहरुको भूमिका अझ सक्रिय बन्नु पर्ने छ । यो आर्थिक मन्दीको अ“ध्यारोमा चा“दीको घेरा झै नया“ लगानीका संभावना र अवसर खुलेको पनि खड्काले बताएका छन ।

‘मातृभूमि देशले विनासकारी महाभुकम्प, नाकाबन्दी, कोरोना महामारी समेतका घट्नाले अर्थतन्त्र निक्कै धरापमा परेको छ । आर्थिक मन्दीले जनजीवन प्रभावित भएको छ । र यही बेला हामी प्रवासी म्याग्देलीहरुले मोना स्थापनाको उद्देश्य स्मरण गर्नु पर्ने भएको छ’ खड्काले थपे, ‘विदेशमा हुर्केका हाम्रा सन्तानलाई मातृभूमिमा फर्काउने हो भने, यहा“ हाम्रो मुनाफायोग्य लगानी जरुरी छ । त्यसकालागी ड्रिम प्रोजेक्ट आवश्यक छ ।’

बर्षेनी बसाई सराईले हाम्रा पुख्यौली वस्ती तथा थातथलो रिक्तिदो छ । त्यसैले विदेशमा आर्जित पु“जी, सीप, प्रविधी र क्षमतालाई जन्मभुमिको आर्थिक तथा सामाजिक क्ष्ँेत्रमा लगानी गरी आर्थिक लाभ मार्फत रोजगारी सिर्जना गर्दै समृद्धि हा“सिल गर्न कृषी, पर्यटन, जलविधुत, जडिबुटी, खनिज स्रोत समेतका लगानीका क्ष्ँेत्रको पहिचान तथा संभावनाहरुको विस्तृत अध्ययन गर्न स्थानीय तहस“गको सहकार्यमा प्रवासी म्याग्देली र स्थानीय सरकार विच साझेदारी आवश्यक छ ।

जिल्लाभित्र र विश्वका विभिन्न मुलुल (प्रवास)मा छरिएर रहेका म्याग्देलीहरुका बीच सम्बन्धको विकास गरी प्रवासमा आर्जित पु“जी, सीप र क्षमतालाई म्याग्दी जिल्लामा उपयोग गर्ने उद्देश्यका साथ २०६४ कात्तिक ५ गते बेनीमा भएको भेलाबाट मोनाका अवधारणाकर्ता प्रकाश पुनको अध्यक्षतामा २१ सदस्यीय म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय समवन्वय परिषद गठन गरेको थियो । पुनकै अगुवाईमा एनआरएनएको तेस्रो विश्व सम्मेलमा भाग लिन काठमाण्डौ आएका र दशैं मान्न पुख्यौली थलो आएका ब्यक्तिहरु भै परिषद गठन भएको थियो ।

०६६ फागुन ५ गते जिल्ला प्रशासन कार्यालयमा म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्र्तराष्ट्रिय कार्यकारी समितिको नाममा दर्ता भएको हो । संस्थापक प्रकाश पुन (ताकम, धारापानी)बाहेक मोनाको हालसम्म चार जना अध्यक्ष बनेका छन । पहिलो अधिवेशनबाट मराङका योगेन्द्र केसी (बेलायत), दोस्रो अधिवेशनबाट ताकमका चक्रबहादुर थापा (न्युजिल्याण्ड), तेस्रो अधिवेशनबाट दरवाङका ओमनारायण जुग्जाली र चौंथो अधिवेशनबाट गुर्जाका अमर छन्त्याल (अमेरिका) अध्यक्ष बनेका छन ।

मोनाको हालसम्मका सवै नेतृत्व भेगिए रुपमा पश्चिम म्याग्दीखोला भेगले नेतृत्व गर्दै छ । मोना गैह्राजनैतिक, भौगोलिक र जातिय संस्था भएकोले सवै भुगोल, क्षेत्र, जातिय समुदायबाट आलोपालो नेतृतव आवश्यक रहेको आवाज उठेको छ । चौंथो महा“धिवेशनमा त राजनिती जातियताबढी हावी हु“दा मोनाको औचित्य र क्षमतामा प्रश्न उठ्ने गरेको छ ।

मृदुभाषी, सरल जीवनशैली र सहयोगीमनका धनी ददीवल खड्का शैक्षिक रुपमा दक्ष, ब्यवसायीक रुपमा सफल र सर्वस्वीकार्य नेतृत्व क्षमताको कारण मोना अध्यक्ष दावेदार दधिवल खड्काका प्रतिवद्धता यस्ता छन ः
१, हाम्रा परिवारका नया“ सन्ततीहरु विदेशमा हुर्केका छन । हुर्कदै छन । स्वदेश तथा विदेशका जुनसुकै मुलुक र ठाउ“मा पुगेका भएपनि सदस्य, आफन्त, इष्टमित्र तथा आस्था र देवताहरु यही पुख्यौली थलोमै छोडेर गएका छौं । विदेश हाम्रो अस्थाई लक्ष्य मात्र हो । त्यसैले विदेशमा हुर्केका÷हुर्कदै गरेका सन्ततीहरुलाई पुर्खाको थातथलो चिनाउने, संस्कृति, परमपरा सिकाउने र हाम्रा देवतालाई चिनाउन ‘बाजेबजैको घरमा, नाती÷नातिनी पर्यटक’ अभियान चलाउने छु । गाउ“मा स्वीच्छिक स्वयंसेवा कार्यक्रम बनाउने छु ।

२, हाम्रा नया“ पुस्ता विदेशका स्कुल, कलेजबाट ज्ञान, सिप र योग्यता हा“सिल गरेका छन÷गर्दैछन । उनीहरुलाई पु“जी, सिप र अवसरहरु लिएर यहा“का नया“ नया“ लगानीका क्ष्ँेत्रस“ग साक्ष्ाँतकार गराउने÷अन्र्तक्रिया गर्ने कामको थालनी गर्ने छु ।

३, विश्वका विभिन्न मुलुकमा छरिएर रहेका म्याग्देखी समुदायलाई मोना ग्लोबल इन्भेष्टसमा आवद्ध गर्न अहिले भैरहेको पहल र प्रयत्नहरुलाई थप मझवुत बनाउने छु । छलफल, बहस र अन्र्तक्रिया मार्फत थप विश्वासको वातावरण बनाउने छु ।
४, नेपाल सरकार÷स्थानिय तह (बेनी नगरपालिकाले आवश्यक जग्गा उपलब्ध गराउन संभव भयो भने मोना आईसिसीको तर्फबाट म्याग्दी सदरमुकाम बेनीमा जिल्लाका सवै जातजातीको कला, संस्कृति, सभ्यता र परम्परा झल्कने मुजियम जस्लाई हामी ‘मोना हाउस’ निर्माण गर्न मेरो प्रतिवद्धता गरेको छु ।

५, सानो पु“जीले ठूला प्रोजेक्ट संञ्चालन गर्न सकिन्न । त्यसकालागी ठूलो पु“जी चाहिन्छ । हामी प्रवासी म्याग्देलीहरु जिल्लामा विदेशमा आर्जेको पु“जी, सीप, ज्ञान र प्रविधीलाई जिल्लामा भित्राई सामुहिक लगानी गर्न चाहन्छौं । त्यसकालागी जिल्लामा लगानी योग्य प्रोजेक्ट, लगानीमैत्री वातावरण र लगानी सुरक्षाकालागी भरपर्दो र विश्वासनीय इन्भेष्टमेन कम्पनी वा अवस्था आवश्यक हुन्छ । म विदेशका विभिन्न कम्पनीहरुमा सामुहिक लगानी गरेका, जिल्लामा लगानी योग्य ड्रिम प्रोजेक्टको डिपिआर गर्न सक्ने दक्ष प्रवासी म्याग्देली र प्रोजेक्टमा स्थानीयको अपनत्व महसुस गराउन स्थानीय साझेदार विच अन्र्तक्रिया गराउन चाहन्छु ।

Related News

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

TOP
Click to listen highlighted text!