२०८१ जेष्ठ ११
May 24, 2024, Friday

मोनाको पाँचौ महाधिवेशन सुरु,लगानी भित्र्याउन सांसद गर्बुजाको आग्रह

बेनी । विभिन्न पेसा र व्यवसायका लागि प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनमा बेनीमा सुरु भएको छ । शुक्रबारदेखि म्याग्दी सदरमुकाम बेनीमा सुरु भएको महाधिवेशनको प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ उद्घाटन गर्नुभयो ।

Advertisement

सांसद गर्बुजाले महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै जिल्लामा सामाजिक तथा मानवीय क्षेत्रमा प्रवासी म्याग्दीलीहरुले महत्वपुर्ण योगदान पु¥याएको बताउनुभयो । स्थापनाकालदेखि नै जिल्लामा आइपर्ने आपतविपतको समयमा संगै विकासमा समेत प्रवासी म्याग्दीलीले खेलेको भुमिका प्रशसंनीय भएको बताउनुभयो । प्रवासी म्याग्दीलीहरुले पुँजी लगानी गरी जिल्लामा रोजगारी सिर्जना गर्ने खालका उद्योग खोल्न समेत आग्रह गर्नुभयो ।

जिल्लामा लगानी भित्र्याउन आग्रह गर्दै सांसद गर्बुजाले भन्नुभयो,‘प्रवासमा पसिना बगाएर ,आफ्नो छाक कटाएर प्रवासी म्याग्दीलीहरुले जिल्लाको सामाजिक,आर्थिक र मानवीय क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याउँदै आउनुभएको छ । यो प्रशसंनीय काम हो । अब जिल्लाको समृद्धी र विकासका लागि लड्नुपर्ने समय आएको छ । हामी जिल्लाका सबै राजनितिक दल ,जनप्रतिनिधिहरु र प्रवासमा रहेका म्याग्दीलीहरु एक भएर अगाडी बढ्न आवश्यक छ ।’ गैरआवासीय नेपाली नागरिकलाई समान अधिकार दिलाउन आफुले पहल गरिरहेको जानकारी गराउनुभयो । कांग्रेस म्याग्दीका सभापति समेत रहनुभएका सांसद गर्बुजाले मोनाले केही वर्ष अघि जिल्लामा बाढी पहिरो विस्थापित पीडित परिवारलाई आवास निर्माण र राहत सहयोग गरेर राज्यले गर्नुपर्ने काम गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।

पुर्व मन्त्री थममाया थापा र गण्डकी प्रदेशका भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले प्रवासमा रहेका म्याग्दीलीहरुको योगदान महत्वपुर्ण रहेको बताउनुभयो । नकारात्मक कुराहरुलाई बढी प्राथमिकता दिने गरेको बताउनुभयो । ‘जिल्लामा उद्योग खोल्न आग्रह गर्दै मन्त्री जुग्जालीले सुरक्षा व्यवस्था र पुर्वाधारको काम राज्यले गर्न तयार छ ,’ मन्त्री जुग्जालीले भन्नुभयो ।

त्यसैगरी संविधान सभासदस्य रेशमबहादुर बानियाँ ,गण्डकी प्रदेश सभा सदस्यद्धय हरिबहादुर भण्डारी र विमला गौचनले प्रवासमा रहेका म्याग्दीलीहरुलाई जिल्लाको पर्यटन ,जलविद्युत ,उद्योग लगायत क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरिञ्जीवि शर्मा ,नेकपा एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदी ,जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा र अन्नपुर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनले मोनाले आपतविपत,मानवीय र सामाजिक क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै प्रशंसा गर्नुभयो ।


मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिका प्रमुख संरक्षक ओमनारायण जुग्जाली ,पुर्व अध्यक्षद्धय प्रकाश पुन र योगेन क्षेत्रीले प्रवासी म्याग्दीलीहरुले स्थापनाकालदेखि म्याग्दीमा विभिन्न क्षेत्रमा ठुलो सहयोग पु¥याउँदै आएको बताउनुभयो । प्रमुख सल्लाहकार मिम पुर्जाले महाधिवेशनका लागि सहयोग पु¥याउने सबैलाई धन्यवाद दिनुभयो । मोनाका अध्यक्ष अम्मर छन्त्यालले आफ्नो कार्यकालमा शिविर मार्फत अस्पतालको पहुँच बाहिर रहेका करिब दुई हजार भन्दा बढी स्तन क्यान्सर पीडित महिलाहरुलाई सेवा उपलब्ध गराईको बताउनुभयो । प्रवासी म्याग्दीहरुको साझा मोना बहुउद्धेश्यीय सहकारीको प्रक्रिया अन्तिम चरणमा पुगेको उहाँको भनाइ छ ।

त्यसैगरी कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल ,नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल ,कार्यक्रममा सल्लाहकार आशिका गुरुङ,रविन शेरचन ,शिवप्रसाद पौडेल लगायतले बोल्नुभएको थियो । महासचिव हरि राम्जाली ,शैल्ताज कुँवर र सचिव सुवोध बरुवालले संचालन गर्नुभएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष तथा महाधिवेशन संयोजक ददिवल खड्काले स्वागत गर्नुभएको थियो ।


महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा नेतृत्वका लागि हालका वरिष्ठ उपाध्यक्ष ददीवल खड्का र सल्लाकार मीम पुर्जाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ । खड्का जापान र पुर्जा नेदरल्याण्डमा बसोबास गर्नुहुँन्छ । महाधिवेशनमा २८ देशबाट प्रतिनिधि सहभागी भएका छन् ।

उद्घाटन कार्यक्रममा चिमखोलाको थालीनाचँ प्रस्तुत गरिएको थियो । महाधिवेशनबाट मोनाको आगामी दुई बर्षे कार्यकालको लागी नयाँ नेतृत्व नयन गरिने मोनाले जनाएको छ । कार्यक्रममा प्रथम मोना कप पालिका स्तरीय पुरुष र महिलाको भलिबल तथा बेनी देखि लभ्लिहिल सम्मको मिनी म्याराथुन दौड प्रतियोगिताका विजेता ,उपविजेता ,तृतिय र सान्त्वना भएका खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

एथलेटिक्स खेलाडी रिक्जना माझीलाई दश हजार रुपैयाँ सहित सम्मान गरिएको छ । विश्वका २८ राष्ट्रहरुमा मोना राष्ट्रिय कार्यकारी समिति गठन भई २० हजारको हाराहारीमा रहेका छन् । उद्घाटन समारोह अघि बेनी बजारमा विभिन्न जातजाति, समुदाय र संघ संस्थाको पहिचान झल्कने झाँकी सहितको ¥याली निकालिएको थियो ।

Related News

हिरोको जुुम स्कुटर बेनीमा, पुुरानोसँग एक्सचेन्जको पनि सुविधा
हिरोको जुुम स्कुटर बेनीमा, पुुरानोसँग एक्सचेन्जको पनि सुविधा
  • २०८० आश्विन २७, शनिबार ०२:४९

हिरो मोटोकर्प कम्पनीको नयाँ इनिङको पहिलो हिट जुम स्कुटर बेनीमा बिक्री शुरु भएको छ । Advertisement हिरो मोटोकर्पको बेनी स्थित...

अन्नपूर्णमा नमुना युवा गाउँ सभा अभ्यास सुरू
अन्नपूर्णमा नमुना युवा गाउँ सभा अभ्यास सुरू
  • २०८० आश्विन २७, शनिबार ०२:४९

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा नमुना युवा संसद कार्यक्रम अन्तर्गत सञ्चालित तिन दिने नमुना युवा संसद अभ्यास...

अन्नपूर्णका व्यवसायीलाई कर सम्बन्धि अभिमुखीकरण
अन्नपूर्णका व्यवसायीलाई कर सम्बन्धि अभिमुखीकरण
  • २०८० आश्विन २७, शनिबार ०२:४९

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कर सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा पालिकाका जनप्रतिनिधि, पालिका भित्रका होटल...

TOP