२०८३ असार २७
July 11, 2026, Saturday

लायन्स क्लवले ८० बर्ष पूरानो चौतारी मर्मत र बटुवालाई बस्ने बेन्च सहयोग

म्याग्दीको सदरमुकाम बेनीस्थीत बिरेन्द्रचोक टोल विकास समितिले लायन्स क्लवको सहयोगमा ८० बर्ष पूरानो चौतारीको रंगरोगन, मर्मत तथा बस्ने बेन्च राखेको छ । जिल्लाको प्रमुख प्रशासनीक केन्द्र बिरेन्द्रचोकको चौतारीमा बटुवालाई बस्न असहज भएपछि लायन्स क्लव अफ बेनी महारानीले फलामको बेन्च र लायन्स क्लब अफ बेनी सिटीले रंगरोगनमा सहयोग गरेको छ ।

शनिबार विजय दशमी तथा शुभ दिपावलीको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सदरमुकाम बेनीको सबैभन्दा ठूलो र धेरै बटुवाहरू बस्ने चौतारीको मर्मतसम्भार तथा आराम गर्ने बेन्च थपिएको टोल सुधार समितिका अध्यक्ष महेन्द्र श्रेष्ठले बताए ।

गण्डकी प्रदेशका मुख्य न्यायधिवक्ता चिरञ्जीवि शर्माको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा लायन्स क्लव महारानीकी अध्यक्ष जुनु उदास श्रेष्ठ र लायन्स क्लव बेनी सिटीका अध्यक्ष अन्जित खानलाई कदरपत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले टोलबासीको सहकार्यबाट धेरै रचनात्मक कार्य भएको बताउँदै पूरानो चौतारी संरक्षणमा निरन्तर सहयोग आवश्यक रहेको बताए ।

त्यस्तै बेनी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष एवम् नगरका प्रबक्ता रमेशकुमार श्रेष्ठले वडाभित्रको नमुना टोलको रुपमा स्थापित बिरेन्द्रचोकलाई आवश्यकता अनुसारको सहयोग गर्ने बताए । सोही अवसरमा नेपाल भाषा मंकाःखलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, टोल विकास समितिका निर्वतमान अध्यक्ष दलप्रसाद श्रेष्ठ, सल्लाहकार कुलप्रसाद श्रेष्ठ, लायन्स क्लव महारानीकी अध्यक्ष जुनु उदास श्रेष्ठ, लायन्स क्लव बेनी सिटीका अध्यक्ष अन्जित खानले समेत मन्तब्य राखेका थिए ।

स्वर्गीय सन्तप्रसाद बद्रचार्यले बि.स २००० मा रोपेको पिपलको बोटमा थप फलामको बेन्च र भर्याङ हाल्ने प्रतिबद्धता लायन्स क्लव अफ महारानीले गरेको छ । सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमको अध्यक्षता श्रेष्ठ, स्वागत कोषाध्यक्ष प्रतिक्षा श्रेष्ठ र सञ्चालन सल्लाहकार हरिकृष्ण गौतमले गरेका थिए । बि.स २०७२ सालमा स्थापना भएको टोल विकास समितिले दैनिक सरसफाई, पिपलको बोट नजिकै खानेपानी पुष्पबाटिका सरसफाई सहित विभिन्न कार्यक्रम गदैं आइरहेको छ ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP