२०८३ जेष्ठ २५
June 8, 2026, Monday

काँग्रेसका महामन्त्री थापा घोडेपानीमा

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीका नेताहरुलाई कार्यकर्तामुुखी बनाउन विधान संसोधन गरिने बताउनुुभएको छ ।

Advertisement

म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ घोडेपानीमा मंगलबार साँझ स्थानीय कार्यकर्ताहरुसँगको भेटघाटका क्रममा महामन्त्री थापाले काँग्रेसको संगठन बलियो बनाउन बिधानमा संसोधनको प्रस्ताव लैजाने बताउनुु भएको हो ।

Advertisement

“उमेद्वार बन्न वडा, पालिका र जिल्ला तहकै कार्यकर्ताबाट अनुुमोदित हुुनुपर्ने बिधानमै व्यवस्था गर्न आवश्यक छ,” उहाँले भन्नुुभयो “नेतालाई कार्यकर्ता र जनताप्रति जवाफदेही र उत्तरदायी बनाउन बिधान संसोधन गर्न छलफलमा छौ ।” थापासँग स्थानीय कार्यकर्ताहरुले पार्टीको नेतृत्व र चुुनावमा उमेद्वारलाई टिकट पाउनका लागि नेताको वरिपरि घुुम्ने र कार्यकर्तालाई वेवास्ता गरेका गुुनासो गरेका थिए ।

प्रतिनिधिसभा सदस्य समेत रहनुुभएका थापासँग घोडेपानीका होटल व्यवसायीहरुले कोभिडपछिको पर्यटन अझै लयमा फर्कन नसकेको, जलवायुु परिवर्तनको असर पर्यटन व्यवसायमा पनि परेको र सडकका कारण विस्थापित पदमार्गको विकल्प बनाउनुपर्ने बनाउन अनुुरोध गरेका थिए ।

थापाले नेपालीहरुलाई विदेश भन्दा पनि पहिले नेपालनै घुम्ने वातावरण बनाउन सकेमा नेपालको पैसा विदेशिन रोकिने बताउनुुभयो । घोडेपानीका होटल व्यवसायी सपना गुुरुङले पुुराना पदमार्गलाई जोगाएर सडक बनाउन आवश्यक रहेको बताउनुुभयो ।

अर्का होटल व्यवसायी जुुली ठकुुरी पुनले कोभिडका कारण थलिएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन प्रर्वद्धनात्मक गतिबिधिमा जोड दिनुुपर्ने बताउनुुभयो । सडकका कारण पर्यटकको बसाई छोटिएकाले नयाँ गन्तब्यको पहिचान र प्रर्वद्धन गर्न उहाँले बताउनुुभयो ।

अन्नपूूर्ण गाउँपालिकाका पुुर्व अध्यक्ष समेत रहनुुभएका घोडेपानीका होटल व्यवसायी डमबहादुुर पुुनले कास्कीको नयाँपुुल घोडेपानी हुुदै पोखरेबगर जोड्ने पोखरा बेनी जोमसोम सडकको वैकल्पिक सडक बनाउनुुपर्ने बताउनुुभयो । भुुरुङ–तातोपानीका होटल व्यवसायी प्रेम गुुरुङले टानले संकलन गर्ने करको सदुुपयोग नभएको गुुनासो गनुुभयो ।

पुुर्वमन्त्री समेत रहनुुभएका थापाले घोडेपानी पुुनहिल क्षेत्रको पर्यटन पूर्वाधार निर्माण र प्रर्वद्धनका लागि राज्यको लगानी भित्र्याउन पहल गर्ने बताउनुुभयो । नेता थापा पदयात्राका लागि कास्कीको उल्लेरी हुुदै मंगलबार साँझ घोडेपानी आउनुुभएको हो ।

उहाँलाई घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मिना पुुन, होटल व्यवसायी टेकसर पुुन लगायतले स्वागत गर्नुुभएको थियो । मंगलबार बिहान पुुनहिलबाट दृष्य अवलोकन गरेर कास्कीको घान्द्रुुक जाने कार्यक्रम रहेको थापाको भ्रमण टोलीका सदस्यले बताएका छन् ।  

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP