२०८३ भाद्र २
August 18, 2026, Tuesday

पुनहिलबाट नेता थापाको सन्देश– पदमार्गलाई धुुवा र धुुलोमुुक्त बनाउनपर्छ

Advertisement

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पर्यटकीय पदमार्गहरुलाई धुुवाँ र धुुलोमुुक्त बनाउनुुपर्ने बताउनुुभएको छ ।

म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल पुुनहिलमा बुुधबार बिहान पत्रकारहरुसँग कुुराकानी गर्नुुहुदै प्रतिनिधिसभा सदस्य समेत रहनुुभएका थापाले सडक विस्तारसँगै पर्यटन व्यवसायको आधार पैदलमार्गहरु मासिन थालेकोमा चिन्ता व्यक्त गर्नुुभयो ।

“कास्कीको नयाँपुल देखि म्याग्दीको घोडेपानी आउँदा सडकमा धुुलो खाँदै पर्यटकहरु नमज्जा मानेर हिडिरहेको देख्दा दुुःख लाग्यो,” उहाँले भन्नुुभयो “नेपालको पर्यटनको विशिष्टता बोकेको पदमार्ग हुुन् । पर्यटनको विशिष्टता मासिन दिन नहुुन सचेत बन्नुुपर्ने देखिएको छ ।”

पर्यटकीय क्षेत्रमा नयाँ सडक निर्माण गर्दा पदमार्ग र प्राकृतिक सम्पदालाई असर नपर्ने बनाउन नीतिगत पहलका गर्ने पुुर्व मन्त्री समेत रहेका थापाले बताउनुुभयो । शान्त, एकान्त वातावरण, वन पैदावार, वन्यजन्तुुको संरक्षणका साथै पदमार्गलाई धुुवाँ र धुुलो मुुक्त बनाउनुपर्ने थापाको भनाई छ ।

काठमाडौ देखि पोखरा नयाँ पुुल उल्लेरी हुुदै हवाई, गाडी र पैदलयात्रा मार्फत एकै दिनमा घोडेपानी आउनुुभएका थापाले नेपालीलाई विदेश भन्दा नेपालकै पर्यटकीय स्थल घुुम्न प्रोत्साहन गर्नुुपर्ने बताउनुुभयो । “विदेशी पर्यटक नेपाल आउँदा भन्दा नेपालबाट विदेश घुम्न जानेहरु धेरै हुुँदा नेपालको पैसा बाहिरिएको छ,” उहाँले भन्नुुभयो “नेपालमै धेरै घुुम्नलायक ओझेलमा परेका ठाउँहरुको पहिचान, प्रर्वद्धन गरेर विदेशिने पैसा रोक्न नीतिगत रुपमा पहल गर्नुपर्ने महशुुस गरे ।”

समुुन्द्रि सतहदेखि तीन हजार २१० मिटर उचाईमा रहेको पुुनहिलबाट धौलागिरि, गुुर्जा, अन्नपूूर्ण, माछापुुच्छ्रे, निलगिरी लगायतका हिमशृृङखला, सुुर्योदय, पहाडी भूूगोलको अवलोकन गर्न सकिन्छ । लालीगुराँसको जंगलको टाकुुरामा रहेको पुुनहिलको सौन्दर्यले मोहित बनाएको थापाले बताउनुुभयो ।

घोडेपानीबाट करिब ४५ मिनेट उकालो हिडेपछि पुुनहिल पुुग्न सकिन्छ । असोज कात्तिक पर्यटकको याम हो । गत वर्षको तुुलनामा पर्यटक आगमन बढेपनि कोभिड अगाडीको अवस्थामा पाहुुनाहरु आउन नसकेको र प्रर्वद्धनमा जोड दिनुुपर्ने अन्नपूूर्ण गाउँपालिकाका पुुर्व अध्यक्ष समेत रहनुुभएका घोडेपानीका होटल व्यवसायी डमबहादुुर पुनले ध्यानाकर्षण गराउनुुभयो ।

घोडेपानी पुुनहिल अन्नपूूर्ण चक्रीय पदमार्गको प्रमुुख गन्तब्य हो । कोभिड अगाडी छ महिनामा ३० हजार जना भन्दा बढी पर्यटक आएकोमा यो वर्ष बैशाख देखि कात्तिक दोस्रो हप्तासम्म चौध हजार जना मात्र पर्यटक आएका छन् । घोडेपानीमा २५ वटा सुविधायुुक्त होटलहरु छन् ।

कोभिड अगाडी भरिभराउ हुुने होटलमा आधा मात्रै पाहुुनाहरु रहेका घोडेपानी होटल टोल सुुधार समितिका उपाध्यक्ष जुुली ठकुुुरी पुुनले बताउनुुभयो । थापाको टोली घोडेपानी देखि बुुधबार कास्कीको पर्यटकीय स्थल घान्द्रुुकतर्फ गएको छ । पुुनहिलमा थापाले घोडा चढेर फोटो खिचाउनुुभयो । थापासँग फोटो खिचाउने नेपाली पर्यटकहरुको भिड लागेको थियो ।

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP