२०८३ असार २७
July 11, 2026, Saturday

समाजवादी मोर्चा म्याग्दीकाे भूूकम्पमा परेर ज्यान गुुमाएकाहरुको स्मृतिमा शनिबार बेनीमा शोकसभा

बेनी, समाजवादी मोर्चा म्याग्दीले भूूकम्पमा परेर ज्यान गुुमाएकाहरुको स्मृतिमा शनिबार बेनीमा शोकसभा गरेर श्रद्धाञ्जली व्यक्त गरेको छ ।

नेकपा (माओवादी केन्द्र), नेकपा एकिकृत समाजवादी, नेकपा र जनता समाजवादी पार्टी आवद्ध मोर्चाले आयोजना गरेको शोकसभामा विभिन्न दलका प्रतिनिधि, जनप्रतिनिधि र सरकारी अधिकारीहरुले राष्ट्रिय विपद्को व्यवस्थापन गर्न सबै एकतावद्ध बन्नुुपर्ने बताउनुुभयो ।

दशै, तिहार, छठ लगायत पर्वको अवसरमा मोर्चाले चियापान र शुुभकामना आदानप्रदानका लागि तय गरेको कार्यक्रम शुुक्रबार राती जाजरकोट र रुकुुम पश्चिममा ठूलो जनधनको क्षति हुुने गरि ६ दशमलब ४ रेक्टर स्केलको भूूकम्प गएपछि शोकसभामा रुपान्तरण गरिएको थियो ।

कार्यक्रममा मोर्चाका जिल्ला संयोजक समेत रहनुुभएका गण्डकी प्रदेश सरकारका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुुर जुुग्जालीले प्रधानमन्त्री पुुष्पकमल दाहाल स्वयम भूूकम्प प्रभावित क्षेत्रमा पुुगेर राज्यको सवै शक्ति उद्धार र राहतमा परिचालन भएको बताउनुुभयो ।

“सबै तहका सरकार, संघ संस्था, निकाय उद्धारमा केन्द्रित भएको छ । राष्ट्रिय विपद्को सामना गर्न गर्न सबैले सहकार्य र समन्वय गर्दै हातेमालो गर्नुुपर्छ,” उहाँले भन्नुुभयो “गण्डकी प्रदेश सरकारले औषधी र चिकित्सकको टोली भूूकम्प प्रभावित क्षेत्रमा पठाएको छ । आवश्यक परेको अवस्थामा थप सहयोग गर्न तयार छौ ।”

प्रतिनिधिसभा सदस्य तथा नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुुर गर्बुजा (खम्बिर)ले राष्ट्रिय विपद्को घडीमा सबैले सहकार्य गरेर उद्दार, राहत र क्षति न्युुनीकरणको काम गर्नुुपर्ने बताउनुुभयो । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुुमार थापाले विपद्को सामानासँगै एकता र सहकार्यको वातावरण बनाउनुुपर्ने बताउनुुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका नेता माधवप्रसाद रेग्मी, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्णकुुमार विश्वकर्मा, राप्रपाका जिल्ला अध्यक्ष बिरबहादुुर थापा क्षेत्री, नेकपाका जिल्ला ईञ्चार्ज उषा घर्ति (घिमिरे), जनता समाजवादी पार्टीका ईन्द्रबहादुुर छन्त्याल, नेशनल मंगोल अर्गनाइजेशनका डिके पुुनले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

मोर्चाका जिल्ला सदस्य तथा नेकपाका नेता मिनबहादुुर बानियाले सञ्चालन गर्नुुभएको कार्यक्रममा कर्मचारी तथा सुुरक्षा निकायको तर्फबाट प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले मन्तब्य व्यक्त गर्नुुभएको थियो ।

शोकसभा लगत्तै बसेको मोर्चाको बैठकपछि संयोजक जुुग्जालीले एक विज्ञप्ति जारी गरेर भूूकम्पमा ज्यान गुुमाएकाहरुलाई श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनमा समवेदना, घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुुभएको छ । उद्दार, राहत र व्यवस्थापनको काममा परिचालन हुुन मोर्चाका नेता कार्यकर्तालाई विज्ञप्ति मार्फत आग्रह गरिएको छ । यसैगरी मोर्चाले आगामी मंसिर २४ गते बेनीमा घोषणा सभा गर्ने निर्णय गरेको सदस्य बिनोद केसीले जानकारी दिनुुभयो ।  

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP