मुस्ताङको एक विद्यालयले छात्रावासमा वाफबाट खाना पकाउने प्रविधिको प्रयोग गरिएको छ । ग्यास र विद्युतबाट खाना पकाउँदा बढी खर्च र समय लाग्ने भएकाले छिटो छरितोका लागि वाफ (स्टिम) प्रविधि उपयोग गरेको हो । यो प्रविधिको प्रयोगबाट एकै पटकमा पाँच प्रकारका खाना १५ मिनेटमा तयार पार्न सकिन्छ ।
मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा रहेको नालन्दा बौद्ध विद्यालयले छात्रावासमा वस्ने विद्यार्थी, शिक्षक र कर्मचारीहरुलाई खाना पकाउन विगत नौं वर्षदेखि वाफ प्रविधिको उपयोग गर्दै आएको विद्यालयले जनाएको छ ।
एकैपटकमा धेरै जनालाई खाना पकाउन यो प्रविधिबाट निकै सजिलो हुने विद्यालयका प्रधानाध्यापक अवन तुलाचनले बताउनुभयो । उहाँले भन्नुभयो, “एकैपटकमा तीन सयदेखि १५ सय सम्मलाई भात, दाल, तरकारी, चिया लगायत पाँच किसिमका खाना पकाउन सकिन्छ । यो प्रविधि पुरानो भएपनि उपयोगी छ । दक्षिण भारतबाट भित्र्याइएको प्रविधि हो अहिले काठमाडौंको थानकोटमा मात्र छ ।”
एकै पटकमा पाँच वटा भाडामा तीन सय विद्यार्थी, शिक्षक र कर्मचारीलाई खाना पकाउने गरेको उहाँले बताउनुभयो । यो प्रविधिबाट १५ मिनेटमा सवै खाना तयार हुनेभएकाले खाना पकाउने समयको वचत पनि भएको उहाँको भनाइ छ ।
फलामको पाइप लाइनबाट आगोको भट्टिमाथि राखिएको ६० लिटर क्षमताको फलामकै घ्याम्पोमा आउने पानी तताएपछि उत्पन्न हुने वाफलाई अर्को कोठामा रहेका भाडामा पुर्याउने संरचना जडान गरिएको छ । खान पकाउने प्रत्येक भाँडाका लागि आवश्यक पर्ने वाफ र पानीको फरकफरक गेटवल जडान गरिएको छ । ३०÷३० लिटर क्षमताका भाँडा माझ्न र सफा गर्न मिल्ने गरी स्थायी किसिमले राखिएको छ ।
भट्टीबाट फलामको पाइपलाइनमा आपूर्ती गरिने तातो वाफले भाडा तात्ने र भित्र राखिएको दाल, चामल, तरकारी पाक्ने गरेको प्रअ तुलाचनले बताउनुभयो । उहाँका अनुसार आवश्यक परेको भाँडामा अनुकूल समयमा वाफ आपूर्ति गराउने र पकाउन सकिन्छ ।
आगोको चुलो वा ग्यासमा सवै खाना तयार गर्न घण्टौं लाग्ने तर यो प्रविधिबाट चाँढो खाना तयार हुने विद्यालयका लागि उपयोगी भएको उहाँले बताउनुभयो । यो प्रविधि जडान गर्न १३ लाख रुपियाँ खर्च भएको उहाँले जानकारी दिनुभयो । पद्मसम्भव च्यारिटी फाउण्डेशनद्धारा सञ्चालित विद्यालयमा कक्षा १ देखि १० सम्म निशुल्क आवसीय सुविधा सहित अध्ययपन गराउने व्यवस्था छ । विद्यालयमा हाल दुईसय १५ विद्यार्थीहरु अध्ययनरत छन् ।
Advertisement नेकपा एमाले म्याग्दीका नेता तथा कार्यकर्ता र नेपाल टेलिकमको कार्यालय मर्मतमा खटिएका मजदुर बिचको विवाद अहिले सामाजिक सञ्जालमा भाइरल...
वन डढेलो नियन्त्रण, सुक्खापन रोकथाम, मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण थालिएको छ । यहाँस्थित डिभिजन...
म्याग्दी जिल्लाले पाएको हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयन गराउन माग गरिएको छ । विहिवार बेनीमा सम्पन्न जिल्लाको सभाको एघारौँ अधिवेशनले हिमाली...