Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २२
October 8, 2026, Thursday

मुस्ताङको बौद्ध विद्यालयमा बाफबाट खाना पकाउने प्रविधि

 मुस्ताङको एक विद्यालयले छात्रावासमा वाफबाट खाना पकाउने प्रविधिको प्रयोग गरिएको छ । ग्यास र विद्युतबाट खाना पकाउँदा बढी खर्च र समय लाग्ने भएकाले छिटो छरितोका लागि वाफ (स्टिम) प्रविधि उपयोग गरेको हो । यो प्रविधिको प्रयोगबाट एकै पटकमा पाँच प्रकारका खाना १५ मिनेटमा तयार पार्न सकिन्छ ।  

Advertisement

मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा रहेको नालन्दा बौद्ध विद्यालयले छात्रावासमा वस्ने विद्यार्थी, शिक्षक र कर्मचारीहरुलाई खाना पकाउन विगत नौं वर्षदेखि वाफ प्रविधिको उपयोग गर्दै आएको विद्यालयले जनाएको छ ।  

Advertisement

एकैपटकमा धेरै जनालाई खाना पकाउन यो प्रविधिबाट निकै सजिलो हुने विद्यालयका प्रधानाध्यापक अवन तुलाचनले बताउनुभयो । उहाँले भन्नुभयो, “एकैपटकमा तीन सयदेखि १५ सय सम्मलाई भात, दाल, तरकारी, चिया लगायत पाँच किसिमका खाना पकाउन सकिन्छ । यो प्रविधि पुरानो भएपनि उपयोगी छ । दक्षिण भारतबाट भित्र्याइएको प्रविधि हो अहिले काठमाडौंको थानकोटमा मात्र छ ।”

एकै पटकमा पाँच वटा भाडामा तीन सय विद्यार्थी, शिक्षक र कर्मचारीलाई खाना पकाउने गरेको उहाँले बताउनुभयो । यो प्रविधिबाट १५ मिनेटमा सवै खाना तयार हुनेभएकाले खाना पकाउने समयको वचत पनि भएको उहाँको भनाइ छ । 

फलामको पाइप लाइनबाट आगोको भट्टिमाथि राखिएको ६० लिटर क्षमताको फलामकै घ्याम्पोमा आउने पानी तताएपछि उत्पन्न हुने वाफलाई अर्को कोठामा रहेका भाडामा पुर्याउने संरचना जडान गरिएको छ । खान पकाउने प्रत्येक भाँडाका लागि आवश्यक पर्ने वाफ र पानीको फरकफरक गेटवल जडान गरिएको छ । ३०÷३० लिटर क्षमताका भाँडा माझ्न र सफा गर्न मिल्ने गरी स्थायी किसिमले राखिएको छ । 

भट्टीबाट फलामको पाइपलाइनमा आपूर्ती गरिने तातो वाफले भाडा तात्ने र भित्र राखिएको दाल, चामल, तरकारी पाक्ने गरेको प्रअ तुलाचनले बताउनुभयो । उहाँका अनुसार आवश्यक परेको भाँडामा अनुकूल समयमा वाफ आपूर्ति गराउने र पकाउन सकिन्छ । 

आगोको चुलो वा ग्यासमा सवै खाना तयार गर्न घण्टौं लाग्ने तर यो प्रविधिबाट चाँढो खाना तयार हुने विद्यालयका लागि उपयोगी भएको उहाँले बताउनुभयो । यो प्रविधि जडान गर्न १३ लाख रुपियाँ खर्च भएको उहाँले जानकारी दिनुभयो । पद्मसम्भव च्यारिटी फाउण्डेशनद्धारा सञ्चालित विद्यालयमा कक्षा १ देखि १० सम्म निशुल्क आवसीय सुविधा सहित अध्ययपन गराउने व्यवस्था छ । विद्यालयमा हाल दुईसय १५ विद्यार्थीहरु अध्ययनरत छन् । 

Related News

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

TOP
Click to listen highlighted text!