२०८३ श्रावण १०
July 26, 2026, Sunday

सिवाईसीको बेनी सेवा केन्द्रको १४ औ साधारणसभा सम्पन्न

सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको बेनी सेवा केन्द्र स्तरीय साधारणसभा बुधबार बेनीमा सम्पन्न भएको छ । बेनी सहित २५ वटा सेवा केन्द्र रहेको सहकारीको २५ हजार ७३ जना सेयर सदस्य रहेका छन ।

Advertisement

रु. नौ करोड ४४ लाख ४४ हजार शेयर पुँजी रहेको संस्थामा गत आर्थिक वर्ष २०७९÷८० मा रु. एक अरब, ३८ करोड, ४५ लाख एक हजार ५८६ बचत, रु. एक अरब ४५ करोड ९३ लाख ७९ हजार ११९ कर्जा लगानी र दायित्व रहित कोषहरुमा रु. नौ करोड ४० लाख ८८ हजार ३९२ रकम रहेको साधारणसभामा जानकारी गराइएको थियो ।

साधारणसभामा सिवाइसी सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्माले सदस्यले माया गरेसम्म कसैको श्रापले संस्था नबिग्रने पुष्टि भएको बताउदै विपन्न र पिछडिएको समुदायमा वित्तिय र गैर वित्तिय सेवाको पहुँच बढाउने अभियान जारी रहने प्रतिवद्धता जनाउनुभयो ।

सिद्धान्त विपरित चलेका केही सहकारीको समस्यालाई आधार मानेर समग्र सहकारीहरुका विषयमा नकारात्मक टिप्पणी नगर्न र आफ्नो लगानी रहेको संस्थालाई निगरानी गर्न सेयर सदस्यहरुलाई आग्रह गर्नुभयो ।

बेनी नगरपालिका–८ का वडा अध्यक्ष उत्तम कर्माचार्य, गरिमा विकास बैंकका सञ्चालक दिपेन्द्रकुमार श्रेष्ठ, परामर्शदाताको तर्फबाट धनन्जयकुमार श्रेष्ठ र सम्मानित सदस्यको तर्फबाट नवराज पौडेलले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा असल सदस्य बिधामा सेहुन रानामगर, दिनेश जि.सी., दिलकुमारी शेरचन, कुन्ती क्षेत्री, असल सदस्य परिचयपत्रमा रोजी बुढा जिसी, श्यामकुमारी छन्त्याल, लक्ष्मण शर्मा, केशवराज आचार्य, गैरीदेवी रिजाल, नवराज पौडेल सम्मानित हुनुभएको थियो ।

८० वर्ष पुरा गर्नुभएकी बेनपा ४ की कृष्णकुमारी श्रेष्ठ र बेनपा–६ की झरी पाध्यालाई स्वास्थ्य जाँच खर्च वापत रु. पाँच हजार प्रदान गरिएको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज शर्माले प्रगति र वित्तीय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सिवाईसी सहकारीको बेनी सदस्य सेवा केन्द्र संचालन तथा व्यवस्थापन उपसमिति संयोजक तुलसीनाथ सुवेदीको अध्यक्षता, सह–संयोजक भिमबहादुर श्रेष्ठको स्वागत र कोषाध्यक्ष माधव आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP