२०८३ श्रावण ९
July 25, 2026, Saturday

अनसनरत रमेश गुरुङ र गाउँपालिकाबिच सहमती

म्याग्दीको रघुगंगा गाउँपालिकाको कार्यालय परिसरमा पाँच दिनदेखि आमरण अनसन बस्नुभएका रमेश गुरुङ र गाउँपालिकाबिच सहमती भएको छ । गाउँपालिकामा विवादीत बनेको आधारभूत अस्पताल गाउँपालिकाको केन्द्र रहेको वडाको स्वास्थ्य चौकी स्तरोन्नती गरि बनाउनुपर्ने र गाउँपालिकाभित्र सञ्चालित जलविद्युत आयोजनाहरुमा स्थानीय जनशक्तिले काम गर्ने वातावरण सिर्जना गर्न माग गर्दै रघुगंगा गाउँपालिका–३ पिप्लेका युवा गुरुङ आमरण अनसनमा बस्नुभएको थियो ।

Advertisement

शुक्रवार गाउँपालिकामा भएको वार्तामा गुरुङले राख्नुभएको मागलाई एकसाताभित्र कार्यपालिका बैठक बोलाएर सम्वोधनका लागि पहल गर्ने गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी र उपाध्यक्ष प्रेमकुमारी पुनले प्रतिबद्धता जनाएपछि गुरुङले अनसन तोड्नुभएको हो । अनसनरत गुरुङ र गाउँपालिका बिच भएको लिखित सहमतीमा कार्यपालिका बैठकको म्याण्डेटलाई जतिसक्दो चाँडो गाउँसभा डाकेर अनुमोदनका लागि समेत पहल गर्ने प्रतिबद्धता समेत जनाइएको छ ।

सहमती पछि गाउँपालिका अध्यक्ष भण्डारी, उपाध्यक्ष पुन सहित बालिकाको हातबाट दहि खुवाएर गुरुङले अनसन तोड्नुभएको थियो । गुरुङले गत सोमबार गाउँपालिका कार्यालयमा आफ्नो दुई बुँदे मागपत्र दर्ता गरी आमरण अनसन सुरु गर्नुभएको थियो । मागपत्रमा गाउँपालिकाको आधारभूत अस्पताल गाउँपालिकाको सबै क्षेत्रलाई पायक पर्ने गरि गाउँपालिकाको केन्द्र रहेकै वडाको स्वास्थ्य चौकीलाई स्तरोन्नती गरेर बनाउनुपर्ने र गाउँपालिकाभित्र निर्माणधिन जलविद्युत आयोजनाहरुमा गाउँपालिकाका बेरोजगार युवायुवतिलाई तालिम प्रदान गरेर रोजगारको व्यवस्था गर्न माग गरिएको थियो ।

संघीय सरकारले तीन बर्ष अघि हरेक स्थानीय तहमा निर्माण गर्ने घोषणा गरेको आधारभूत अस्पतालको योजना रघुगंगा गाउँपालिकामा अहिलेसम्म पनि अन्योल बनेको छ । अस्पताल बनाउने ठाउँको विवाद र त्यस सम्बन्धमा गाउँपालिकाले फेरवदल गरेको निर्णयले रघुगंगामा अस्पताल योजना अनिश्चित भएको हो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP