२०८३ श्रावण ९
July 25, 2026, Saturday

दग्नाममा हेलिकप्पटरबाट गर्भवतिको उद्धार

म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा एक जना गर्भवतिको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

Advertisement

प्रसुति ब्यथा लागेर छटपटिएकी दग्नामकी ३७ वर्षीय किमाया गर्बुजालाई हेलिकप्टरबाट उद्धार गरेर पोखरा लगिएको हो । बुधबार दिउँसो बच्चा जन्माउन नसकेपछि बच्चा र आमाको अवस्था जटिल देखिएपछि दग्नाम स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले रघुगंगा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टिकाबहादुर शाहीलाई खबर गरेका थिए ।

शाहीले लगत्तै गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा खबर गर्नुभयो । मन्त्रालयले एयर लिफ्ट कार्यक्रम मार्फत एयर डाइनेष्टिको हेलिकप्टर दग्नाम पठायो । दग्नामबाट पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगेर गर्बुजालाई शल्यक्रिया मार्फत प्रसुति गराइएको थियो ।

पाठेघरमा बच्चा अगाडी साल आई अड्कीएको र प्रि मट्युरेड डेलिभरी केशका कारण गर्बुजालाई प्रसुति हुन समस्या भएको थियो । रघुगंगा गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख शाहीले समयमै उद्दार गरेर बच्चा र आमाको ज्यान बचाउन सफल भएको बताउनुभयो ।

दुई किलोग्राम तौल भएको बच्चालाई एनआइसियुमा राखेर उपचार भैरहेको र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP