म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा एक जना गर्भवतिको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
प्रसुति ब्यथा लागेर छटपटिएकी दग्नामकी ३७ वर्षीय किमाया गर्बुजालाई हेलिकप्टरबाट उद्धार गरेर पोखरा लगिएको हो । बुधबार दिउँसो बच्चा जन्माउन नसकेपछि बच्चा र आमाको अवस्था जटिल देखिएपछि दग्नाम स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले रघुगंगा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टिकाबहादुर शाहीलाई खबर गरेका थिए ।
शाहीले लगत्तै गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा खबर गर्नुभयो । मन्त्रालयले एयर लिफ्ट कार्यक्रम मार्फत एयर डाइनेष्टिको हेलिकप्टर दग्नाम पठायो । दग्नामबाट पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगेर गर्बुजालाई शल्यक्रिया मार्फत प्रसुति गराइएको थियो ।
पाठेघरमा बच्चा अगाडी साल आई अड्कीएको र प्रि मट्युरेड डेलिभरी केशका कारण गर्बुजालाई प्रसुति हुन समस्या भएको थियो । रघुगंगा गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख शाहीले समयमै उद्दार गरेर बच्चा र आमाको ज्यान बचाउन सफल भएको बताउनुभयो ।
दुई किलोग्राम तौल भएको बच्चालाई एनआइसियुमा राखेर उपचार भैरहेको र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ ।
म्याग्दीकोे लोपउन्मुख मौलिक पुख्यौली नाच प्रतियोगितामा धवलागिरी गाउँपालिका(३, मुना पुख्यौली समूह बिजेता बनेको छ । सदरमुकाम बेनीमा जारी आठौं म्याग्दी...
धौलागिरि अधिकृत बिक्रेता संघले बागलुङको जैमिनी नगरपालिका–१ मा रहेको सरस्वति आधारभूत विद्यालयमा खेलकुद र शैक्षिक सामग्री वितरण गरेको छ ।...
‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने मूल नारासहित म्याग्दीमा मङ्गलवार १०औं राष्ट्रिय योग दिवस–२०८१ मनाइएको छ...