२०८२ माघ ४
January 17, 2026, Saturday

कुवेतबाट फर्किएकी हिराकुमारीलाई सहयोग

खाडीमुलुक कुवेतबाट फर्किएकी म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारी चोखाललाई मोना कतार बहुद्देश्यीय अक्षय कोषले आर्थिक सहयोग गरेको छ ।

Advertisement

आकर्षक तलबको प्रलोभन देखाइ भारत हुदै गैरकानुनी रुपमा कुवेतमा बेचिएकी चोखालको छोराछोरीको शिक्षादीक्षाका लागि कतारमा रहेका म्याग्देलीको साझा संस्था मोना कतार अन्तरगत स्थापना भएको बहुद्देश्यीय अक्षयकोषले बुधबार घरमै पुगेर १५ हजार ५५५ आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

Advertisement

बैदेशिक रोजगारीमा समस्यामा परेका म्याग्देली तथा उपचार सहित विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको मोना कतार बहुद्देश्यीय अक्षय कोषका कार्यसमिति सदस्य हरिकृष्ण गौतम, मोना कतारका पूर्व उपाध्यक्ष पुन्य चोखालले हिराकुमारीलाई रकम हस्तान्तरण गरेका थिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा बेनपा–९ का निर्वतमान वडा सदस्य अम्मरबहादुर बस्नेत, जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँ, काउँलेगौडा यूवा क्लवका पूर्व अध्यक्ष चिरिञ्जीवि सुबेदी लगायतको उपस्थिती रहेको थियो ।सोही अवसरमा मोना कतारका निवर्तमान अध्यक्ष, प्रमुख सल्लाहकार एवम् मोना अन्तराष्ट्रियका कोषाध्यक्ष नरेन्द्र फगामी ५ हजार सहयोग गरेका थिए ।

जटिल रोगबाट ग्रसित श्रीमानको उपचार र छोराछोरीको शिक्षादीक्षाका लागि भारत हुँदै कुवेत पुगेकी चोखालले आर्थिक सहयोग गर्ने संघसंस्था र ब्यक्तिलाई धन्यवाद दिईन् । उनले आर्थिक सहयोगलाई छोराछोरीको शिक्षादीक्षामै खर्च गर्ने बताईन् । यता मोना कतार बहुद्देश्यीय अक्षय कोषका अध्यक्ष बिक्रम कार्कीले बैदेशिक रोजगारीमा समस्यामा परेकालाई प्राथमिकताका आधारमा सहयोग गर्ने बताए ।

‘संस्था स्थापनाकालमै छ, हामीले सानो सहयोगमार्फत पीडितको घरसम्म पुग्ने प्रयास मात्रै गरेका छौ’ अध्यक्ष कार्कीले भने । उनले गैरकानुनी रुपमा बैदेशिक रोजगारीमा महिला दिदीबहिनीलाई जानुपर्ने अवस्थाको अन्त्य गर्ने सचेतनामुलक अभियान सहितका कार्यहरु गर्नुपर्ने बताए । कुवेतीले दैनिक १८ घण्टासम्म काममा लगाएर यातना दिने गरेको थियो ।

‘कुवेतमा एक जनाले रिसिभ गरेका थिए। केही दिन एउटा घरमा राखेर कुवेतीको घरमा पठाए, ठूलो परिवार भएको घरमा काम गर्न लगाइयो। ‘कपडा धुने, भाँडा माझ्ने, सरसफाइ गर्ने लगायतका काम १८ घन्टासम्म गर्नुपथ्यो, मानवलाई जस्तो व्यवहार बालबालिकादेखि बृद्धसम्मले कहिल्यै गरेनन।’ हिराकुमारीले भनिन् ।

घरेलु कामदारका रुपमा कार्यरत रहँदा कुवेतीले जे भने पनि मान्नुपर्ने अवस्था रहेको उनी बताउँछिन्। ‘श्रम शोषण गरी मानसिक र शारीरिक यातना नरोकिएपछि सञ्चारमाध्यमको सहयोग माग्न बाध्य भए’ हिराकुमारीले भनिन् । ५० हजार मासिक कमाइ हुने र खानेबस्ने सुविधा भएको भन्दै भारतमा सक्रिय रहेका नेपाली दलाल ग्याल्पा लामाले कुवेतीको एक संस्थामा काम गर्ने भनी फ्रि भिसा र फ्रि टिकटमा लगेको तर त्यहाँ पुगेपछि घरेलु कामदारका रूपमा बेचिएको उनले बताईन् ।

नागरिक राष्ट्रिय दैनिकमा पीडित चोखालको समाचार सार्वजनिक भएपछि कुवेती नागरिकको घरबाट कुवेती एजेन्टको अपिसमा राखि सोही ठाउँबाट घर पठाइएको हो । ‘मलाई कुवेतीको घरबाट एजेन्टको अपिसमा लगेर समाचार किन बनाएको भन्दै एक महिलाले दवाव दिइन्, मैले बाध्य भएर समाचार बनाएको भन्दै प्रतिवाद गरे’ हिराकुमारीले भनिन् ।

उनले याचना सहितको भिडियो प्रकाशित भएपछि सबैको साथ र सहयोगले नेपाल फर्किन पाएको बताईन् । हिराकुमारीको भिडियो सार्वजनिक भएको करिब २ सातामै उद्धार भई नेपाल ल्याइएको छ । उनले नेपालमा फर्किएपछि निकै उत्साहित भएको र उद्धारमा सहयोग गर्नेलाई जिवनभर नविर्सिने बताईन् ।

उनले कुवेतीले करिब २५ दिनको तलब समेत नदिएको बताईन् । एक महिनाको तलबबाट एजेन्टले नेपाल फर्किने टिकट काटिदिएर बाँकी रहेको १७ हजार नेपाली दिएको चोखालको भनाई छ । नेपाल फर्किने बेलामा कुवेती एजेन्टको अपिसमा कार्यरतसरिता शर्माले कुवेतमा आफूखुसी आएको र बेचबिखनमा परेको होइन, कुवेतीले समेत कुनै यातना दिएको थिएन भन्ने भिडियोसमेत बनाएको समेत बताईन्। पीडित हिराकुमारीको उद्धारका लागि म्याग्दी प्रवासी नेपाली संघ मोना कुवेत, मोना अन्तराष्ट्रिय, गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतले समेत लगातार सक्रियता देखाएका थिए ।

मोना कुवेतका अध्यक्ष दिपक छन्त्यालले घरेलु कामदार चोखालको उद्धारका लागि गरिएको प्रयास सफल भएको बताए।उनले यो अभियानमा अलपत्र परेको खवरपछि नेपाली दुतावाससँग समेत समन्वयमा एनआरएनए कुवेतका अध्यक्ष रनध्वज लामाले समेत निरन्तर साथ दिएको बताए ।नेपाल सरकारले वैधानिक बाटोमार्फत घरेलु कामदारका रुपमा जान रोक लगाएसँगै अवैधानिक भारतको बाटो हुँदै महिलालाई घरेलु कामदारका रुपमा पु¥याउने घटना बढ्न थालेको छ ।

म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटकी एक महिला समेत अहिले उद्धारको पखाईमा छिन्। एजेन्टको विश्वासमा परेकी गएका नेपाली महिलाहरूले नारकीय जिवन विताइरहेको उद्धारपछि फर्किएकी हिराकुमारीले बताईन् । उनले अब आफ्नै गाउँमा काम गरी घरपरिवारसँगै रमाउने बताईन्। नेपाली एजेन्टले कुवेत जाँदा अन्य युरोपियन मुलुकमा जान सकिने पिआर पाइने, राम्रो काम र कमाइ हुने प्रलोभन समेत दिने गरेको पाइएको छ ।

Related News

बेनीमा पुस ३० देखि खाना हुने महोत्सवको तयारी पुरा
बेनीमा पुस ३० देखि खाना हुने महोत्सवको तयारी पुरा
  • २०८० मंसिर २०, बुधबार १६:१२

बेनी ः माघे संक्रान्ति पर्वको अवसरमा बेनीमा बुधबारदेखि शुरु हुन लागेको खाना महोत्सव एवं कृषि मेला प्रर्दशनीको तयारी पुरा भएको...

दिवंगत अभिभावकको स्मृतिमा अक्षयकोष स्थापना
दिवंगत अभिभावकको स्मृतिमा अक्षयकोष स्थापना
  • २०८० मंसिर २०, बुधबार १६:१२

बेनी बजार निवासी स्वर्गीय पुतलीदेवी र लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा उहाँका छोरा, छोरी र बुहारीले रु. पाँच लाख राशिको पुतलीदेवी–लक्ष्मीप्रसाद क्षेष्ठ...

लोकदिप बचतको १२ औ साधारणसभा, डिजिटल भुक्तानी थप प्रभावकारी बनाइने
लोकदिप बचतको १२ औ साधारणसभा, डिजिटल भुक्तानी थप प्रभावकारी बनाइने
  • २०८० मंसिर २०, बुधबार १६:१२

म्याग्दीको सदरमुकाम बेनीमा संचालनमा रहेको लोकदिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औ साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा...

TOP