२०८१ फाल्गुन ३
February 15, 2025, Saturday

राहुघाट आयोजनालाई गति दिन ऊर्जामन्त्रीको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनालाई गति दिन निर्देशन दिनुभएको छ । शनिबार म्याग्दी आउनुभएका मन्त्री बस्नेतले सरकारको प्राथमिकता प्राप्त आयोजना भएकाले छिटो निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको हो । 

Advertisement

मन्त्री बस्नेतले भन्नुभयो, ‘‘राहुघाट आयोजनालाई सरकारले प्राथमिकतामा राखेको छ । आयोजना सम्पन्न गर्न ढिला गर्नुहुँदैन । उत्पन्न समस्या समाधान गर्न सरकारले पहल गर्दछ ।’’ 

रघुगङ्गा गाउँपालिका ३ तिल्केनीचौरस्थित विद्युतगृह निर्माणस्थलको अवलोकन गर्न पुग्नुभएका मन्त्री बस्नेतलाई रघुगङ्गा हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक गणेश केसीले आयोजनाको प्रगतिको बारेमा जानकारी गराउनुभएको थियो । 

मन्त्रीसँगै पुग्नुभएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन निर्माण भइसकेकाले राहुघाट आयोजनालाई ढिला गर्न नहुने बताउनुभयो । आयोजनाको अहिलेसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाका प्रोजेक्ट म्यानेजर राजबहादुर विष्टले जानकारी दिनुभयो । 

उहाँका अनुसार सुरुङतर्फ ८९ प्रतिशत, विद्युतगृहतर्फ ६५ प्रतिशत र बाँधस्थलमा ६५ प्रतिशत भौतिक प्रगति भएको विष्टले जानकारी गराउनुभएको थियो । 

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको ६ हजार २७० मिटर लामो सुरुङ मध्य ६ सय ९७ मिटर सुरुङ खन्न बाँकी रहेको विष्टले जानकारी दिनुभयो । अबको ६ देखि ८ महिनाभित्रमा सुरुङको ब्रेकथ्रु हुने उहाँले बताउनुभयो । 

आयोजनाको बाँधस्थल रघुगङ्गा ४ दग्नाम र वडा नम्बर ५ झिँको सिमाना बुग्लमा छ । सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी) ले बाँध, सुरुङ र विद्युतगृह निर्माणको काम एकैसाथ अगाडि बढाएको छ । डेढ वर्षभित्र आयोजना सम्पन्न गर्ने गरी निर्माणको कामलाई गति दिइएको आयोजनाले जनाएको छ ।   

Related News

माओवादी घटक पार्टीहरुको ध्रुवीकरण, एकता र रुपान्तरणमा जोड
माओवादी घटक पार्टीहरुको ध्रुवीकरण, एकता र रुपान्तरणमा जोड
  • २०८० मंसिर २३, शनिबार १२:०१

३० औं जनयुद्ध दिवसको अवसरमा म्याग्दीको बेनीमा बुधबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीहरुले समान विचार हुने दलहरुको ध्रुवीकरण, एकता र...

आठ सय वर्ष पुरानो गुफाभित्रको लुरी गुम्बा ओझेलमा
आठ सय वर्ष पुरानो गुफाभित्रको लुरी गुम्बा ओझेलमा
  • २०८० मंसिर २३, शनिबार १२:०१

मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्वका बारेमा प्रचारप्रसार...

पन्ध्र हजार परिचयपत्र कार्यालयमै थन्कियो
पन्ध्र हजार परिचयपत्र कार्यालयमै थन्कियो
  • २०८० मंसिर २३, शनिबार १२:०१

बागलुङ, सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय...

TOP