२०८३ बैशाख १९
May 2, 2026, Saturday

राहुघाट आयोजनालाई गति दिन ऊर्जामन्त्रीको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनालाई गति दिन निर्देशन दिनुभएको छ । शनिबार म्याग्दी आउनुभएका मन्त्री बस्नेतले सरकारको प्राथमिकता प्राप्त आयोजना भएकाले छिटो निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको हो । 

Advertisement

मन्त्री बस्नेतले भन्नुभयो, ‘‘राहुघाट आयोजनालाई सरकारले प्राथमिकतामा राखेको छ । आयोजना सम्पन्न गर्न ढिला गर्नुहुँदैन । उत्पन्न समस्या समाधान गर्न सरकारले पहल गर्दछ ।’’ 

Advertisement

रघुगङ्गा गाउँपालिका ३ तिल्केनीचौरस्थित विद्युतगृह निर्माणस्थलको अवलोकन गर्न पुग्नुभएका मन्त्री बस्नेतलाई रघुगङ्गा हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक गणेश केसीले आयोजनाको प्रगतिको बारेमा जानकारी गराउनुभएको थियो । 

मन्त्रीसँगै पुग्नुभएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन निर्माण भइसकेकाले राहुघाट आयोजनालाई ढिला गर्न नहुने बताउनुभयो । आयोजनाको अहिलेसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाका प्रोजेक्ट म्यानेजर राजबहादुर विष्टले जानकारी दिनुभयो । 

उहाँका अनुसार सुरुङतर्फ ८९ प्रतिशत, विद्युतगृहतर्फ ६५ प्रतिशत र बाँधस्थलमा ६५ प्रतिशत भौतिक प्रगति भएको विष्टले जानकारी गराउनुभएको थियो । 

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको ६ हजार २७० मिटर लामो सुरुङ मध्य ६ सय ९७ मिटर सुरुङ खन्न बाँकी रहेको विष्टले जानकारी दिनुभयो । अबको ६ देखि ८ महिनाभित्रमा सुरुङको ब्रेकथ्रु हुने उहाँले बताउनुभयो । 

आयोजनाको बाँधस्थल रघुगङ्गा ४ दग्नाम र वडा नम्बर ५ झिँको सिमाना बुग्लमा छ । सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी) ले बाँध, सुरुङ र विद्युतगृह निर्माणको काम एकैसाथ अगाडि बढाएको छ । डेढ वर्षभित्र आयोजना सम्पन्न गर्ने गरी निर्माणको कामलाई गति दिइएको आयोजनाले जनाएको छ ।   

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८० मंसिर २३, शनिबार १२:०१

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८० मंसिर २३, शनिबार १२:०१

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८० मंसिर २३, शनिबार १२:०१

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP