२०८३ श्रावण १०
July 26, 2026, Sunday

जेसीज कप: माउण्ट एभरेष्ट र न्यू वेष्ट पोइन्ट आवासीय मावि फाइनलमा

म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा जारी २१ औं अन्तरमावि जिल्लास्तरीय जेसीज कप फुटबल प्रतियोगितामा न्यू वेष्ट पोइन्ट आवासीय मावि र माउण्ट एभरेष्ट आवासीय मावि प्रवेश गरेका छन् । शनिबार सम्पन्न भएको सेमिफाइनलमा न्यू वेष्ट पोइन्टले बेनी सामुदायिक माविलाई ०–२ गोल र माउण्ट एभरेष्टले हेम मावि सिवाङलाई पेनाल्टी सुटआउटमा पराजीत गर्दै फाइनलको यात्रा तय गरेका हुन् ।
माउण्ट एभरेष्टसँग निकै प्रतिस्पर्धात्मा खेल खेलेको हेम मावि सिवाङ पेनाल्टी सुटआउटमा पराजय भएको हो । प्रतियोगितामा उपाधीको लागि फाइनलमा प्रवेश गरेका दुबै टिमको खेल आइतबार ११ बजे हुने म्याग्दी जेसीजका महासचिव कुमार बानियाँले जानकारी दिुभयो ।

न्यु वेष्ट प्वाइन्टका कप्तान समन थापा र माउण्ट एभरेष्टका कप्तान सनम विकले जारी प्रतियोगितामा उत्कृष्ट खेल देखाइरहेका छन् । समन सर्वाधिक गोलकर्तामा अग्रस्थानमा छन भने सनमले पच्छाइरहेका छन् । दुबै विद्यालयका कप्तानले आफ्नो टिमलाई समाल्दै खेलेकाले फाइनल निकै रोचक हुने निश्चित छ ।

बुधबारदेखि सदरमुकाम बेनीको खुल्लामञ्चमा जारी प्रतियोगितामा २३ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा बिजेता विद्यालयलाई रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २३२ पुरस्कार प्रदान गरिनेछ । अन्तर माविस्तरीय फुटबल प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेको खेल प्रतिभालाई उजागर गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

Advertisement

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP