२०८३ असार २७
July 11, 2026, Saturday

गलेश्वरमा बालाचर्तुदशी मेलाको तयारी पुरा

पश्चिमको पशुपतिनाथको रुपमा परिचित बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा यस वर्षको बालाचार्तुदर्शी मेलाको तयारी पुरा भएको छ ।

गलेश्वर शिवालय क्षेत्र विकास कोषले २९ वटा विभिन्न उपसमिति गठन गरेर पर्वको अवसरमा हुने सतविज छर्ने मेलालाई व्यवस्थित बनाउने तयारीमा जुटेको हो । कोषका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा मुल र अन्य उपसमितिहरु मार्फत शिवरात्री मेलाको तयारी तिव्र बनाएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव बलबहादुर खत्रीले जानकारी दिनुभयो ।

भक्तजनले छिटो र सहज रुपमा दर्शन तथा पुजाआजा गर्ने व्यवस्था मिलाउन जुटेका छौ अध्यक्ष रेग्मीले भन्नुभयो । ‘सतबिज छर्न धेरै ठाउँबाट ठूलो संख्यामा भक्तजन आउने भएकाले व्यवस्थित बनाउन सुरक्षा निकाय, प्रशासन, नगरपालिका र विभिन्न संघ संस्थासँग पनि समन्वय गरेका छौ ।, यस पटक करिब ५० हजार भक्तजन आउने अनुमान गरेका छौँ ।’
बालाचर्तुदशी पर्वको अवसर पारेर गलेश्वरधाममा सतविज छर्न र भगवान् शिव महादेवको स्वयं उत्पत्ति ज्योर्तिलिङ्गको पुजाअर्चना गर्न म्याग्दी सहित पर्वत, बागलुङ, कास्की, तनहुँ, चितवनलगायत जिल्लाहरुबाट श्रद्धालु भक्तजनहरु आउने गर्दछन् । बालाचर्तुदशीमा सतविज छरेमा पितृ उद्धार हुने जनविश्वास छ ।

कृष्णागण्डकी किनारमा रहेको ९ रोपनी चट्टानमा फैलिएको एउटै गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरेमात्रै पनि मनोकामना पुरा हुने जनविश्वासले मुक्तिनाथ मन्दिरमा जाने भक्तजनले समेत दर्शन गर्ने गरेका छन् । ज्योतिर्लिङ्ग, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणी आदि चक्राकार रूपी चिन्ह मानवनिर्मित नभई स्वंयम उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख छ ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP