म्याग्दीको बेनी नगरपालिका–४,सिंगास्थित माथिल्लो तातोपानी बजारको सडक कालोपत्रे सडक सम्झौता हुनु अघि नै काम सकिएको छ । बेनी–दरवाङ सडक अन्तरगत पर्ने तातोापनी बजारको ३ सय मिटर सडक कालोपत्रेको काम सकिएको छ भने करिब ४० मिटर ढलान गर्ने काम अन्तिम चरणमा पुगेको छ ।
सम्झौता बिना नै काम भएको सडकको मापदण्ड अनुसार काम भए नभएको अनुगमन गर्न नगरप्रमुख र प्राविधिकको टोली समेत कालोपत्रे गर्ने समयमा पुगेका थिए । उक्त सडक कालोपत्रे गर्ने निर्माण कम्पनी संग मंसिर २४ गते सम्म पनि नगरपालिकाले सम्झौता गरेको छैन । काम सम्पन्न हुदा समेत सम्झौता नहुनुले शंका उत्पन्न भएको छ । यता नगरपालिकाले भने सडक निर्माणका लागि जुन कम्पन्नीले कम रकममा ठेक्का हाल्नु भएको छ उही निर्माण कम्पनीले काम गरेको र प्राविधिक कारणले सम्झौता हुन ढिला भएको बताएको छ ।
बेनी नगरपालिकाको ३० लाख बजेटमा प्रिमिक्स प्रविधिबाट कालोपत्रे गरिएको वडा अध्यक्ष अणबहादुर खड्का (भगवान) ले बताउनुभयो । उहाँका अनुसार केही सडक बिचमा बाँकी रहेको छ त्यसका लागि म्याग्दी खोलाले भत्काएको केही भागमा तढबन्धको काम सकेपछि मात्र गर्नुपर्ने भएकाले बाँकी रहेको छ । उहाँका अनु्सार बजार क्षेत्रमा सडकसँगै तटबन्धन सहितका समस्या समाधानका लागि समेत नगरपालिकामार्फत प्रदेश र संघीय सरकारसँग बजेट समेत माग गरिएको छ ।
श्रमजिवि निर्माण कम्पनीले ठेक्का लिएर काम सुरू गरेको कालोपत्रे सडकको नियमित अनुगमन तथा प्राविधिक सहितको निगरानी समेत भइरहेको छ । निर्माण ब्यवसायीले स्थानीयबासी, जनप्रतिनिधि सहित सरोकारवाला निकायको समन्वयमा मापदण्ड अनुसार नै काम भइरहेको बताउनुभयो ।
गतबर्ष बेनी नगरपालिकाले तल्लो तातोपानीमा ३३९ मिटर सडक प्रिमिक्स प्रविधिबाट कालोपत्रे, २० मिटर लामो मेसिनरी पर्खाल, सवारी आवतजावतलाई असहज बनाएको ठुलो ढुङ्गा फुटाउने र १०३ मिटर सडक ढलान करिब ३६ लाखभन्दा बढीमा सकिएको थियो ।
नेकपा एमालेका म्याग्दीका प्रतिनिधीसभा सदस्यका उमेद्वार हरिकृष्ण श्रेष्ठले आफ्नो प्रमुख प्रतिस्पर्धी नेपाली काँग्रेस भएको बताउनुभएको छ । Advertisement ग्रामिण क्षेत्रका...
बेनी, १७ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस म्याग्दीबाट प्रतिनिधीसभा सदस्यका उमेद्वार...
नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार अर्जुन थापाले म्याग्दीमा निर्माणाधिन र निर्माण सम्पन्न भएका जलविद्युत आयोजनामा प्रभावित क्षेत्रका बासिन्दाको सेयर लगानीको अधिकारलाई...



